तास खेल्दै गरेका ७ जना नगदसहित पक्राउ, १ लाख ८ हजार बरामद

  • असोज २०, २०८३
  • कोशीपत्र/संवाददाता
alt

झापा/ झापाको मेचीनगरमा तास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई नगदसहित पक्राउ गरेको छ।

मेचीनगर–१० धुलाबारीमा अवस्थित जमिन राईकाे सेकुवा कर्नरको पछाडिपट्टि टिनको छानो भएको काेठामा जुवातास खेलिरहेको गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले खानतलासी गरेको थियो।

खानतलासीका क्रममा तास खेलिरहेको अवस्थामा किरण लम्साल, विशाल लावती, हर्कराज राई, प्रकाश लावती, सागर बस्नेत, मेदनी बराल र शेखरनाथ भण्डारी पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूको साथबाट ८ बुङ तास र १ लाख ८ हजार ५ सय २० रुपैयाँ नगद बरामद गरेको जनाएको छ।

पक्राउ परेका उनीहरूमाथि जुवा खेल्ने वा सट्टेबाजी गर्न नहुने कसुरमा झापा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बराहक्षेत्रमा माध्यम ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकामा माध्यमिक बिद्यालय ...

धरानमा यात्रुवाहक बस ...

धरान/ सुनसरीको धरान–८ तिनकुनेस्थित कोशी राजम ...

डाइस खेल्दै गरेका चा ...

झापा/ झापाको मेचीनगरमा जुवाजन्य खेल डाइस (लंगुरबुर ...

धरान जुनियर जेसीजको ...

धरान/ धरान जुनियर जेसीजको आयोजनामा तीन दिने बृहत् विपद् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved