बराहक्षेत्रमा माध्यमिक तह स्तरिय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न

  • असोज २०, २०८३
  • कोशीपत्र/संवाददाता
alt

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकामा माध्यमिक बिद्यालय ( कक्षा ११-१२) स्तरिय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

मङलवार बराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाको आयोजनामा चक्रघट्टि स्थित जनहित क्लबको सभाहलमा उक्त माध्यमिक बिद्यालय ( कक्षा ११-१२) स्तरिय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको हो।

प्रतियोगितामा नगर भित्र रहेका माध्यमिक तह ( कक्षा ११-१२ ) का सामुदायिक, संस्थागत तथा धार्मिक बिद्यालयका बिद्यार्थीहरु सहभागि रहेको बराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाका प्रमुख उत्तमराज भारतीले बताए ।

हाजिरि जवाफ प्रतियोगितामा जीवन ज्योति इङ्लिस स्कल प्रथम भएकी छन्।

राधाकृष्ण संस्कृत माध्यमिक गुरुकुलम बिद्यालय द्वितीय , जडेज माध्यमिक बिद्यालय तृतीय र मुनविम एकेडेमी ईङ्लिस स्कुलले सानत्वना स्थान हासिल गर्न सफल भएको छ । 

प्रथम बनेको जीवन ज्योतिका बिकेश राउत र कल्पना भट्टराईले नगद ८ हजार रुपैयाँ, प्रमाणपत्र तथा मेडल प्राप्त गरेका छन् ।

द्वितीय बनेको राधाकृष्ण मुकुन्द बस्ती र रोशीस दाहलले नगद ६ हजार रुपैयाँ, प्रमाणपत्र तथा मेडल प्राप्त गरे । त्यस्तै 

तृतिय बनेको जडेजका जुना बस्नेत र प्रवेश कटुवालले नगद ४ हजार रुपैयाँ, प्रमाणपत्र तथा मेडल र सानत्वना बनेको मुनविमका अबिसेक सुवेदी र रोया कार्कीले नगद २ हजार रुपैया सहित प्रमाणपत्र तथा मेडल प्रप्त गरेका थिए ।

बराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाका प्रमुख उत्तमराज भारतीको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख नन्दुमारी सुनुवार , शिक्षा समितिका सदस्य ज्ञान बहादुर पाण्डे लगायतले पुरस्कार बितरण गरेका थिए ।

बराहक्षेत्र नगरपालिकाले बिद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाको माध्यमबाट शिर्जनात्मक क्षमताको बिकासकालागि वक्तृत्वकला, कविता, चित्रकला, नृत्यकला , उद्घोषणकला लगायतका विधामा प्रतियोगिता तथा प्रशिक्षण कार्यक्रम निरन्तर रुपमा गर्दै आईरहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख उत्तम भारतीले बताए।

उनले विद्यार्थीको प्रतिभा विकास र क्षमता अभिवृद्धिका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

धरानमा यात्रुवाहक बस ...

धरान/ सुनसरीको धरान–८ तिनकुनेस्थित कोशी राजम ...

तास खेल्दै गरेका ७ ज ...

झापा/ झापाको मेचीनगरमा तास खेलिरहेको अवस्थामा प्रहरीले ...

डाइस खेल्दै गरेका चा ...

झापा/ झापाको मेचीनगरमा जुवाजन्य खेल डाइस (लंगुरबुर ...

धरान जुनियर जेसीजको ...

धरान/ धरान जुनियर जेसीजको आयोजनामा तीन दिने बृहत् विपद् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved