तिन वर्ष देखि भोक मेटाउँदै ‘भोकलाग्यो डटकम’

  • माघ ५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / घरघरमै खानेकुरा पु¥याउँने कामलाई व्यवसायीक बनाउँदै रोजगारी शिर्जना गरेको ‘भोक लाग्यो डटकम’ ले बिगत ३ बर्ष देखी कुनै कार्यक्रमका सहभागी, विभिन्न वित्तिय संस्थाका कर्मचारी लगायत धरानेहरुको भोक मेटाउदै आएको छ ।
आधुनिक जीवनशैली रुचाउने व्यस्ततामा रहने धरानेहरुको भोक मेटाउनको लागि ‘भोक लाग्यो डटकम’ गज्जबको साहारा बनेकोछ । अनलाईन र अफलाईन दुबै माध्यमबाट ग्राहकले चाहेको जस्तै विभिन्न रेष्टुरेन्ट तथा होटलका खानेकुरा घरघरमै पु¥याउँदै आएको छ ।
अनलाईनको लागि एन्ड्रोइड र आइओयस मोबाइल एप र वेबसाइटबाट अर्डर लिरहेको छ भने अफलाईन मार्फत ल्यान्ड लाईन, एनटिसि र एनसेल हटलाईन रहेको छ । यही माघ १ गते देखि तेस्रो वर्षमा प्रवेश गरेको छ । ‘भोकलाग्यो’ ले तिन वर्षको दौरानमा अनलाईन र अफलाईन गरि १ लाख भन्दा बढि ग्राहकलाई सेवा दिइसकेको छ भने बार्षिक २० देखि २५ लाख सम्मको ब्यापार गरिरहेको उद्यमी नरेन कुलुङ बताउँछन् ।
फोटोग्राफीमा बिशेष सौख राख्ने कुलुङ स्टार्टअप उद्यमीका रुपमा आफुलाई अघि सार्दै सेवाको शुरुवात गरेका थिए । ब्यापारी नभएर स्टार्टअप उद्यमी बन्ने चाहना रहेको कुलुङ बताउँछन । स्टार्टअप उद्यम भन्नाले आफनै वरपर रहेको समस्यालाई पहिचान गरी उक्त समस्याको समाधान स्वरुप दिइने सेवा रहेको उनको भनाई छ । कुलुङ भन्छन्, ‘व्यापारमा मुनाफा मुख्य प्राथमिकता हुन्छ तर उधमशीलतामा मुनाफा भन्दा पनि आफनो सेवाले समाजमा पार्ने सकारात्मक प्रभाब मुख्य प्राथमिकता हुन्छ ।’
‘भोकलाग्यो डटकम’ ले एकातिर बिक्रेताहरुको दैनिक कारोबारमा सहजता प्रदान गरेको छ भने उपभोक्ताहरुलाई गुणस्तरिय सेवा प्रदान गर्न भुमिका खेलेको छ । उनी भन्छन्, बिक्रेतालाई पनि सहज ढंगले व्यापार चलाउन सहयोग गरेका छौं, सेवाग्राहीको समयको बचत पनि गरिदिएका छौं ।’
बिभिन्न छुटहरुको साटो खानाको गुणस्तरमा ध्यान दियो भने ब्यापार आफै बढ्ने कुलुङको भनाई छ । धरानको सन्दर्भमा छुट भन्दा पनी गुणस्तरनै खोज्ने ग्राहकहरु धेरै भएको कुलुङले बताए । सेवाग्रहीले खानाको गुणस्तर र रियल टाईम डेलिभरीमा बिस्वास गर्ने भएकोले सोही अनुसार सेवालाई अघि बढाइएको उनको भनाई छ ।
स्टार्टअप उद्यमी बन्ने उद्देश्य सहित उनले २०७२ सालदेखि बजारको अध्ययन गरेका थिए । दुई वर्षको अध्ययनबाट फुड डेलिभरीको सेवा संचालन गर्न उपयुक्त हुने देखिए पछि २०७५ माघ १ गते देखि धरानमा भोकलाग्यो डटकम शुरु गरेका हुन् । शुरुवाती दिनहरुमा सेवाग्राहीहरुको चाहना अनुसारको सेवा दिन निकै चुनौती रहे पनि निरन्तरको प्रयासले आज ३ वर्ष सफलता पुर्वक अघि बढेको उनी बताउँछन् ।
भोकलाग्यो डटकमले सेवाग्राहीको अर्डर अनुसार सामान्य खाजा पसल, रेस्टुरेन्ट देखि स्टार होटलका खानाहरु अर्डर गर्ने गरेका छन् । सेवाग्राहीले खाना घर वा अफिसका लागि अर्डर गर्ने गरेका छन् । पछिल्लो समय बिदेशबाट आउने धरानमा रहेका आफन्तका लागि गिफ्ट डेलिभरी सेवा पनि दिइरहेको छ ।
भोकलाग्यो डटकममा अहिले १० जना फुलटाइमर र ६ जना पार्टटाइम कर्मचारीहरुले प्रत्यक्ष रोजगार पाइरहेका छन् । डटकमले खाना सँग सम्बन्धीत अन्य सेवाहरु थपेर अन्य क्षेत्रमा बिस्तार गर्ने भावि योजना रहेको कुलुङको भनाई छ । उनले भने, ‘हाम्रो जस्तो व्यवसायको लागि स्थानीय र संघीय सरकारमा स्पस्ट निती छैन, यसो हुँदा बैंकबाट कारोबार गर्न समेत गाह्रो भएको छ ।’ स्थानीय तहमा अन्य व्यवसायीहरुको तुलनामा तीन गुणा बढी कर तिर्नु परेको उनको गुनासो छ । उनी भन्छन्, ‘तिन गुणा बढी कर तिरेवापत हामीले पाउने के ?’
सरकारले युवा स्वरोजगारको कुरा गरेपनी आफुहरुले त्यो वापत कुनै सुविधा नपाएको दुखेसो गर्दै व्यवसायलाई अहिले सम्म निरन्तर दिन आफ्नै बलबुताले भ्याय सम्म मेहेनत गरेको उनी सुनाउँछन् ।

सामाजिक सुरक्षा कार् ...

धनगढी । सार्वजनिक यातायात क्षेत्रको संरचना परिवर्तनले ल ...

विषालु च्याउ खाँदा इ ...

इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा ...

धरानमा समता दिवस मना ...

धरान/  राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रे ...

धरान भित्रको दुर्गम ...

धरान/ साविकको पाँचकन्या गाविस तथा धरान उपमहानगपालि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved