स्थानीय

    Showing 4,591-4,600 of 4,935 items.
  • उद्योगी घिमिरेद्वारा आइसोलेसन सेन्टरहरुलाइ अक्सिजन सहितका स्वास्थ्य सामग्री हस्तान्तरण

    सुनसरी । इटहरीमा रहेको कोभिड रिलिफ एन्ड आइसोलेसन सेन्टरलाई एस जी अर्गनाइजेसनले अक्सिजनसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । अर्गनाइजेसनका अध्यक्ष, उद्योगी शिव घिमिरेले स्वास्थ्य सामग्रीहरु आइसोलेसनलाई हस्तान्तरण गरेका हुन् । आफूले सामाजिक उत्तरदायीत्व वहन गर्नका लागि अक्सिजन सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको बताए । उनले ११ थान अक्सिजन ग्याँस, अक्सिमिटर, ब्याज ५० थान, सर्जीकल मास्क पाँच सय थान, अक्सिजन मास्क दुई हजार पाँच सय थान, साथै रेगुलेटरसहितका अन्य स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका हुन् । आइसोलेसन व्यवस्थापन समितिका संयोजक तथा उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम प

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 693 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अस्थायी प्रहरी चौकी आक्रमण गर्ने दुइजनाले गरे आत्मसमर्पण

    धरान। धरानको अस्थायी प्रहरी चौकी प्रवेश गरेर प्रहरी माथी आक्रमण गर्ने समुहको २ जनाले आत्मसमर्पण गरेका छन् । गत जेठ १३ गते साँझ धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा आक्रमण गर्ने दुई जनाले जिल्ला प्रहरी कार्यालय धनकुटामा आत्मसमर्पण गरेका हुन् । प्रहरीको अनुसार धरान-१५ बस्ने ३२ वर्षीय रेगन राई, धरान-४ बस्ने ३० वर्षीय वसन्त राईले सोमबार राती आत्मसमर्पण गरेका हुन् । उनीहरूले प्रहरी चौकीमा पुगेर प्रहरी माथि नै आक्रमण गर्नुका साथै तोडफोड गरेका थिए । उनीहरूलाई धरान प्रहरीले धनकुटामै पुगेर व्यापक खोजी गरिरहेको थियो ।

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 639 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङ बेलबारीकी कोरोना संक्रमितको मृत्यु

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित कोभिड अस्पतालमा उपचार गराइरहेकी मोरङकी एक महिलाको मृत्यु भएको छ । मोरङको बेलबारी ४ की ४० वर्षिय महिलाको आज बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए । उनलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनी कोभिड अस्पतालमा पनि आइतबार नै भर्ना भएकी थिईन् । उनको शव व्यवस्थापन नियमानुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 769 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपीको वेथिति अन्त्य नभए सम्म नागरिक दबाब संजालले निरन्तर आन्दोलन गर्ने

    धरान/  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको वेथिति तथा भ्रष्टाचार अन्त्य गर्न गठिन नागरिक दबाब सञ्जाले प्रतिष्ठानमा निरन्तर दबाबमूलक कार्यक्रम अगाडि सार्ने भएको छ । विगतमा समेत प्रतिष्ठानको वेथिति सुधारका लागि भन्दै गठन भएका समूहहरुले प्रतिष्ठानभित्र हुने गरेका वेथिति, भ्रष्टाचार लगायतका कुराहरु नियन्त्रण गर्ने भन्दै शुर भएका आन्दोलनहरु बीचैमा तुहिने गरेको भएपनि यो समितिले भने प्रतिष्ठानभित्रको वेथिति, भ्रष्टचार अन्त्य नभएसम्म आन्दोलनलाई जारी राख्ने जनाएको छ । दबाब सञ्जालले धरानको सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिष्ठानभित्र ह

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 845 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • ‘वीपी धरायसी हुनुको कारण पदाधिकारी सहित शिक्षकनै स्वार्थमा छन्’

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालिन शिक्षाध्यक्ष प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले भनेका थिए, ‘वीपीमा जब सम्म राजनितिक हस्तक्षेप र राजनिति बन्द हुँदैन, वीपी सुधार्न भगवाननै आउनु पर्छ ।’ उनले आफ्नो कार्यकाल बिताउँदै गर्दा थुप्रै राजनितिक अवरोधले पुर्याएको व्यवधानहरु व्यहोरेका थिए । तर उनी धरानकै भएर पनि हुनुपर्छ, त्यती धेरै विवादमा आएनन् । उनैलाई शिक्षाध्यक्ष बनाउन सिफारिस गर्ने तत्कालिन उपकुलपति प्रा.डा. बलभद्र प्रसाद दास, त्यस पछि बनेका अर्का शिक्षाध्यक्ष प्रा.डा. गुरु प्रसाद खनाल, दास पछिका उपकुलपति प्रा.डा. राजकुमार रौनियार, अहिले आएका डा. ज्ञानेन्द गिरी

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • 1,122 पटक पढिएको
    • "दिनेश गजमेर"
  • वीपी सुधारका लागि दबाब दिन धरानको अभियान

    धरान । पछिल्लो समय स्वास्थ्य उपचारमा विसंगती र विकृति बढ्दै गए पछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका लागि दबाबमुलक अभियान संचालन गर्न धरान नागरिक दबाब संजाल गठन गरिएको छ । प्रतिष्ठानमा बढ्दै गएको विकृतिले स्वास्थ्य उपचारमा समस्या आउन थाले पछि केही दिन देखि राजनितिक दलहरुले स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै प्रतिष्ठानमा धर्ना समेत दिएका थिए । शनिबार राजनितिक दलहरुको छलफलले संजाल गठन गरेको हो । धरान उपमहानगरपालिकाका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीको उपस्थितीमा भएको छलफलले प्रा.डा. राजेन्द्र शर्माको संयोजकत्वमा १७ सदस्यीय संजाल गठन गरेको छ । डा. कमल तिगे

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • 938 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिष्ठानलाई कोभिड मेशिन हस्तान्तरण

    धरान/ कोरोनाको संक्रमण बढ्दै जादा उपचारमा समेत समस्या हुदै गएको छ । प्रतिष्ठानमा कोरोना विरामीको चाप बढ्दै जादा उपचार हुन नसक्दा विरामीको ज्यान समेत जाने अवस्था रहेको छ । यसैलाई मध्यनजर गरी महामारीको नियन्त्रण गर्ने उद्देश्यले धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ ए १ नेपालले FineCare 3 Plus नामक मेशिन हस्तान्तरण गरेको छ ।यस मेशिनवाट कोभिड परीक्षणका अतिरिक्त कोभिड भएका विरामीको DDimer, CRP, PCT, IL6 लगायत अन्य चेक जांच गर्नुका साथै कोभिड ठीक भएर घर फर्किएका विरामीमा पनि पूर्ण रुपले ठीक भए नभएको समेत पत्ता लाग्ने जनाइएको छ । यस

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 1,029 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सवारी दुर्घटना गरि फरार मोटरसाइकल चालक पक्राउ

    धरान। पैदल यात्रीलाई ठक्कर दिएर फरार रहेका धरान १५ का मिङ्मा शेर्पालाइ प्रहरीले पक्राउ गरेको छ ।   गत वैशाख २० गते धरान उपमहानगरपालिका वडा नं। ८ स्थित कोशी राजमार्ग सडक खण्डमा पैदलयात्री सहल मान राईलाई ठक्कर दिई फरार भएका थिए । मोटरसाइकल तथा चालक खोजतलास गर्ने क्रमममा जेठ १८ उनलाइ प्रहरीले पक्राउ गरेको हो ।   शेर्पा लाई पक्राउ गरी निजले दुर्घटना गराउँदा चलाएको मे ७ प ५९९१ नम्बर को १५० सिसि को पल्सर मोटरसाइकल थान(१ समेत नियन्त्रणमा लिएको छ । शेर्पालाई आजै सुनसरी जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा म्याद थप गरी ईलाका प्रहरी कार्यालय धरान सुनसरीबाट थप अ

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 1,110 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जबरजस्ती करणीको आरोपमा धरानबाट एकजना पक्राउ

    धरान।  जबर्जस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यलय धरानले एक जनालाइ पक्राउ गरेको छ । धरान उपमहानगरपालिका वडा नम्बर ११ आँपगाछी चौक बस्ने एक ५६ वर्षिय सुस्त मनस्थितिकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वर्ष ५२ को बले भन्ने बल बहादुर थापालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । थापालाइ सुनसरी जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी आवस्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 1,102 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रहरीद्वारा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको भन्दै कोसी अस्पतालमा विरोध प्रदर्शन

    विराटनगर । प्रहरीले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको भन्दै कोसी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीले विरोध गरेका छन् । मंगलबार राति ९ बजे कोसी अस्प्तालमा डिउटी सकेर घर फर्कने क्रममा देवकोटा चौकमा चेकजाँचका नाममा प्रहरीले पाँचौ तहका अहेव अशोक राजवंशीलाई कुटपिट गरेको बताइएको छ । डिउटीमा खटिएका दुई जना प्रहरीले आफूलाई खुट्टामा लाठीले कुटपिट गरेको राजवंशीले बताएका छन् । घटनाको विरोध गर्दै नेपाल चिकित्सक संघले कोशी अस्पतालको परिसरमा विरोध कार्यक्रम गरेको हो । संघका कोशी अध्यक्ष डा.फरवार्ड सिलवालले भने, “ज्यान बचाउन खटिएका स्वास्थ्यकर्मीलाई सुरक्षा दिनुको साटो उल्टै कुटपिट हुनु व्यवहारिक र

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 1,671 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved