धरान जुनियर जेसीजको तीन दिने विपद् व्यवस्थापन तालिम सम्पन्न

  • असोज १९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान जुनियर जेसीजको आयोजनामा तीन दिने बृहत् विपद् व्यवस्थापन तालिम सम्पन्न भएको छ।

स्थानीय युवा तथा विद्यार्थीलाई विपद्का बेला उद्धार, प्राथमिक उपचार तथा पूर्वतयारीमा सक्षम बनाउने उद्देश्यले असोज १६ गतेदेखि १८ गतेसम्म तालिम सञ्चालन गरिएको हो।

सशस्त्र प्रहरी बल धरान बेस क्याम्पको प्राविधिक सहयोगमा सञ्चालित तालिममा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) युकेश उप्रेती मुख्य प्रशिक्षकका रूपमा सहभागी थिए।

उनलाई सशस्त्र प्रहरी बल चतरा बेस क्याम्पका इन्स्पेक्टर मेघराज राउत नेतृत्वको टोलीले सहयोग गरेको थियो।

तालिममा आगलागी नियन्त्रण, भूकम्पपछि खोज तथा उद्धार, प्राथमिक उपचार, पौडी तथा लाइफगार्ड सीप र पानीमा डुबेकाको उद्धारलगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण दिइएको थियो।

मुख्य प्रशिक्षक डीएसपी उप्रेतीले कलेज तहबाटै पहल गरेर यस प्रकारको विपद् व्यवस्थापन तालिम आयोजना गरिएको पहिलोपटक भएको उल्लेख गर्दै धरान जुनियर जेसीज र सम्बन्धित कलेजको प्रयास प्रशंसनीय रहेको बताए।

पीभीआईएचएमका अध्यक्ष अनिल श्रेष्ठले विद्यार्थीको सुरक्षा र बृहत्तर हितलाई ध्यानमा राख्दै आगामी दिनमा पनि यस्ता जीवनोपयोगी तालिमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

सहभागी विद्यार्थी महिमा राईले तालिम सैद्धान्तिक ज्ञानमा मात्र सीमित नभई व्यवहारमै प्रयोग गर्न सकिने र जीवनोपयोगी भएको अनुभव सुनाइन्।

तालिमको समापन चतरा स्थित बेकला बीच रिसोर्टमा गरिएको थियो। समापन कार्यक्रममा तालिम सफलतापूर्वक पूरा गर्ने सहभागी विद्यार्थी तथा बुटक्याम्पर्सलाई प्रमाणपत्र वितरण गरिएको थियो।

 

 

धरानका दुई युवक विरा ...

धरान/ भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका धरानका दुई युव ...

धरानमा ब्राउन सुगर ...

धरान/सुनसरीको धरानमा लागूऔषध ब्राउन सुगर सहित एक युवक प ...

सुनसरीमा काउली बोकेक ...

सुनसरी/ तरकारीको आवरणमा ठूलो परिमाणमा गाँजा ओसारपसार भइ ...

वनेम कल्याण संस्थाको ...

धरान/ वनेम कल्याण संस्थाको ३०औँ वार्षिक साधारणसभा तथा स ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved