डाइस खेल्दै गरेका चार जना पक्राउ, १८ हजार बढी नगद बरामद

  • असोज २०, २०८३
  • कोशीपत्र/संवाददाता
alt

झापा/ झापाको मेचीनगरमा जुवाजन्य खेल डाइस (लंगुरबुर्जा) खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

मेचीनगर नगरपालिका–८ इटाभट्टाचोकमा डाइस खेलाइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र अस्थायी प्रहरी पोष्ट इटाभट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरूको साथबाट नेपाली नगद १८ हजार ५० रुपैयाँ, भारतीय रुपैयाँ २०० र डाइस बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेमा मेचीनगर–६ का चेतबहादुर लिम्बु र दीपक चौधरी, मेचीनगर–५ का सनम तामाङ तथा मेचीनगर–७ का जुगल भुजेल रहेका छन्।

पक्राउ परेका चारै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बराहक्षेत्रमा माध्यम ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकामा माध्यमिक बिद्यालय ...

धरानमा यात्रुवाहक बस ...

धरान/ सुनसरीको धरान–८ तिनकुनेस्थित कोशी राजम ...

तास खेल्दै गरेका ७ ज ...

झापा/ झापाको मेचीनगरमा तास खेलिरहेको अवस्थामा प्रहरीले ...

धरान जुनियर जेसीजको ...

धरान/ धरान जुनियर जेसीजको आयोजनामा तीन दिने बृहत् विपद् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved