Top 4

    Showing 31-40 of 9,632 items.
  • अर्बिन ब्रदर्श अटोबाट धरानमा चेतकका दुई नयाँ आधुनिक विद्युतीय स्कुटर बिक्री सुरु

    धरान/  विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणबीच धरानमा चेतकका दुई नयाँ विद्युतीय स्कुटर बिक्रीका लागि उपलब्ध भएका छन्। धरानस्थित अर्बिन ब्रदर्श अटोले चेतक सी२५०१ र चेतक सी३५०३ मोडल सार्वजनिक गर्दै बिक्री सुरु गरेको हो। हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडसँगको सहकार्यमा बजाजले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरेका यी दुवै मोडल अब धरानका ग्राहकले पनि खरिद गर्न सक्ने अर्बिन ब्रदर्श अटोका सञ्चालक अर्बिन तामाङले बताए। चेतक सी२५०१ मा २.५ किलोवाट घण्टा क्षमताको लिथियम–आयन ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार एकपटकको पूर्ण चार्जमा यसले ११३ किलोमिटरसम्म यात्रा गर्न

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 142 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उर्लिएको भोटेकोशीले त्रिशूली बजारमा निम्त्यायो ठूलो क्षति

    त्रिशूली/ रसुवाबाट आएको भोटेकोशीको भीषण बाढीले नुवाकोटको त्रिशूली बजार र आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले करिब ६० घर बगाउनुका साथै त्रिशूली नदीमाथिका दुईवटा पक्की पुलमा समेत क्षति पुर्‍याएको छ। बाढीको पूर्वसूचना पाएलगत्तै नदी आसपासका स्थानीयलाई सुरक्षित स्थानमा सारिएकाले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिएका छन्। बाढीले देवीघाट क्षेत्रसमेत प्रभावित भएको छ भने त्रिशूली र देवीघाट जलविद्युत् आयोजना क्षतिग्रस्त भएका छन्। त्यस्तै, २५ मेगावाट क्षमताको सौर्य प्लान्टका तीनवटा ब्लक र सबस्टेसनसमेत बाढ

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 107 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ५६ वर्षीया महिलामाथि जबरजस्ती करणीको आरोप, ४४ वर्षीय पुरुष पक्राउ

    तेह्रथुम । आफ्नै घरमा सुतिरहेको अवस्थामा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा तेह्रथुम प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। छथर गाउँपालिका–२ का ४४ वर्षीय लिलमबहादुर लिम्बुलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भदौ ९ गते ती महिला आफ्नै घरमा सुतिरहेको अवस्थामा लिम्बुले जबरजस्ती करणी गरेको सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो। घटनालगत्तै सोही दिन लिम्बुलाई नियन्त्रणमा लिइएको हो। पीडित महिलाले सोही दिन इलाका प्रहरी कार्यालय बसन्तपुरमा जाहेरी दिएपछि आरोपितको स्वास्थ्य परीक्षण गरी प्रहरी हिरासतमा राखिएको छ। घटनाबा

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 256 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–६ को सरस्वती माविमा ८ महिनादेखि शिक्षक छैनन्, एसईई तयारीमा रहेका विद्यार्थी मारमा

    धरान/धरान उपमहानगरपालिका–६ पानबारीस्थित सरस्वती माध्यमिक विद्यालयमा सामाजिक विषयका शिक्षकको पद आठ महिनादेखि रिक्त रहँदा पठनपाठन प्रभावित भएको छ। आगामी एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीसमेत शिक्षक अभावका कारण प्रत्यक्ष मारमा परेका छन्। शिक्षक नियुक्तिको विषयलाई लिएर वडा अध्यक्ष भूपेन्द्र भट्टराई र धरानका कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघाबीच सार्वजनिक रूपमा आरोप–प्रत्यारोप सुरु भएको छ। वडा कार्यालयमा पत्रकार सम्मेलन गर्दै वडा अध्यक्ष भट्टराईले शिक्षक नियुक्तिका लागि पटक–पटक नगरपालिकासँग आग्रह गर्दा पनि समस्या समाधान नभएको आरोप लगाए। विद्यालयका प्रधानाध्यापक होम

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 321 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फरार प्रतिवादी पक्राउ

    धरान/बैकिङ कसुर मुद्दामा अदालतबाट सजाय फैसला भएपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी प्रदेश कार्यालय धरान र इलाका प्रहरी कार्यालय इटहरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका–५ घर भई हाल इटहरी उपमहानगरपालिका–५ बस्दै आएका ३८ वर्षीय मुक्तिनाथ दाहाललाई पक्राउ गरेको हो। उच्च अदालत इलामको २०७९ असार ३० गतेको फैसलाअनुसार दाहालले ८ लाख ४० हजार रुपैयाँ बिगो र ४२ हजार रुपैयाँ जरिवाना भुक्तानी गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। फरार रहेका दाहाललाई खोजतलास गर्ने क्रममा मंगलबार बिहान करिब ९ बजे इटहरी उपमहानगरपालिका–१ स्थित आ

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • 133 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बालबालिकाको उज्ज्वल भविष्यका लागि अभिभावकलाई शिक्षा दिँदै डिपोट सेकेन्डरी स्कुल

    सुनसरी/ धरान -१८ स्थित डिपोट सेकेन्डरी स्कुलमा नर्सरी र एलकेजीमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई लक्षित गरी अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ। आइतबार विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा बालबालिकाको प्रारम्भिक विकास, उचित हेरचाह, सुरक्षा, संरक्षण तथा सिकाइमा अभिभावकको भूमिकाबारे जानकारी दिइएको थियो। कार्यक्रममा सेतो गुराँस सुनसरीकी सचिव भीमा राईले सहजकर्ताका रूपमा प्रारम्भिक बालविकासको अवधारणा, यसको महत्व तथा बालबालिकाको शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक, भाषिक र सांस्कृतिक विकासका पक्षबारे प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले बालबालिकाको प्रारम्भिक सिकाइलाई प्रभावकारी बनाउन घर तथा

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • 90 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गरिमा चौधरी हत्या प्रकरणमा अर्का बालक पक्राउ

    बारा/ बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले अर्का एक बालकलाई पक्राउ गरेको छ। जितपुरसिमरा उपमहानगरपालिका–२ का कक्षा ९ मा अध्ययनरत १४ वर्षीय प्रदीप खड्कालाई आइतबार साँझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए। पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। यसअघि पक्राउ परेका सुमन थापाले बयानका क्रममा खड्काको समेत संलग्नता रहेको बताएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। खड्काको पक्राउसँगै गरिमा हत्या प्रकरण

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • 233 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १५ किलो लागुऔषध बरामद, ६ जना पक्राउ

     कृष्णनगर/ कपिलवस्तु प्रहरीले छुट्टाछुट्टै घटनामा १५ किलोभन्दा बढी लागुऔषध बरामद गरी छ जनालाई पक्राउ गरेको छ। प्रहरीले कृष्णनगर र चन्द्रौटाबाट ठुलो परिमाणमा चरेस र अफिमजस्तो देखिने पदार्थ बरामद गरेको हो। कृष्णनगर नगरपालिका–२ स्थित पुरानो बसपार्कमा चेकजाँच गर्ने क्रममा भारततर्फ जाँदै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूको साथबाट चरेसजस्तो देखिने कालो गिलो पदार्थ पाँच किलो २२५ ग्राम र अफिमजस्तो देखिने गिलो पदार्थ १० किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका–३ की ३४ वर्षीया रतिमा रोका, कपिलवस्तुको विजयनगर

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • 211 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कुलुङलाई जनजातिको सूचीमा राख्न सरकारसमक्ष दबाब, मन्त्रीलाई बुझाइयो ज्ञापनपत्र

    धरान/ नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ केन्द्रीय समितिले कुलुङ समुदायलाई आदिवासी जनजातिको सूचीमा सूचीकृत गर्नुपर्ने लगायतका माग राख्दै कोशी प्रदेश सरकारसमक्ष ज्ञापनपत्र बुझाएको छ। संघका केन्द्रीय अध्यक्ष दौलथ कुलुङको नेतृत्वमा गएको टोलीले कोशी प्रदेश सरकारका नवगठित मन्त्रीहरूसँग भेट गर्दै कुलुङ समुदायको पहिचान, अधिकार र संस्थागत विकाससँग सम्बन्धित माग अघि सारेको हो। संघले कुलुङ समुदायलाई नेपालका आदिवासी जनजातिको सूचीमा सूचीकृत गर्न, अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि आईएलओ १६९ लाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न तथा संघको संस्थागत विकासका लागि आवश्यक बजेट विनियोजन गर्न माग

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • 324 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ११ किलोभन्दा बढी गाँजा बोकेर हिँडिरहेका चरन राई प्रहरी फन्दामा

    सुनसरी/ झोलामा ११ किलोभन्दा बढी गाँजा बोकेर पूर्व–पश्चिम राजमार्ग हुँदै हिँडिरहेका धनकुटाका एक युवा सुनसरीमा पक्राउ परेका छन्। कोशी गाउँपालिका–४, कोशी कटानस्थित पूर्व–पश्चिम राजमार्गमा अस्थायी प्रहरी चौकी शिवचोकबाट आईतवार खटिएको प्रहरी टोलीले शंकाका आधारमा धनकुटाको सागुरीगढी गाउँपालिका–८ निवासी २८ वर्षीय चरन राईलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनको साथमा रहेको झोला खानतलासी गर्दा गाँजा  ११ किलो १ सय २० ग्राम पदार्थ फेला पारेको जनाएको छ। पक्राउ परेका राईलाई लागूऔषधसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाए

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • 186 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved