धरान । सुनसरीको धरानमा रहेको विष्णु मेमोरियल माविले यस पालीको एसइूई परीक्षामा ४ जीपीए सहित विद्यार्थी उतीर्ण भएका छन् । विद्यालयका केही विद्यार्थीले उच्चतम ग्रेडिङ ४.०० जीपीए सहित परीक्षा उत्तीर्ण गर्न सफल भएको स्कुलका प्रिन्सिपल निलमकुमार श्रेष्ठले बताए । १३१ जना परीक्षार्थी सामेल भएको विद्यालयबाट ३.६१ नय ४.०० जीपीए (ए प्लस) सहित ९९ जना, ३.२१ तय ३.६ जीपीए (ए) सहित २८ जना र २.८१–३.२ जीपीए (बि प्लस) सहित ३ जना विद्यार्थी उत्तीर्ण भएको प्रिन्सिपल श्रेष्ठले जानकारी दिए यस पटकको नतिजा अत्यन्त उत्साहजनक रहेको छ। प्रिन्सिपल श्रेष्ठले भने, “हामी हाम्रो विद्यार्थीको मेहेनत, शिक्षकहरूको
धरान ।धरान उपमहानगरपालिका वडा नं. १२ स्थित एम्स कलेजले आयोजना गरेको “दोस्रो एम्स एसईई रन २०८२“ शनिबार सम्पन्न भएको छ। एम्स एकेडेमीको विद्यार्थी समुह एम्स क्रिएटिभ ग्रुपले आयोजना गरेको हो । एम्स एसईई रनमा पुरुषतर्फ अप्सु आङ्देङ्बे र महिलातर्फ टिका लिम्बु प्रथम भएका छन रनमा अस्सुले १९ मिनेट २५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै विजेता बने भने टिकाले ३०.५३ सेकेण्डमा दुरी पुरा गर्दै महिलातर्फ विजेता बनेको एम्स कलेज धरानका प्रिन्सिपल सन्तोष कोइरालाले बताएका छन् । पुरुषतर्फ सविन विश्वकर्माले १९ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भए भने पेटिस लिम्बुले १९.५० सेकेण्डमा रन पुरा
काठमाण्डौं/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐन बाटा अलग्याएर चिकित्सा विज्ञान विश्वविद्यालय बनाउनु पर्ने नेपाली काङ्ग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनु भएको छ । काठमाण्डौंमा रहेका धरानका सर्वदलीय टोलीसंग बुढानिलकण्ठमा छलफल गर्दै वीपी प्रतिष्ठानलाई “एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा लान नहुने समेत बताउनु भएको हो । वीपीको इतिहास, संरचना र यसले निर्माण गरेको विरासतलाई हेर्ने हो भने छाता ऐनमा समाहित गरेर वीपीलाई साँघुरो बनाउन नहुने सभापति देउवाले प्रष्ट विचार राख्नु भएको टोलीमा सहभागी कांग्रेस धरान सभापति श्याम पोखरेलले बुढानिलक
धरान/ लागू औषधको कारोबारमा संलग्न एक गिरोहलाई प्रहरीले धरानसहित पूर्वी नेपालका विभिन्न स्थानबाट पक्राउ गरेको छ। भारतबाट ब्राउन सुगर जस्तो देखिने लागू औषध नेपाल भित्र्याउने प्रयासमा रहेका उनीहरूलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो।लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीको संयुक्त टोलीले सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित भन्सार अगाडि र भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित ढलान रोड क्षेत्रमा चेकजाँच तथा खानतलासीका क्रममा जम्मा २१.९४० ग्राम लागू औषध बरामद गरेको हो।पक्राउ परेका र उनीहरूको साथबाट फेला परेका वस्तु यसप्रकार छन्:• सुअन ता
धरान/ प्रधानमन्त्री केपी शर्मा ओलीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने प्रस्तावप्रति आफू सकारात्मक रहेको बताएका छन्। शुक्रबार धरानबाट गएको सर्वदलीय प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेटेर प्रतिष्ठानलाई ‘एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान (छाता) ऐन २०८२’ मा समेट्न नहुने भन्दै ध्यानाकर्षण पत्र बुझाएको थियो। उक्त पत्र प्राप्त गरेपछि प्रधानमन्त्री ओलीले आफू पनि यही धारणा राख्ने बताउँदै सकारात्मक प्रतिक्रिया दिएका हुन्। प्रतिनिधिमण्डलमा सहभागी नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोखरेलले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, "प्रधान
धरान/ साङ्गीतिक प्रतिभालाई उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको एसईई सिङ्गिङ आइडलको फाइनलमा पुग्न सफल भएकी दनुवार समुदायकी भिम माया दनुवारलाई एफ.टि.एल. अनलाइन टिभीले नगद पुरस्कारसहित सम्मान गरेको छ। अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्दै आमा–बुबा गुमाएकी भिम मायाले जीवनका कठिन परिस्थितिहरूलाई पछाडि पार्दै गायनमार्फत आफ्नो पहिचान स्थापित गरेकी हुन्। उनलाई बिहीबार १५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो। गत असार ६ गते धरान–१५ स्थित चुमलुङ हिममा सम्पन्न फिनाले कार्यक्रममा भिम मायाले *‘बेस्ट फोक सिङ्गर’*को उपाधि समेत जितेकी थिइन्। कार
काठमाण्डौं/ पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान’ (छाता ऐन) अन्तर्गत नराख्नुपर्ने धारणा सार्वजनिक गरेका छन्। शुक्रबार काठमाडौंमा सर्वदलीय टोलीले बुझाएको ध्यानाकर्षणपत्रपछि थापाले वर्तमान सन्दर्भमा वीपी प्रतिष्ठानजस्तो विशिष्ट संरचना भएको संस्थालाई छाता ऐनमा समेट्दा समस्या आउने बताए। “छाता ऐन पुरानो परिकल्पना हो,” उनले भने, “सबै संस्थालाई एउटै ऐनमा कोचेर केन्द्रीकृत बनाउने हो भने संस्थागत विविधता गुम्छ, समस्याहरू बढ्छन्।” उनले
धरान/ नवोदय विद्या मन्दिर, धरान–१६ मा शुक्रबार विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। बालबालिकाको सिर्जनात्मकता र अभिव्यक्तिको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाए। विद्यार्थीहरूलाई तीन समूह — जुनियर (कक्षा १–३), मिडल (कक्षा ४–५), र सिनियर (कक्षा ६–१०) — मा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिएको थियो। विद्यालयका इन्चार्ज नीर कुमार राईका अनुसार, प्रतियोगितामा जुनियर समूहबाट ९४ जना, मिडल समूहबाट ७२ जना र सिनियर समूहबाट १७० जना गरी कुल ३३६ जना विद्यार्थी सहभागी
काठमाडौँ/ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा शुक्रबार(आज) साँझ साढे ५ बजे सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले आज पहिलो चरणको बोर्ड बैठक सम्पन्न भइसकेको जानकारी दिँदै अर्को बैठक शुक्रबार अपराह्न ४ बजे बस्ने र त्यसपछि साँझ साढे ५ बजे नतिजा प्रकाशित गरिने जानकारी दिए । ‘आजै पहिलो चरणको बोर्ड बैठक सकिएको छ । अर्को बैठक अपराह्न चार बजे बसेर साढे ५ बजे नतिजा सार्वजनिक हुन्छ’, शर्माले भने । चैत ७ गतेदेखि सञ्चालित एसईईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धि तर्फ ६७ हजार ७१५ जना गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी
धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षकहरुले पनि छाता ऐनको विरोध गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । ने्पाल सरकारले नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ नयाँ संस्थामा गाभ्ने गरी विधेयकको मस्यौदा तयार पारेपछि प्रतिष्ठानको शिक्षक कल्याण समाजले कडा समाजले विज्ञप्ति जारी गर्दै सरकारी निर्णयलाई ‘षडयन्त्रपूर्ण’ र ‘प्रतिक्रान्तिकारी’ कदमको संज्ञा दिँदै प्रतिष्ठानको अस्तित्व रक्षाका लागि देशव्यापी आन्दोलनको घोषणा गरेको हो । समाजका अध्यक्ष डा। सेराज अहमद खान र महासचिव डा. कादिर आलमद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “सरो