पाँचथरमा २ हजार ५ सय ४० ट्याब्लेटसहित चार जना पक्राउ

  • असोज १७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

फिदिम/  पाँचथरको फिदिम नगरपालिका–१ शनिबारेबाट प्रहरीले ठूलो परिमाणमा ट्रामाडोल र स्पास पेन प्रो ट्याब्लेटसहित चार जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले शंकाका आधारमा चेकजाँच गर्दा TRAMADOL १ हजार २ सय ७० ट्याब्लेट र SPAS PAIN PRO १ हजार २ सय ७० ट्याब्लेट गरी जम्मा २ हजार ५ सय ४० ट्याब्लेट बरामद गरेको हो।

प्रहरीले उक्त ट्याब्लेटसहित चार जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याएको जनाएको छ।

पक्राउ पर्नेमा हिलिहाङ गाउँपालिका–७ घर भई हाल फिदिम नगरपालिका–१ बस्ने एक जना, फिदिम नगरपालिका–११ फेवादिन घर भई हाल फिदिम–१ बस्ने एक जना, फिदिम–१ का एक जना र सुनसरीको धरान उपमहानगरपालिका–१४ घर भई हाल हिलिहाङ गाउँपालिका–७ टाँरीमा बस्दै आएका २१ वर्षीय उज्वल तिम्सिना रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धरान सिटी रनिङ कपको ...

धरान/ दोस्रो धरान सिटी रनिङ कप अन्तर क्लब फुटबल प् ...

पत्रकार गोविन्द बस्न ...

धरान/ धरान खेलकुद मञ्चले आयोजना गरेको तेस्रो धरान ...

सुनसरीमा सडक किनारमा ...

धरान/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ ...

लागुऔषधसहित सुनसरीम ...

इनरुवा/  सुनसरीको सीमावर्ती कोशी गाउँपालिका क्षेत् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved