नोबेल शुल्क प्रकरण: आन्दोलन दबाउन कलेजद्वारा आक्रमण

  • पुष २५, २०७८
  • सन्जोगबाबु दाहाल
alt

धरान/  चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिएको विरुद्धमा नोबेल मेडिकल कलेजमा विगत केही दिन अघि देखि आन्दोलनमा उत्रिएका विद्यार्थीहरु माथि सुरक्षाकर्मीद्वारा आक्रमण भए पछि कलेज परिषर दिनभर तनावग्रस्त बनेको छ ।

गत विहिबार जिल्ला प्रशासन कार्यालयमा भएको सहमति विपरीत कक्षा सञ्चालन गरेपछि आइतबार रिले अनसन बस्न गएका विद्यार्थीहरु माथि सुरक्षाकर्मीले आक्रमण गरेका थिए । रिले अनसन बस्न गएका विद्यार्थीलाई सुरक्षाकर्मीले आक्रामण गरे पछि दुवै पक्ष बिच झडप भएको थियो ।

झडपका क्रममा अस्पतालमा खटिएका सुरक्षाकर्मीको तर्फबाट भएको प्रहारबाट केही विद्यार्थीहरु समेत घाइते भएको विद्यार्थी नेता विरेन्द्र घिमिरे बताए । दोहोरो झडपका क्रममा अस्पातलको गेटमा समेत क्षती पुगेको छ ।

गत बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारीको रोहबारमा कलेजका प्रतिनिधि, विद्यार्थी संगठनका बिच भएको दुई बुँदे सम्झौतामा १५ औं ब्याचको एमबीबीएस कक्षा विवाद समाधान नभएसम्म अनिश्चितकालका लागी बन्द गर्ने सहमती भएको थियो ।

प्रशासनका अघि सहमतिमा हस्ताक्षर गरेर फर्केको नोवेलले शुक्रबारबाटै विद्यार्थीलाई अतिरिक्त शुल्कका लागि फेरि ताकेता सुरु गरेको थियो । बिहीबार प्रशासनको रोहबरमा भएको छलफलमा कुनै अतिरिक्त शुल्क नलिने भनेको नोवेलले शुक्रबार फोन गरेर ताकेता गरेको छ, एक अभिभावकले भने ‘हाकाहाकी उता जे सहमति भए पनि हुँदै गर्छ, तपाइँहरुले पैसा नबुझाउने भए तपाइँको विद्यार्थीले कक्षामा प्रवेश पाउने छैन भन्छ । यो त सिधा डकैती भएन ?’
268933214_1392111244581109_4605267652975774279_n 269881281_7304046906275707_5571313833242320653_n 269882142_311959354199686_8785889257237320975_n 270080747_1258572804653749_5065482628585410148_n 269986553_613156259980463_3655906050738313869_n 270100081_460241785675512_7980557444114240082_n 270322720_291369429641649_439376739041058480_n 271234154_231919565790900_7521551257452140594_n 269619993_678569573516864_2334225447941071089_n 270474701_274506887999891_4941133416228600278_n 271283378_500726681361110_2719905536126650357_n 271379247_1357832587984193_5782683189767718589_n 270395030_3217854375109108_4466631576481035687_n 270549743_640233503786950_5987134542469116790_n

 आयोगले एमबीबीएसका लागि तोकेको शुल्क ४४ लाख ३६ हजार २५ रुपैयाँ भएपनि नोबेलले एमबीबीएस भर्ना हुने विद्यार्थीबाट अतिरिक्त शुल्क भनेर इन्टर्नसीप बापत २ लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्कबापत ९८ हजार र होस्टल शुल्क १ लाख ४४ हजार लगायतका अन्य धेरै शुल्क बुझाउन विद्यार्थीलाई दबाब दिँदै आएको छ । सहमती विपरीत काम नगन आग्रह गर्दै गर्दा अस्पतालका सुरक्षाकर्मीबाट आक्रमण भएको विद्यार्थी नेता तुलसी घिमिरेको भनाई छ । सरकारकै धज्जी उडाउने गरी नोबेल कलेजको प्रशासनले गरेको यो हर्कत प्रति कडा आपत्ती जनाउदै यस्का विरुद्ध कडाइका साथ आन्दोलन गर्ने घिमिरेले चेतवानी समेत दिए ।

कलेजले अतिरिक्त शुल्क माग गरेको विषयमा विद्यार्थीहरुले विभिन्न निकायहरुमा ज्ञापन पत्र समेत बुझाइसकेका छन् । आन्दोलनरत विद्यार्थीहरुले गत २१ गतेदेखी नै अस्पातलमा अनिश्चितकालीन तालाबन्दी समेत गरेका छन् । यता कलेजका सञ्चालकले भने विभिन्न सञ्चारमाध्यमहरु सँगको अन्र्तवार्तामा आफूले आयोगले तोकेको भन्दा बढी शुल्क नलिएको दाबी गर्दै आएका छन् ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved