धरान/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ जनता चोकस्थित पूर्व–पश्चिम राजमार्गको सडक किनारमा गम्भीर घाइते अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार असोज १४ गते राति करिब ११ः५० बजे अन्दाजी ३०–३५ वर्ष उमेरका देखिने पुरुषलाई स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृतकको शव हाल जिल्ला अस्पताल इनरुवाको शवगृहमा सुरक्षित राखिएको छ। तर, हालसम्म पनि मृतकका आफन्त वा पहिचान गर्ने व्यक्ति सम्पर्कमा आएका छैनन्।
प्रहरीले मृतकको फोटोका आधारमा पहिचान गर्न सक्ने व्यक्तिलाई तत्काल जिल्ला प्रहरी कार्यालय सुनसरीमा सम्पर्क गर्न अनुरोध गरेको छ।
सम्पर्क नम्बर :९८५२०६१३७४