पानवारी/ सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ६ पानबारीमा रहेको निसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं बार्षिक साधारण सभा आज( आइतबार) सम्पन्न भएको छ ।
उक्त बार्षिक साधारण सभा सभ्य र भव्य रुपमा सम्पन्न भएको अध्यक्ष शिव कटवालले कोशीपत्रलाई बताए । प्रमुख अतिथी कोशी प्रदेशका प्रदेश सभा सदस्य एवम् संस्थाका सल्लाहकार रमेश कुमार बस्नेत रहेको थिए । उनले साधारण सभाको उदघाट्न गरेका थिए भने प्रमुख अतिथीको तर्फबाट मन्तव्य राख्दै संस्थाको अझै उन्नती र प्रगतीको शुभकामना दिदै धरानका लागि महत्पुर्ण रहेको बताएका छन् ।
त्यसगरि साधारण सभामा ६ नं.वडाका कार्य वाहक वडाध्यक्ष राजेन्द्र न्यौपानेले शुभकामना मन्तव्य दिदै उदारणीय संस्था रहेको भनेर शुभकामना दिएका थिए ।कार्यक्रममा संस्थायका संस्थापक अध्यक्ष तथा सल्लाहकार चन्द्र बहादुर सुवेदीले संस्थामा स्थापना गर्दा देखि नै उदाहरणीय रहेको भन्दै शृुभकामना दिए ।
वि.सं २०६६ साल पौष २७ गते ृक्त सस्था स्थापान भएको हो । हाल सम्म संस्थाका अध्यक्ष कटवालका अनुसार वासलत १३ करोड ३२ लाख ९९ हजार एक सय , सेयर पुँजी २ करोड १९ लाख ९४ हजार एक सय आम्दानी ,जम्मा संस्थाको आम्दानी १ करोड १७ लाख ८५ हजार ५ सय चालिस रहेको र संस्थाको अझै उन्नती प्रगती बढ्दो रहेको बताए । साधारण सभामा उल्लेखिय सभागिता रहेको थियो ।