पत्रिकाको कार्यालयमा पत्रकारलाई धम्की र दुव्र्यवहार "धम्की दिनेलाई कारवाही गर्नुपर्ने महासङ्घ र चौतारीको माग"

  • माघ ७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ झन्डै दुई साताअघि प्रकाशित समाचारको विषयमा बिहीबार एउटा समूहले कोशीपत्र दैनिकको धरानस्थित मुख्य कार्यालयमा प्रवेश गरी पत्रकार र कर्मचारीमाथि धाकधम्की दिँदै दुव्र्यवहार गरेको छ ।

कोशीपत्र दैनिकमा गत पुस २३ गते ‘महामानव बनेर करोडौँको ठगी’ शीर्षकको समाचार प्रकाशित भएको थियो । सो विषयमा त्यस दिन कोशीपत्रका साथै अन्य सञ्चार माध्यमहरूले पनि समाचार प्रकाशन–प्रसारण गरेका थिए । सोही समाचारमा उल्लेखित केही विषय गलत भएको दावी गर्दै २०–३० जनाको एउटा समूह बिहीबार कार्यालयमा प्रवेश गरेको थियो । उनीहरूले कार्यालयमा उपस्थित पत्रकार र कर्मचारीहरूलाई अपशब्द प्रयोग गर्दै कुटपिटको प्रयास पनि गरेका थिए ।

आफूलाई ‘महामानव’ का रूपमा प्रस्तुत गर्ने टीकाराम विश्वकर्माबाट आफूहरु ठगिएको भन्दै केही पीडितले पत्रकार सम्मलेन गरेपछि सञ्चार माध्यमहरूले त्यसैका आधारमा समाचार प्रकाशन गरेका थिए । बिहीबार तिनै विश्वकर्माका अनुयायीहरू पत्रिकाको कार्यालयमा आइपुगेका थिए । होहल्ला गर्दै पत्रिकाको कार्यालयमा आइपुगेको समूहका कारण पत्रिकाको कार्यालयमा केही बेर तनाव सिर्जना भएको थियो । केही समयमा प्रहरी आएपछि मात्र उनीहरू बिस्तारै त्यहाँबाट गएका थिए ।

नेपाल पत्रकार महासङ्घको सुनसरी समिति र प्रेस चौतारीको सुनसरी समितिले बिहीबार नै छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी घटनाको भत्र्सना गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याएर पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिन माग गरेका छन् । महासङ्घका सुनसरी सचिव ध्रुव ढकालले जारी गरेको विज्ञप्तिमा कुनै समाचारको विषयमा चित्त नबुझे वैधानिक विधि र स्थापित पद्धति हुँदाहुँदै कार्यालयमै पुगेर धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको उल्लेख छ । चौतारीकी सुनसरी अध्यक्ष सुभद्रा प्याकुरेलले पनि विज्ञप्तिमार्फत दोषीमाथि तत्काल कारवाहीको माग गरेकी छन् । ‘समाचार लेखेकै आधारमा पत्रकारलाई ज्यान मार्नेसम्मको धम्की दिनु प्रेस स्वतन्त्रता र लोकतन्त्रविरुद्ध मात्र होइन, यो नागरिकको मौलिक हकको हनन् र अपराध पनि हो ।’ चौतारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved