वनेम कल्याण संस्थाको ३०औँ साधारणसभा तथा सम्मान सम्पन्न

  • असोज १८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ वनेम कल्याण संस्थाको ३०औँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम शनिबार धरान-१३ स्थित संस्थाको भवनमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि धरान उप(महानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरे।कार्यक्रमका प्रमुख अतिथि बेघाले आफ्नो संस्कार, संस्कृति, पहिचान तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले संस्था स्थापना गरी निरन्तर क्रियाशील रहेकोमा वनेम कल्याण संस्थाको प्रशंसा गरे।

उनले संस्थाले समुदायको संस्कार र संस्कृतिको संरक्षणसँगै सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदान महत्वपूर्ण रहेको बताए। मेयर बेघाले संस्थाको भवन निर्माणको बाकी काम सम्पन्न गर्न उप-महानगरपालिकाको तर्फबाट ५ लाख रुपैया सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे।

कार्यक्रममा ताप्लेजुङको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेम,धरान(११ का वडाध्यक्ष लोकेन्द्र फागो वनेम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। संस्थाको भवन निर्माणको अवस्थाबारे चन्द्र वनेमले जानकारी गराएका थिए।

संस्थाका अध्यक्ष वीरबहादुर वनेमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव लोकमान वनेमले संस्थाको प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना र कोषाध्यक्ष दुर्गाबहादुर वनेमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

साधारणसभाका अवसरमा संस्थाका पूर्वज तथा ज्येष्ठ व्यक्तिहरूलाई सम्मान गरिएको थियो। त्यस्तै, उच्च शिक्षा अध्ययनरत तथा उत्कृष्ट अंक ल्याई उत्तीर्ण विद्यार्थीलाई प्रशंसापत्र प्रदान गरिएको थियो भने संस्थाको सदस्यता लिएका नयाँ सदस्यहरूलाई सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रमको सुरुवात राष्ट्रिय गानसँगै लिम्बुवानी महान् योद्धा काडसोरे फागो वनेमको स्मृतिमा एक मिनेट मौनधारण गरी गरिएको थियो।

कार्यक्रममा संस्थाका सल्लाहकार, विभिन्न क्षेत्रका व्यक्तित्व, ज्येष्ठ नागरिक, विद्यार्थी तथा संस्थाका सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष वीरबहादुर वनेमले सभा विसर्जन गरेका थिए

उद्यमशील सहकारीको १४ ...

धरान/ सुनसरीको धरान–१० स्थित उद्यमशील बचत तथ ...

धरानमा विश्व प्राणी ...

धरान/  विश्व प्राणी दिवसको अवसरमा हेभन्ली पथ ...

निशान बचत तथा ऋण सहक ...

पानवारी/ सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ६ ...

पाँचथरमा २ हजार ५ सय ...

फिदिम/  पाँचथरको फिदिम नगरपालिका–१ शनिब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved