धरानमा विश्व प्राणी दिवस : र्‍यालीदेखि सम्मानसम्म, हेभन्ली पथको सामाजिक अभियान

  • असोज १८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  विश्व प्राणी दिवसको अवसरमा हेभन्ली पथ धरानले प्राणीप्रति दया, करुणा र संरक्षणको सन्देशसहित र्‍याली, सम्मान तथा अवलोकन कार्यक्रम आयोजना गरेको छ।

आइतबार धरान–१४ स्थित सोमिच्योङ भवनमा कोशी प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री सपना परियारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमअघि भानुचोकदेखि हेभन्ली पथको भवनसम्म र्‍याली निकालिएको थियो। र्‍यालीमा सहभागीहरूले प्राणीप्रति दया, करुणा र सम्मान, जीवजन्तुको संरक्षण तथा मानिस र पशुबीचको सम्बन्ध प्रगाढ बनाउनुपर्ने सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री परियारले मानव सेवा तथा उपचाररत बिरामीको हेरचाहका लागि आवश्यक भवन निर्माण गर्न बजेट व्यवस्थापनका लागि पहल र प्रयत्न गर्ने प्रतिबद्धता जनाइन्। उनले हेभन्ली पथले मानव सेवा तथा उपचाररत बिरामीको हेरचाहमा पुर्‍याउँदै आएको योगदानको प्रशंसासमेत गरिन्।

हेभन्ली पथका सल्लाहकार शंखधन राईले जनप्रतिनिधि तथा मन्त्रीको सहभागितामा संस्थाको यो पहिलो कार्यक्रम भएको बताए। उनले संस्थाले सञ्चालन गर्दै आएको सामाजिक अभियानमा सहयोग गर्ने जनप्रतिनिधिहरूप्रति धन्यवाद व्यक्त गरे।

कार्यक्रममा जिल्ला अध्यक्ष चन्द्रबहादुर राईले संस्थाले गर्दै आएको सेवा तथा आगामी योजनाबारे जानकारी गराएका थिए। सो अवसरमा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिलाई सम्मान गर्नुका साथै संस्थाका सेवा गतिविधिको अवलोकनसमेत गरिएको थियो।

कार्यक्रममा धरान–१५ का वडाध्यक्ष नरेश इवराम, धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, धरान–३ की कार्यवाहक वडाध्यक्ष उषा लिम्बू, वडा सदस्य मिङमा भोटे तथा जिल्ला समन्वय समिति सदस्य शेषकुमारी घिमिरेलगायतको उपस्थिति थियो।

वनेम कल्याण संस्थाको ...

धरान/ वनेम कल्याण संस्थाको ३०औँ वार्षिक साधारणसभा तथा स ...

उद्यमशील सहकारीको १४ ...

धरान/ सुनसरीको धरान–१० स्थित उद्यमशील बचत तथ ...

निशान बचत तथा ऋण सहक ...

पानवारी/ सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ६ ...

पाँचथरमा २ हजार ५ सय ...

फिदिम/  पाँचथरको फिदिम नगरपालिका–१ शनिब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved