Top 4

    Showing ४,६३१-४,६४० of ९,८१७ items.
  • महिलाहरुको निःशुल्क स्वास्थ्य परीक्षण

    मोरङ / विराटनगरको नोबेल शिक्षण अस्पतालले ग्रामथान गाउँपालिका वडा नम्बर –२ स्थित झोराहाटमा स्त्रीरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उक्त शिविरविश्व निसन्तान दिवसको अवसर पारि महिलाहरुमा हुने पाठेघर, स्तन र पेट सम्बन्धी रोगको परिक्षण गरिएको थियो ।रेमिट बचत तथा ऋण सहकारी संस्थाको सहकार्य र नोबेलको आइभीएफ सेन्टरले आयोजना एक दिने शिविर आयोजना गरेको हो । सो शिविरमा झोराहाट,पिडारवनी, लखनतरी, तेतरिया लगायतका क्षेत्रका महिलाहरु स्वास्थ्य परीक्षणमा उपस्थीत रहेको नोबेलका मार्केटिङ अफिसर नविन दाहालले बताएका छन । शिविरमा नोबेलका स्त्री तथा प्रसूति एवं निसन्तान रोग विशेषज्ञ प्रा.

    • प्रकाशित मितिः साउन ११, २०८०
    • ८१२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पुर्ण अपाङ्गता भएका व्याक्तिलाई एम्बुलेन्समा ल्याएर नागरिकता

    इलाम /  इलाममा पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिलाई एम्बुलेन्समा बोकेर ल्याई नागरिकता दिइएको छ । माई नगरपालिका ७ का शक्ति लावतीलाई जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता दिइएको हो । प्रशासकीय अधिकृत हरि थापाले नागरिकता बनाउन आउँदा ल्याएको एम्बुलेन्समा नै आएर हातमा राखिदिएका थिए । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले पूर्ण रूपमा अशक्त भएका र प्रशासन कार्यालयसम्म ल्याउन समस्या हुनेहरु पनि नागरिकताबाट वञ्चित हुनु हुँदैन भन्ने उद्देश्यले त्यस्तो कहीँ कतै भए सम्पर्कमा आउँदा आवश्यक प्रक्रिया पुरा गरी घरमै पुगेर पनि नागरिकता दिलाइदिने बताए । नागरिकता बनेपश्चात राष्ट्रिय परिचय

    • प्रकाशित मितिः साउन ११, २०८०
    • ७६५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ठेक्का एकातिर, पार्किङ शुल्क उठाइन्छ अर्कैतिर

    इलाम/  इलाम नगरपालिकाले पार्किङ शुल्कका लागि लगाएको ठेक्का भन्दा बाहिर पार्किङ शुल्क उठाउने गरिएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ट्याक्सी स्टेन छेउको मासु पसल पछाडि मोटरसाइकल पार्किङका लागि ठेक्का लगाए पनि ठेक्का पार्ने कम्पनीले अर्के ठाउँमा ठेक्का उठाउने गरेको छ । ठेक्का एक ठाउँको लिएर ठेक्का भित्र नपरेको सिट मार्टको अगाडी धमाधम ठेक्का उठाउने गरेको पाइएको हो । मासु पसल सँगैको भवनमा भ्याट बाहेक ४४ हजार तीन सय रुपैयाँमा मोटरसाइकल पार्किङ सेवा शुल्कका लागि ठेक्का लगाए पनि धमाधम सिट मार्ट अगाडी पार्किङ उठाइरहेका छन् । एक पटक पार्किङ गरेबापत रु १० का दरले ठेक्का नै नला

    • प्रकाशित मितिः साउन ११, २०८०
    • ९०२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिषालु च्याउ खादा विरामी

    धरान/ सोलुखुम्बुमा बिषालु च्याउ खाँदा ७ जना बिरामी भएका छन् । सोलु दुधकुण्ड नगरपालिका–११ बेलिडाँडाका ३ परिवारका ७ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामकिशोर शाहका अनुसार बुधबार दिउँसो जंगलबाट ल्याएको च्याउ खाँदा ४६ वर्षीय रामबहादुर मगर, ४५ वर्षीया कुमारी मगर, २२ वर्षीया सुनिता मगर बिरामी भएका हुन् । यसैगरि ३२ वर्षीय डोलबहादुर खड्का, ५८ वर्षीया डिकुरी माया मगर, ४६ वर्षीय इन्द्रबहादुर मगर र ४० वर्षीय काले मगर बिरामी भएको सूचना अधिकारी साहले जानकारी दिए । उनीहरुलार्य जिल्ला अस्पताल फाप्लुमा उपचारका लागि

    • प्रकाशित मितिः साउन ११, २०८०
    • ८३९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको ४ नंं. वडा सडक सञ्जालमा पछाडि

    धरान/  धरान उपमहानगरपालिका वडा नं. १५ देखि वडा नं ५ हुदै धरान ४ को हर्दिया जोड्ने सडक समयमा नबनेपछि थपिएको म्यादमा पनि सडक बन्न नसक्दा त्यहाँका स्थानीयहरु मारमा परेका छन् । ०७५ सालमा ठेक्का सम्झौता भएको सडक म्याद गु्रजिएर थपिएको समय सीमा समेत सकिएको छ । तर विविध कारणले सडक बन्न नसक्दा यहाँका स्थानीयहरु मारमा परेका हुन् । धरान ४ हर्दिया धरान उपमहानगरपालिकाको कृषि पकेट क्षेत्र हो । यहाँ विभिन्न प्रकारका कृषिजन्य उत्पादन हुन्छ । यहाँका सर्वसाधारणले उत्पादन गरेको कृषि सामाग्री धरानसम्म ल्याएर विक्री गर्ने गर्छन । हर्दियाबाट धरान उपमहानगरपालिको बजारसम्म आइपुग्न करिब साढे १६ किमीको दूर

    • प्रकाशित मितिः साउन ११, २०८०
    • १,१६१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पिण्डेश्वर विद्यापीठमा ‘शोधसुधा’ को प्रकाशन प्रारम्भ

    धरान/  पिण्डेश्वर विद्यापीठको अनुसन्धान व्यवस्थापन एकाइले ‘शोधसुधा’ जर्नलको प्रकाशन प्रारम्भ गरेको छ । विज्ञसमीक्षित बहुभाषिक अनुसन्धानात्मक जर्नलको पहिलो अङ्क बुधबार विमोचन भएको छ ।  प्रकाशित जर्नलका विषयमा प्राडा सागरमणि सुवेदी, उपप्राध्यापक डा जीवनकुमार राई र उपप्राध्यापक राजेश विद्रोहीले समीक्षा प्रस्तुत गरेका थिए । जर्नलमा संस्कृत भाषामा लेखिएका डा गुरुप्रसाद कोइराला, डा महानन्द तिमिल्सिना उपप्राध्यापक टीकाराम दाहाल, उपप्राध्यापक तुलसी पौडेल र दीपेन्द्र गौतमका लेखहरू समेटिएका छन्  भने डा रमेश घिमिरे, डा तुलसी गौतम, डा नित्यानन्द खतिवडा र सहप्राध्यापक अम्बररा

    • प्रकाशित मितिः साउन १०, २०८०
    • १,०९५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागू औषध नियन्त्रणको लागि समिति गठन

    धनकुटा / पछिल्लो समय लागू औषध विक्री वितरण तथा ओसार पसारमा व्यापकता आएपछि धनकुटा नगरपालिकाले छलफल र अन्तरक्रिया सँगै १३ सदस्यी कार्यसमिति गठन गरेको छ । नगर प्रमुख ज्ञानबहादुर गुरुङको संयोजकत्वमा १३ सदस्यीय कार्य समिति गठन भएको हो । समितिको सदस्य सचिवमा इप्रका पाख्रिबासका इन्चार्ज प्रहरी बरिष्ठ नायव निरीक्षक प्रेम बहादुर राउत,नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्तराज निरौला र सदस्यहरुमा सन्तोष मानन्धर, डा.अंकित शर्मा, मोहन राई, प्रकाश शाह, निर्मल रिमाल, श्याम प्रकाश राई,गणेश गुरुङ,धनमाया गुरुङ,नगर प्रहरी इन्चार्ज राम बहादुर तामाङ्ग रहेका छन् । लागुऔषध दुर्व्यसन न्यूनिकरण सम्बन्धि अन्तरक्रिया

    • प्रकाशित मितिः साउन १०, २०८०
    • ८९७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मधेशी सेवा समाजद्वारा रक्तदान

    धरान / मधेशी समुदायको हक हितका लागि संगठित संस्था मधेशी सेवा समाज धरानले बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सामाजिक काम सँगै मधेशीहरुको वृत्ति विकासको उद्देश्य बोकेर गठन भएको संस्थाले धरानमा बढ्दै गएको डेंगु संक्रमितका कारण बीपीमा रगतको अभाव हुदै गएको अवस्थामा थोरै भएपनि रगत उपलब्ध गराउने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको मधेशी समाज धरानका अध्यक्ष महेन्द्रदत्त कायस्थले बताए । उनले भने –‘मधेशी सेवा समाज सामाजिक कार्यकै लागि गठन भएको हो, समाजमा केही दिन सकिन्छ भन्ने अभिप्रायले गठन भएकोले हामीले सामाजिक कार्यलाई निरन्तता दिँदै आएका छौ,पछिल्लो समय बीपीमा डेगु संक्

    • प्रकाशित मितिः साउन १०, २०८०
    • ८९३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डेगु संक्रमण भयावह : धरानमा २ हजारको हाराहारीमा संक्रमित

    धरान / तराईका जिल्लामा अहिले डेगुको संक्रमण महामारीका रुपमा फैलिएको छ । त्यसमा पनि धरानमा पछिल्लो समय डेन्जर जोनभित्र परेको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगु संक्रमण्का विरामीको बढदो चाप थामिनसक्नु छ । अन्य ठाउँका डेंगु फाट्टफुट्ट देखिएपनि अधिकांश धरानका हुने गरेका छन् । धरानमा डेंगु संक्रमणकै कारण ६ जनाको मृत्यु भइसकेको छ । चार जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको हो भने २ जनाको अन्य स्थानमा मृत्यु भएको धरान उपमहानगरपालिका अन्तर्गत स्वास्थ्य महाशाखाले जनाएको छ । महाशाखाका अनुसार साउन ८ गते सम्मको तथ्यांक अनुसार

    • प्रकाशित मितिः साउन १०, २०८०
    • ९८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पत्रकारलाई ज्यान मार्ने धम्की

    विजयपुर / समाचार संम्प्रेषण गरेको चित नबुझेपछि बराक्षेत्र नगरपालिका पत्रकार सुविन विश्वकर्मालाई समाचार लेखेको बिषयमा ज्यान मार्ने धम्की आएको छ । बराक्षेत्र नगरपालिका मेयर रमेश कार्कीले गरेको काम प्रति हाम्रो शब्द अनलाईनमा संम्प्रेषण गरिएको समाचारको बिषयलाई लिएर मेयर कार्कीका सचिवलय सुरज क्षेत्री र तरुण दल बराक्षेत्र वडा नम्बर ४ का अध्यक्ष रोहित बस्नेतले मंगलबार विश्वकर्माको घरमा पुगेर धम्की दिएका थिए ।  विश्वकर्मा नेपाल प्रेष युनियनका जिल्ला कार्यसमिती सदस्य तथा बराक्षेत्र नगर कार्य समेतिका  सदस्य समेत रहेका छन ।  समाचर लेखनमा चित नबुझेको खण्डमा बिभिन्न निकाय र प्रक्रिया

    • प्रकाशित मितिः साउन १०, २०८०
    • ९०८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved