धरान/ सुनसरीको धरान–८ तिनकुनेस्थित कोशी राजमार्गबाट प्रहरीले भन्सार छली ल्याइएको ठूलो परिमाणको किराना सामान बरामद गरेको छ।
मंगलबार बिहान करिब ९ बजे अस्थायी प्रहरी चौकी तिनकुने र इलाका प्रहरी कार्यालय धरानबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा भन्सार छली ल्याइएको किराना सामान फेला पारेको हो।
प्रहरीका अनुसार बरामद सामानको अन्दाजी मूल्य १ लाख ६२ हजार ६ सय १० रुपैयाँ रहेको छ।
नियन्त्रणमा लिइएको सामान आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाइएको प्रहरीले जनाएको छ।