धरान / विद्यालय हिडेका चार बालिका मंगलबार एकाएक हराए । घरबाट विद्यालय जान्छु भनेर हिडेका ती बालिकाहरु साँझसम्म घर नआएपछि विद्यार्थीका अभिभावकले इलाका प्रहरी कार्यालय धरानमा खोजी गरिपाउँ भनेर निवेदन दिएका थिए ।मंगलबारबाट सम्पर्क बिहीन बनेपछि अभिभावहरुले हराएका बालिकाको खोजी कार्य गरेका थिए । उनीहरुले आफ्ना नजिकका नातेदार, उनीहरुका साथीहरुको घरमा पुगेर खोजी कार्य गरे पनि नभेटिएपछि अन्ततः उनीहरुले इलाकामा खोजीका लागि निवेदन दिन बाध्य भएका थिएमंगलबारबाट हराए पनि प्रहरीमा ढिलागरी बुधबारमात्र अभिभावकले खोजीका लागि निवेदन दिएका थिए । प्रहरीमा खोजी कार्यका लागि निवेदन आएलगत्तै धरानप्रहरीले खोजी कार्य
धनकुटा / यातायात व्यवस्था कार्यालय धनकुटाका प्रमुखलाई बुधबार कालो मोसो दलिएको छ । कार्यालयको कार्यकक्षमै बसेका उनलाई कक्षमै प्रवेश गरी कालो मोसो दलिएको जनाइएको छ ।कार्यालय प्रमुख बाबुराम लुइँटेललाई कालो मोसो दलिएको धनकुटा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले यातायात प्रमुख लुइँटेललाई कालो मोसो दलेको खबर पाउना साथ घटना स्थलमा पुगेको बताए । उनले भने–‘हामीले यातायात कार्यालयका प्रमुख लुइँटेललाई कार्यालय कक्षभित्रै दुव्र्यवहार गरी कालो मोसो दलेको कुरा सूचना प्राप्त भयो, सूचना पाउनासाथ हामी घटना स्थलमा पुगेका थियौँ ।’ उनले कार्यालय
मोरङ / नेपाल विजनेश कलेजले आफ्नो सप्ताहव्यापी खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । विरानटगर ११ मा रहेको कलेजले माघ १ गतेदेखि ६ गतेसम्म सप्ताव्यापी खेलकुद कार्यक्रमको आयोजना गरेको थियो ।प्रतियोगीतामा कलेजले फुटबल, भलिबल, क्रिकेट, टेवलटेनिस, व्याडमिन्टन, १सय मीटर दौड र स्पुन रेस जस्ता खेल समावेश गरेको थियो ।खेलकुदको माध्यमबाट विधार्थीहरुलाई अनुशासित बनाउदै स्वास्थ्य प्रतिको चेतना अभिवृद्धी गर्ने उद्देश्यले कलेजले सप्ताहव्यापी खेलकुद कार्यक्रमको आयोजना गरिएको कलेजले जनाएको छ । सप्ताह व्यापी खेलकुद कार्यक्रममा कलेजका वि.वि.ए., वि.आई.टी र एम. वि.ए. अध्ययनरत विधार्थीहरुले सहभागिता जनाएका थि
आधारभूत स्वास्थ्य सेवा हरेक नागरिकको मौलिक अधिकार हो । वर्तमान संविधानले पनि आधारभूत स्वास्थ्य उपचार सेवालाई सुनिश्चित गरिनुपर्ने उल्लेख छ । यसै मान्यताअनुरूप २०७२ सालमा सुरु भएको सामाजिक स्वास्थ्य बीमा कार्यक्रम निकै प्रभावकारी देखिएको छ । सामाजिक स्वास्थ्य बीमा कार्यक्रम सामाजिक सुरक्षाकै एक महत्वपूर्ण कार्यक्रम हो । त्यसै पनि स्वास्थ्य सेवा आधारभूत आवश्यकता हो । देश विकासका लागि पनि स्वस्थ जनशक्ति नै आवश्यक हुन्छ । त्यसैले स्वास्थ्य बीमा कार्यक्रमको महत्व स्वतः स्पष्ट छ । हरेक नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु सरकारको उद्देश्य र लक्ष्य हुनुपर्छ । स
धरान / अँधेरी खोलाको एक घर भत्काउने क्रममा धरान ५ का वडाध्यक्ष मनप्रसाद लिम्बुले आफूमाथि अभद्र व्यवहारसँगै घरमै गएर आक्रमण गरेको विषयमा उजुरी दिएपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । तर आरोपित सबै फरार रहेको धरान प्रहरीले जनाएको छ । अनधिकृत रुपमा बनाइएको संरचना भत्काउने क्रममा वडाध्यक्ष लिम्बु घरमा नभएको समयमा घरका सदस्यमाथि कुटपिट गरेको विषयलाई लिएर आइतबारै वडाध्यक्षले इलाका प्रहरी कार्यालय धरानमा सुरक्षाको माग गर्दै धाकधम्की दिनेलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका थिए । पुर्ववडाअध्यक्ष सन्तोष लिम्बु र उनका दाजु लक्ष्मी भन्ने जीवन लिम्बुसहित एक दर्जन विरुद्ध
विराटनगर / विराटनगरका विभिन्न तीन रोटरी क्लबले विद्यालयको भवन निर्माण गरेर सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् । रोटरी क्लब अफ विराटनगर, रोटरी क्लब अफ विराटनगर टाउनडाउन र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको सक्रियता तथा रोटरी ई क्लब अफ सेन्ट्रल टेक्टासको समन्वयमा निर्माण गरिएको विद्यालय भवन हस्तान्तरण गरिएको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तीनवटै नवनिर्मित भवनको चाबी विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको थियो । विराटनगर–६ स्थित जनचेतना आधारभूत विद्यालय, विराटनगर–२ स्थित विराट महेन्द्र
भोजपुर / अलैचीको बढी उत्पादन हुने जिल्लाको रुपमा चिनिएको भोजपुरका किसानहरु उत्पादन गरेको अलैचीको मूल्य नपाउँदा चिन्तित बनेका छन् । गत वर्ष भन्दा यस वर्ष अलैची झण्डै आधा मूल्यमा खरिद बिक्री भएपछि उनीहरु चिन्तित बनेका हुन् । कृषकका अनुसार गत बर्ष प्रतिमन ४० हजार रुपैयामा बिक्री भएको अलैची यस बर्ष प्रतिमन २४ हजारमा विक्री भएको छ । भोजपुर टेम्कोमैयुङ गाउँपालिका ५ चोलन्तीका अलैची कृषक चक्रबहादुर विष्टले गत बर्षको तुलनामा अलैचीको मूल्य अत्याधिक गिरावट भएको बताए । उनले भने–‘गत बर्ष यही प्रकृतिको अलैचीको मूल्य प्रतिमन ४० हजारमा विक्री भएको थियो, अहिले स्वात्तै घटेर २४ हजार पुगेको छ,
धरान/प्रदेश १ कै संस्कृत उच्चशिक्षाको केन्द्रका रुपमा रहेको धरान उपमहानगरपालिक वडा नं. १४ को विजयपुरमा अवस्थित श्री पिण्डेश्वर विद्यापीठ परिसरमा नवनिर्मित सरस्वती मन्दिर माघ ९ विहानको शुभमुहूर्तमा वैदिक विधिअनुसार पूजा आराधना र प्राणप्रतिष्ठा गरी समुद्घाटन गरिएको छ । विद्यापीठ परिवारको अगुवाइमा धरान नगरपालिका तथा विभिन्न दाता महानुभावहरुको सहयोगमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको मन्दिर निर्माण गरी प्राणप्रतिष्ठा गर्ने कार्य सम्पन्न गरिएको हो । गतसाल २०७८ मा सरस्वती पूजाका दिन धरान उपमहानगरका तत्कालीन मेयर श्री तिलक राईद्वारा शिलान्यास गरी निर्माण सुरु गरिएको थियो । यही माघ ९ गतेका दिन पिण
लोपोन्मुख प्राणीको रूपमा सूचीकृत जनावरको संरक्षण गर्नु राज्यको मात्र होइन, सर्वसाधारण सबैको दायित्व हो । विश्वमै लोप हुने अवस्थामा रहेका जनावरहरूलाई लोपोन्मुख प्राणीको रूपमा सूचीकृत गर्ने गरिन्छ । एकसिङ्गे गैँडा पनि यस्तै जीव हो । पछिल्लो गणनाअनुसार नेपालमा सात सय ५२ वटा एकसिङ्गे गैँडा छन् । यीमध्ये छ सय ९४ वटा चितवन राष्ट्रिय निकुञ्जमै छन् । यिनको संरक्षण गर्नु सबैको दायित्व हो । दसवर्षे सशस्त्र द्वन्द्वकालमा तस्करीका लागि एकै वर्षमा ४२ वटासम्म गैँडा मारिएका थिए । द्वन्द्व समाप्त भएपछि गैँडा संरक्षणमा विशेष प्रयास गर्न थालिएको थियो । त्यही प्रयासस्वरूप पछिल्ला वर्षमा चोरी शिकार नियन्त्
मोरङ / विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले शिक्षा र साहित्य क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको छ ।कलेजको वार्षिकोत्सवका अवसरमा शिक्षा र साहित्य क्षेत्रमा योगदान पुर्याएवापत सम्मान गरेको छ । कलेजले विशेष समारोहको आयोजना गरेर शिक्षा र समाजसेवामा सक्रिय गुणराज ढुंगेल र डा. विमला श्रेष्ठलाई सम्मान गरेको छ । ढुंगेल विराटनगरस्थित मेरिल्याण्ड कलेजका अध्यक्षसमेत हुन् भने डा. श्रेष्ठ विराटनगर स्थापित विमला श्रेष्ठ साहित्य प्रतिष्ठानकी संस्थापक हुन् । प्रतिष्ठानमार्फत श्रेष्ठले साहित्यिक गतिविधि गर्दै आएकी छन् । उनका विभिन्न कृतिहरु प्रकाशित छन् । त्यस्तै क्याम्पसको प्रा