महामानव बनेर करौडौंको ठगी

  • पुष २३, २०७८
  • कोशीपत्र/संवाददाता
alt इन्सेफमा महामानव भन्दै ठगी गर्ने टिकाप्रसाद विश्वकर्मा

धरान/ धरान ८ का सिताराम मल्ल १३ वर्ष अघि आफन्तलाई झारफुक गर्न टिका प्रसाद विश्वकर्माको शिवसेवा केन्द्रमा पुगेका थिए । आफुलाई महामानव बताउँदै अलौकिक शक्ति रहेको दाबी गरेका विश्वकर्माबाट प्रभावित भएर उनले लाखौं रुपैया चढाए । विश्वकर्माको प्रभावमा परेर उनले करिब १४ लाख रुपैया सिध्याए । अहिले विश्वकर्माको ठगि धन्दा रहेको थाहा पाए पछि न्यायका लागि भौतारिएका छन् ।
त्यसै गरी धरान १६ की सरिता लामिछाने पनि आफू बिरामी भएर विश्वकर्माकोमा झारफुक गर्ने क्रममा पुगेकी थिइन् । उनी पनि विभिन्न बहानामा ठगीएकी छिन् । धरान १० का पटेल सिंह पनि आफ्नो श्रीमती बिरामी भएर झारफुक गर्ने क्रममा विश्वकर्माबाट ठगीएको बताउँछन् ।

उनीहरु सँगै धरानका सयौं मानिसहरु अहिले विश्वकर्माले ठगि गरेको भन्दै न्यायका लागि भौतारिएका छन् । बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ स्थित जब्दी जल्पाई चौंकमा रहेको केन्द्रमा आफूलाई महामानव बताउने विश्वकर्माबाट ठगिएको बताउँदै न्यायका लागि आग्रह गरेका छन् ।

प्रहरी प्रशासनमा पटक पटक विश्वकर्मालाई कारवाहीको माग गर्दै उजुरी दिए पनि प्रक्रिया अघि नबढे पछि पत्रकार सम्मेलन गरेर न्यायका लागि आग्रह गरेका छन् । विश्वकर्माले आफूहरूलाई १३ वर्ष अघि देखि महामानव पिता भएको भन्दै विभिन्न प्रलोभन देखाई भक्तहरूलाई ठगी गर्दै आएको पीडित मल्लको भनाई छ । धरानबाट काठमाडौँ चल्ने रात्रि बस चालक रहेका मल्लले विभिन्न प्रलोभन र प्रभावमा पारि १३ वर्ष देखि विश्वकर्माले चरम आर्थिक दोहन गरेको बताए । उनले भने, ‘१३ वर्ष अघि आफन्त बिरामी भएर झारफुक गर्ने क्रममा विश्वकर्माकोमा पुगेको थिए, आफुलाई बसमा पारेर करिब १४ लाख जाति ठगी गरेको छ, आफ्नो भक्त भएमा अलौकिक शक्ति प्राप्त हुने र मानवबाट दोश्रो रुप शक्तिशाली महादेव बनाउने भन्दै ठगी गरेको छ ।’ विश्वकर्माले आश्थाको नाममा ठगि गरेको थाहा पाए पछि विरोध गर्दा ज्यान मार्ने धम्की दिएको भन्दै गत पुष १ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी समेत दिएका छन् ।

विश्वकर्माको विभिन्न बहाना र प्रलोभनमा परेर ठगिएको भन्दै पीडितहरूले धरानमा पत्रकार सम्मेलनको आयोजना गरी कहीँ कतैबाट आफ्नो समस्याको सुनवाइ नभएको गुनासो गरेका छन् । पिडितहरुले जिल्ला प्रशासन कार्यालय इनरुवा, इलाका प्रहरी कार्यालय महेन्द्रनगर र वराहक्षेत्र नगरपालिकामा समेत उजुरी दिँदा समस्याको बारेमा सम्बन्धित निकायले चासो नदिएकाले थप पीडित बनेको बताए ।

धरान १९ का पीडित खड्गबहादुर विश्वकर्माले चतरा नजिकैको पुल्ठेगौडामा रहेको फुपूले भोग चलन गर्दै आएको करिब डेढ बिघा जग्गा समेत फुपूलाई अचेत पारेर सहीछाप गराएर कब्जा गर्न खोजेको बताए । बिरामी भएर थलिएकी फुपूलाई उपचारका लागि धरान ल्याउन खोज्दा पनि महामानव पिता भनिने विश्वकर्माले ल्याउन नदिएको र पछि जसोतसो धरान ल्याएर उपचार गरेर अहिले होसमा आएको उनको भनाई छ ।

टिका प्रसाद विश्वकर्मा पछिल्लो समय असार साउन देखि काठमाण्डौको बल्खुमा बस्न थालेका छन् ।  पिडितहरुका अनुसार आफूलाई महामानव पिता भन्ने विश्वकर्माले भक्तजनहरूलाई साक्षात देउताको दर्शन गराउने भनेर राति सप्तकोशी नदीमा नाटकिय ढंगले देउता देखाउने गरेका थिए । उनका मूल पुजारी मङ्गलमान मगर सँग विभिन्न नामका देवी देवताहरू रातको समयमा शरीरमा कम्मर देखि माथि केही पनि वस्त्र नलगाएको अवस्थामा प्रकट भएको देखाउने गर्दथे । भक्तजनहरूले राति अँध्यारोमा देख्दा साँच्चै भगवाननै प्रकट भएको महसुस गरेर आफूले लगाएको सुन समेत दिएको पीडितहरुको भनाई छ ।

तर उनीहरू देउता नभएर उनले आफन्तलाई सहयोगीहरूसँग मिलेर अभिनय गर्न लगाएको थाहा भएको पिडित मल्ल बताउँछन् । उनका अनुसार विश्वकर्माले आफू महाशक्तिशाली र महामानव पिता भएकाले पृथ्वी लोक देवलोकमा समेत आफ्नो वर्चस्व कायम गर्ने गरेको बताउँदै भक्तजनबाट विभिन्न भौतिक निर्माण गर्नुपर्ने भन्दै पैसा उठाउने गरेका थिए ।
अझ कोरोना महामारीबाट पापीहरू नष्ट गर्न आफूले निर्णय गरेको समेत बताएका थिए । विश्वकर्माको प्रभावमा परेर केन्द्रको आफ्नै भवन बनाउन भक्तजनले साढे ७ कठ्ठा जग्गा २५ लाखमा खरिद गरेका थिए । भक्तजनले किनेको सबै जग्गा निलम माया मगरको नाममा रहेकोे छ । मगर केन्द्रका मुलपुजारी मंगलमान मगरकी छोरी हुन् भने विश्वकर्माको श्रीमती हुन् ।

विश्वकर्माले चक्रघट्टी बजार देखि पश्चिमबाट केही उत्तरमा कोशी किनारमा महामानव पिता लेखिएको साइनबोर्ड राखिएको स्थानमा पक्की मन्दिर समेत निर्माण गरेका छन् । उनको सम्पत्ति सुद्धिकरण गर्नुपर्ने र आफूहरू भक्तको नाममा ठगिएको भन्दै पीडितले आफ्नो समस्या सम्बोधन हुनुपर्ने माग गरेका छन् । विश्वकर्मालाई कारवाहीको माग गर्दै उनका समुहलाई विपक्षी बनाई धरान १५ की मथुरा थापाले ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जाहेरी दिएकीछिन् । ठगि मुद्धामा दिएको जाहेरीमा महामानवभन्ने विश्वकर्मा सहित केन्द्रका अध्यक्ष बताउने मनोज कुमार पोख्रेल, केन्द्रको सचिव भन्ने भुपेन्द्र खतिवडा र केन्द्रकी सदस्य बताउने निलम माया मगर विरुद्ध जाहेरी परेको हो । थापाले आफुबाट २० लाख रुपैया ठगि गरेको जाहेरीमा उल्लेख गरेकीछिन् ।

विश्वकर्मा विरुद्ध जिल्ला प्रशासन कार्यालय सुनसरीमा पनि मल्ल, थापा सहित पटेल सिंह, सरिता कौर, शान्ती लामिछाने र सबिना गदालले पनि आवश्यक अनुसन्धानका लागि निवेदन दिएका छन् । उनीहरुले आफुले दिएको ६० लाख रुपैयामा कान्छी श्रीमती निलमको नाउँमा जग्गा खरिद गरेको आरोप लगाउँदै अनुसन्धानका लागि निवेदन दिएका हुन् । निवेदन अनुसार मल्लबाट १५ लाख, थापाबाट २० लाख, पटेल सिंहबाट ५ लाख, सरिता कौरबाट ५ लाख, शान्ती लामिछानेबाट १० लाख, सविना गदालबाट दुई लाख ठगि गरेको छ ।

भुल सुधार

यस समाचारमा ‘.......कान्छि श्रीमती भएको आरोप लगाएको हुन’्  हुनुु पर्नेमा  असाबधानीबस ‘कान्छि श्रीमती हुन’ भन्ने वाक्यशं प्रयोग भएकोमा सम्पादकीय टिमको गल्ती महसुुस गरि भुुल सुधार गरिएको छ । यस बाक्यशंले आरोपीत निलम माया मगरलाई पर्न गएको चोटप्रति क्षमा चाहान्छौ ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved