सुनसरीमा काउली बोकेको ट्रकबाट २ हजार ४९० किलो गाँजा बरामद

  • असोज १९, २०८३
  • कोशीपत्र/संवाददाता
alt - फाइल तस्बिर

सुनसरी/ तरकारीको आवरणमा ठूलो परिमाणमा गाँजा ओसारपसार भइरहेको अवस्थामा प्रहरीले सुनसरीको इनरुवाबाट दुई जनालाई पक्राउ गरेको छ

काउली बोकेको ट्रकमा लुकाएर लैजाँदै गरिएको अन्दाजी २ हजार ४९० किलो गाँजासहित चालक र सहचालक पक्राउ परेका हुन्।

बरामद गाँजाको आधिकारिक परिमाण भने तौल लिएपछि मात्र यकिन हुने प्रहरीले जनाएको छ।

इनरुवा नगरपालिका–३ स्थित सखुवागाछी चोकमा प्रहरीले गरेको चेकजाँचका क्रममा ना ७ ख १८२५ नम्बरको ट्रकबाट ८३ बोरा गाँजा बरामद भएको हो।

सोमबार बिहान करिब १२ः४५ बजे ट्रक रोकेर जाँच गर्ने क्रममा काउलीको बीचमा लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको सुनसरी प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको उक्त ट्रक धनकुटाको सहिदभूमि गाउँपालिका–२ का ३३ वर्षीय राजु राईले चलाएका थिए।

प्रहरीले चालक राईसँगै सोही ठाउँका १८ वर्षीय सहचालक सदीप राईलाई पनि पक्राउ गरेको छ।

तरकारी ढुवानीको आवरणमा गाँजा ओसारपसार भइरहेको खुलेपछि प्रहरीले ट्रकसमेत नियन्त्रणमा लिएको छ।

बरामद गाँजा, ट्रक र पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक ओलीले बताए।

प्रहरीले पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ।

गाँजा कहाँबाट ल्याइएको थियो र कहाँ पुर्‍याउने योजना थियो भन्ने विषय भने खुलिसकेको छैन।

धनकुटालगायत पहाडी जिल्लामा उत्पादन हुने गाँजा तरकारी बोकेको ट्रकमा लुकाएर भारततर्फ लैजान खोजिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

घटनामा संलग्न अन्य व्यक्तिका बारेमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

धरान जुनियर जेसीजको ...

धरान/ धरान जुनियर जेसीजको आयोजनामा तीन दिने बृहत् विपद् ...

धरानका दुई युवक विरा ...

धरान/ भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका धरानका दुई युव ...

धरानमा ब्राउन सुगर ...

धरान/सुनसरीको धरानमा लागूऔषध ब्राउन सुगर सहित एक युवक प ...

वनेम कल्याण संस्थाको ...

धरान/ वनेम कल्याण संस्थाको ३०औँ वार्षिक साधारणसभा तथा स ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved