उद्यमशील सहकारीको १४औँ साधारणसभा सम्पन्न

  • असोज १८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरान–१० स्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ मा १ करोड ४८ लाख ७३ हजार २२५ रुपैयाँ खुद नाफा गर्न सफल भएको छ ।

शनिबार सम्पन्न १४औँ वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार सहकारीले उक्त आर्थिक वर्षमा ४ अर्ब ४२ करोड ७८ लाख ८४ हजार ७२४ रुपैयाँको कुल कारोबार गरेको हो ।

सहकारीको शेयर पुँजी २८ प्रतिशतले वृद्धि भई ७ करोड ४९ लाख ७४ हजार ४ सय रुपैयाँ पुगेको छ भने शेयर सदस्य संख्या ८ हजार ७२८ पुगेको छ ।

प्रतिवेदनअनुसार सहकारीले ७ करोड ८७ लाख ४९ हजार १५० रुपैयाँ आम्दानी गर्दा ६ करोड ३८ लाख ७५ हजार ९२४ रुपैयाँ खर्च गरेको छ । आयकर, ब्याज कर, घरबहाल कर तथा सामाजिक सुरक्षा करलगायत विभिन्न शीर्षकमा सहकारीले ४२ लाख ४३ हजार ७०० रुपैयाँभन्दा बढी राजस्व सरकारलाई बुझाएको जनाएको छ ।

साधारणसभामा प्रमुख कार्यकारी अधिकृत जीतबहादुर राउतले संस्थाको बचतमा ४० प्रतिशत, ऋण लगानीमा १२८ प्रतिशत र ऋण असुलीमा ११० प्रतिशत वृद्धि भएको जानकारी दिए ।

धरान–१० सैनिक चोकमा मुख्य कार्यालय रहेको सहकारीले धरान–५ देउराली, इटहरी र बराहक्षेत्रको चक्रघट्टीमा सेवा केन्द्र सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा लेखा तथा सुपरीवेक्षण समितिको वार्षिक प्रतिवेदन पस्किँदै संस्थाका लेखा संयोजक देवचन्द्र शिवाकोटीले कर्जा जोखिम कोषलाई नियमितरुपमा वृद्धि गर्दै लगिएको जानकारी दिए ।

उनले एकजना सदस्यलाई बढीमा एक करोड कर्जा लगानी गरिएको समेत जनाए । उनले संस्थाको सबल पक्ष देखाउँदै यस वर्ष पुँज तथा दायित्व ३६.३८ प्रतिशतले वृद्धि गरेको जानकारी दिए । संस्थाले राखेको वित्तीय लक्ष्य तथा कार्यक्रममा उल्लेख्य प्रगति गरेको देखाउँदै उनले गत वर्ष ५९ करोड ६५ लाख ८९३ नाफा गरेकोमा १ करोड ४८ लाख ७३ हजार २२५ रुपैयाँ नाफा गरेको देखाए ।

कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले धरानमा धेरै सहकारी आफ्नै कारण, नियमभन्दा बाहिर कारोबार गर्दा डुब्दै गएको बताए । उनले उद्यमशीलले देखाएको कारोबारले सहकारी मितव्ययी र नियम संगत ढंगले अघि बढेको बताए ।

उनले धरान उपमहानगरपालिकाले सहकारी नियमावली बनाएर सहकारीलाई व्यवस्थित बनाउन लागिएको जानकारी दिए । ‘यो कार्यपालिका बैठकमै यो नियमावली तयार हुने विषय अघि बढ्नेछ ।’ उनले भने ।

कार्यक्रममा बोल्दै सहकारी धरान नगर समन्वय समितिका अध्यक्ष नविन सुब्बाले उद्यमशील बचत अटल रहँदै धरानका सहकारीमध्ये नमूना सहकारी भनेर चिनाउँदै गएको बताए । कार्यक्रममा धरान–११ का वडाध्यक्ष लोकेन्द्र फागो, धरान–१० का वडाध्यक्ष विवेक राई, धरान–५ का वडाध्यक्ष मनप्रसाद लिम्बूलगायतले पनि बोलेका थिए ।

साधारणसभामा असल तथा नियमित बचतकर्ता, ऋणी, सदस्य तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । सोही अवसरमा पत्रकार शेखरनाथ याेगीलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

वनेम कल्याण संस्थाको ...

धरान/ वनेम कल्याण संस्थाको ३०औँ वार्षिक साधारणसभा तथा स ...

धरानमा विश्व प्राणी ...

धरान/  विश्व प्राणी दिवसको अवसरमा हेभन्ली पथ ...

निशान बचत तथा ऋण सहक ...

पानवारी/ सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ६ ...

पाँचथरमा २ हजार ५ सय ...

फिदिम/  पाँचथरको फिदिम नगरपालिका–१ शनिब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved