धरान/सुनसरीको धरानमा लागूऔषध ब्राउन सुगर सहित एक युवक पक्राउ परेका छन्।
आईतबार साझ धरान उपमहानगरपालिका–८ स्थित फलामे पुलबाट ३२ वर्षीय विमलराज धामीलाई प्रहरीले पक्राउ गरेको हो।
लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले धामीलाई शंका लागेर खानतलासी गर्दा २.८१ ग्राम ब्राउन सुगर फेला पारेको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त पदार्थसहित धामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।