Top 4

    Showing 5,361-5,370 of 7,975 items.
  • बेतना सिमसार पर्यटकको पहिलो रोजाई

    धरान । पछिल्लो समय मोरङको बेलबारी नगरपालिका भित्र रहेको रमणीय वेतना सिमसार आन्तरिक तथा वाह्य पर्यटको रोजाइमा पर्न थालेको छ । रमणीय स्थलसँगै विभिन्न प्रजातिका चराचुरुङ्गी दृश्यावलोकन सँगै तालमा बोटका मजा लिन पाउने भएकै कारण पछिल्लो समय बेलबारीको बेतना सिमसार आन्तरिक तथा वाह्य पर्यटथकको रोजाइमा परेको हो । पूर्वकै मुख्य पर्यटकीय हवका रुपमा विकास भएको बेलबारीको बेतना सिमसारको दृश्यावलोकनका लागि आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । विवाह, पिकनिक तथा विभिन्न कार्यक्रम समेत यस सिमसारमा हुने गरेको छ । वेतना सिमसारको विकास तथा संरक्षण गर्न ०६१ सालदेखि समिति बनाएर सञ्चालन गर्न थालेपछि यस

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 1,601 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छ लेन सडक विस्तार : दुहवीमा घर–टहरा भत्काउन थालियो

    धरान । लामो समय देखि विवादमा रहेको विराटनगर–धरान सडक खण्ड अन्तर्गत सुनसरीको दुहवी बजारको मुख्य भागदेखि उत्तर र दक्षिणतर्फका घरटहरा भत्काउन थालिएको छ । नगरपालिकाले बजार क्षेत्रसँगै आसपासको जग्गा खाली गर्न दिएको अन्तिम समय शुक्रबारबाट सकिएपछि शनिबारदेखि घरटहरा भत्काउन थालिएको हो । जग्गा खाली गर्ने क्रममा स्थानीयवासीले अवरोध गर्ने प्रयास गरेपछि वडा नं. ५ र ६ का वडा अध्यक्षले नेतृत्व गरेर प्रहरीको बाक्लो उपस्थितीमा डोजर प्रयोग गरि भत्काइएको छ । नगरपालिकाले जग्गा खाली गर्न यसअघि पटकपटक आग्रह गर्दा पनि अटेर गरेपछि अन्तिम पटकलाई शुक्रबारसम्म समयसिमा तोकिएको थियो । तर, तोकिएको समयसिमा भित्

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 1,640 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फाल्गुनन्द–सुकिलुम्बा विमानस्थलमा परिक्षण उडान सम्पन्न

    इलाम/ व्यवसायीक उडानको तयारी भइरहेको इलामको फाल्गुनन्द सुकिलुम्बा बिमानस्थलमा परिक्षण उडान सम्पन्न भएको छ । विमानस्थलको धावनमार्ग कालोपत्रे भएको पाँच महिनापछि मात्रै बुधबार नेपाल बायु सेवा निगमको टुइनेटर विमानले परिक्षण उडान गरेको हो । बुधबार मुख्य क्याप्टेन पेम्बा शेर्पा, क्याप्टेन रक्क्षित मल्ल र नागरिन उड्ययन प्राधिकरणको टोली सहित ११ जनालाई लिएर नेपाल बायुसेवाको बिमान काठमाडौंबाट इलाम उडान गरेको हो । काठमाडौं बाट बिहान ९ः०७ मा उडेको विमान १०ः०४ बजे इलाम सदरमुकामको सुकिलुम्बा विमास्थलमा अवतरण गरेको थियो । जहाज बस्नका लागी धावन मार्ग सहज रहेकाले सफल उडान परीक्षण भएको क्यापटेन पेम्बा शेर्पा ब

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 596 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • एसइईको परीक्षा वैशाखमा

    धरान । कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमणका बाबजदु पनि एसइईको परीक्षा वैशाखमा गरिने निर्णय गरिएका छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि सञ्चालन गरिने निर्णय गरेको छ ।  बोर्डका अनुसार परीक्षा वैशाख ९ देखि २० सम्म परीक्षा सञ्चालन गरिने भएको छ । कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले एक महिना ढिलो गरी परीक्षा तालिका तय गरेको हो । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन तय गरेकाले त्यसअघि नै परीक्षा गरिसक्न वैशाख ९ तोकिएको बोर्डले जनाएको छ ।    

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 966 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बर्जुका महिलालाई थाकलबाट सामग्री बनाउने तालिम

    सुनसरी । सुनसरीको बर्जु गाउँपालिकामा महिलाहरुको लागि १४ दिने थाकलद्वारा हेण्डिक्राफ्ट, ब्याग तथा बिभिन्न सामाग्री बनाउने तालिम शुरु भएको छ । नेपाल ग्रिन लिक फाउन्डेसन प्रा.लि इटहरीको आयोजनामा भएको तालिमलाई उद्योग श्रम तथा रोजगार मन्त्रालय प्रदेश न.१ को कार्यालयले सहयोग गरेको हो । बुधबार देखि सुरु भएको तालिमको प्रशिक्षकको रुपमा रामरति चौधरी, ओम कुमारी चौधरी र सुनिता तिवारी हुमागाई रहेका छन् । २५ जनालाई प्रशिक्षण दिने योजना रहेको तालिमको प्रशिक्षक सुनिता तिवारी हुमागाईले जानकारी दिइन् । महिलाहरुलाई स्वरोजगार बनाइ आय आर्जनमा सहज बनाउने उदेश्यले तालिमको आयोजना गरिएको नेपाल ग्रिन लिक फाउन्डेसन प

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 1,101 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वडाअध्यक्ष भट्टराई सहित पाँच जना सम्मानित

    धरान । सफल कार्यकालको प्रशंसा गर्दै धरान उपमहानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईलाई सम्मान गरिएको छ । महेन्द्र वहुमुखी क्याम्पसमा आयोजना भएको बरिष्ठ कवि टिका आत्रेयको सिर्जना वाचन, पुस्तक परिचर्चा तथा सम्मान कार्यक्रममा वडाध्यक्ष कृष्णप्रसाद भट्टराईलाई सम्मान गरिएको हो । प्रा.डा. टंकप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र विजयपुरको आयोजना तथा किरात देवान समाज केन्द्रीय कार्य समिति सहआयोजनामा भएको कार्यक्रममा वडाध्यक्ष भट्टराईलाई सम्मान गरिएको हो । कार्यक्रममा भट्टराईसँगै कला, साहित्य तथा समाजसेवामा योगदान पु¥याएको भन्दै अनिल पौडेल, मातृका संग्रौला, जयकला राई, भगवती

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 1,058 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा ६५ प्रतिशतले मात्रै पाए पुर्ण खोप

    धरान । सुनसरी जिल्लामा ५ लाख ३८ हजार ३ सय १३ जनाले कोरोनाको खोप लगाए पनि पुर्ण खोप भने ३ लाख ९२ हजार ५ सय ९ जनाले मात्रै लगाउन पाएका छन् । पुर्ण खोप लगाउन अझै १ लाख ४५ हजार ८ सय ४ जना बाँकी रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका अनुसार हाल सम्म खोप लगाउन लक्षित जनसंख्या मध्ये ६४ दशमलव ७४ प्रतिशतले मात्रै पुर्ण रुपमा खोप लगाएका छन् । कार्यालयले कुल जनसंख्या ९ लाख २४ हजार ४ सय ५९ मध्ये १८ वर्ष माथिका ६ लाख ६ हजार २ सय ६० जनालाई खोप लगाउने लक्ष्य लिएको थियो । गत वर्षको माघ र फागुन देखि शुरु भएको कोभिड सिल्ड भ्याक्सिनको पहिलो र दोस्रो डोज लगाउनेको संख्या हाल सम्म १ लाख ११ हजार २ जना रह

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 530 पटक पढिएको
    • "इसान काफ्ले"
  • ‘कर्मचारीलाई अनावश्यक दबाब नदिनु’

    धरान । कर्मचारीहरूलाई अनावश्यक र अनुचित काम गर्न दबाब नदिन प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रीहरूलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री राईले योजना कार्यान्वयन क्रममा मन्त्रीहरूलाई असहयोग नगर्न सचिवहरूलाई पनि आग्रह गरेका छन् । उनले भने, ‘यो वा त्यो कानूनको बाहना गरेर मन्त्रीज्यूहरूलाई अलमलाउनु भएन, टार्ने, पन्छिने र पन्छाउने कामले संशय पैदा गर्छ, जे कुरा हो सचिवज्यूहरूले पनि मन्त्रीज्यूहरूलाई खुला र पारदर्शी ढंगले भन्नुप¥यो ।’ उनले ऐन, कानूनका कारण गाँठो परेका विषय फुकाउन सरकार तत्पर रहेको उल्लेख गर्दै जहाँ समस्या पर्छ त्यहाँ कानून बनाउँदै जाने बताए । म

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 786 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सामुदायिक अगुवा: परिवर्तनका एक संवाहक

    बिकासको नाममा सडक पुगेको, तर बर्सादमा पहिरोले गर्दा कैयौ महिना बाटो बन्द हुने। बिजुली पुगेको; तर साना जलबिद्दुततले गर्दा बिजुली बाल्नसम्म पुग्ने; टि.भि हेर्न नमिल्ने। फोनको टावर पुगेको, तर घाम लागेको दिनमात्र सम्पर्क गर्न सकिने ठाउँ अनि ति ठाउँका पिछडिएको समुदायका महिला; मुस्किलले पढ्नलेख्न सम्म सक्ने महिला। कति त अनपढ! त्यस्तो ठाउका महिलाले आफ्नो स्वास्थ्य सम्बन्धि अधिकारको लागि आवाज उठाएको, गाउटोलका अरु महिलालाई प्रजनन् स्वास्थ्य सम्बन्धि धेरै थोरै जानकारी दिएको, स्थानीय कर्मचारी र नेतासमक्ष प्रजनन् जस्तो बिषयमा आफ्नो समस्या खुलस्त रुपमा राखेको र समाधानको माग गरेको

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 1,182 पटक पढिएको
    • "समिता घिमिरे / उपेन्द्र कुँवर"
  • रेल सञ्चालनको तयारी, लिगबाट हाटबजार हटाउन सुरु

    जनकपुर/ धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि नेपाल रेल्वे कम्पनीले रेलको लिगमा अव्यवस्थित रुपमा लाग्दै आएको हाटबजार हटाउन सुरू गरेको छ। अगामी महिनादेखि रेल सेवा सञ्चालनको तयारी गरेको नेपाल रेल्वे कम्पनीले जनकपुरधाम उपमहानगरपालिका– १ सीता चोकस्थित रेल्वे लिकमा व्यापारीले लगाउँदै आएको दैनिक हाटबजार तत्काल हटाउन सुरु गरेको हो। जनकपुरधामसहित ठाउँ ठाउँमा रेल्वे लिगमै तरकारी हाटबजार लगाउने गरेका कारण रेल सञ्चालनमा समस्या हुने भएकाले लिगबाट हाटबजार हटाउने अभियान सुरु गरेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए। ‘रेल्वे लिगमै

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 728 पटक पढिएको
    • "रासस"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved