नाटकघर निर्माण अन्यौल: ‘स्थानीय सरकारले अपनत्व लिएन’

  • माघ ५, २०७८
  • दिनेश गजमेर
alt

धरान/ प्रदेश एकका कलाकारहरुले गौरबको आयोजनाका रुपमा अघि बढाएको नाटकघर बनाउने योजना बजेट सुनिश्चित नहुँदा अन्यौलमा परेको छ ।
स्थानीय सरकार, प्रदेश सरकारले अपनत्व नलिदा दुई वर्ष अघि देखि शुरु भएको धरानमा निर्माणाधिन नाटकघर अहिले अन्यौलमा परेको छ । धरान स्थित सभागृह परिषरमा दुई कट्ठा क्षेत्रफलमा नाटकघर निर्माणको काम अघि बढेको थियो । अहिले कुनै पनि सरकारी निकायबाट बजेट सुनिश्चित नभए पछि निर्माण कार्य ठप्प बनेको छ ।

स्थानीय तथा प्रदेश सरकारले वेवास्ता गर्दा प्रदेशकै कलाकारहरुले गौरबको रुपमा लिएको योजना अलपत्र बनेको नेपाल चललित्रकर्मी महासंघका प्रदेश नम्बर एक संयोजक समेत रहेका नाटकघर निर्माण उपभोक्ता समितीका सचिव अरुण प्रधान बताउँछन् । उनी भन्छन्, ‘नगरपालिकाले अपनत्व महशुष गरेको छैन्, यो त रंगकर्मीको लागि व्यक्तिगत घर बनाएको जस्तो जनप्रतिनिधीको भावना रहेको छ, कसैको पनि चासो छैन् ।’

धरानका रंगकर्मीको पहलमा आर्थिक वर्ष २०७६÷७७ मा संघीय सांसद जयकुमार राईको निर्वाचन क्षेत्र विकाश कोषबाट ४० लाख रुपैया विनियोजन गरिए पछि निर्माण कार्य अघि बढेको थियो । नाटकघरको भौतिक संरचना निर्माण गर्न ५ करोड रुपैया अनुमानित लागत रहेको थियो । पहिलो चरणमा निर्वाचन क्षेत्र विकाश कोषबाट ४० लाख रुपैया विनियोजन गरिए पछि दोस्रो चरणमा धरान उपमहानगरपालिकाले १८ लाख र पुनः कोषबाट १५ लाख रुपैया मात्रै विनियोजन भएको थियो । आर्थिक वर्ष २०७७÷७८ मा धरान उपमहानगरपालिकाले नाटकघर निर्माणमा बजेट नै विनियोजन नगरिदिएको प्रधानको गुनासो छ । उनले भने, ‘बजेट विनियोजन नगरिदिए पछि मेयर, उपमेयर, राजनितिक दल सबैलाई ज्ञापनपत्र बुझाए पछि दोस्रो चरणमा १८ लाख रुपैया विनियोजन गरिदिएको थियो ।’ बजेट विनियोजन नगरिएको प्रति जनप्रतिनिधीलाई सोध्दा बिर्सेछौं भन्ने जवाफ दिएको उनी बताउँछन् ।

निर्माण शुरु गर्दा सबै तिरबाट बजेट आउने प्रतिबद्धता जनाए पनि कोरोनाको प्रभाव देखाउँदै स्थानीय निकायले बजेट कटौती गरिदिएको उनको भनाई छ । धरानबाटै सभामुख भएका प्रदिप कुमार भण्डारीले पनि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए पनि कोरोना कारण छुटेको बताएको प्रधानले बताए । उनी भन्छन्, ‘यो सम्पत्ति नगरको हो, स्थानीय तहले नै बेवास्ता गरिरहेको छ, यो भवन निर्माण भए पछि त नगरलाई नै हस्तान्तरण गर्छौ नि, सबैले अपनत्व महशुष गरेर सहयोग गर्नुपर्छ ।’

केही दिन अघि संघीय सांसद जयकुमार राईले अनुगमन गरेका थिए । बजेट सुनिश्चित नभए पछि ठप्प रहेको नाटकघर निर्माणका लागि सम्भावित स्रोतका लागि पहल गरिदिने प्रतिबद्धता जनाएका छन् । सांसद राईको प्रतिबद्धताले अघि बढ्नेमा ढुक्क रहेको प्रधानले बताए ।

कोभिडको कारण विदेशबाट आउने सहयोग पनि रोकिएकाले थप समस्या भएको उनको भनाई छ । आशा र उत्साहका साथ काम शुरु गरिए पनि स्थानीय तहले सहयोग गर्न नसक्दा अन्यौलमा परेको उनी बताउँछन् । ३ वर्षमा निर्माण सम्पन्न गर्ने योजना अनुसार अघि बढेको नाटकघर निर्माण यही पाराले सात वर्ष लाग्न सक्ने उनले बताए । उनका अनुसार भवनको फाउण्डेसनको काम ५० प्रतिशत मात्रै सकिएको छ ।

दुई कठ्ठामा परम्परागत शैलीको दुईतले नाटकघर बन्ने डिजाईन रहेको थियो । भित्री भागलाई भने आधुनिक रूप दिइने निर्माण समितिले जनाएको छ । अग्रज कलाकार प्रेम सुब्बाको संयोजकत्वमा नाटकघर निर्माण उपभोक्ता समिति गठन गरिएको थियो । निर्माण समितिका अनुसार नाटकघरमा प्रकाश र ध्वनिको अत्याधुनिक प्रविधि जडान गरिनेछ । भवन बनाउन पाँच करोड रुपैयाँ लागत अनुमान गरिएको छ भने भित्रि डिजाईनका लागि करिब ३ करोड सम्मको अनुमान गरिएको छ । धरान ८ स्थित धरान सभागृहमा करिब २ कट्ठा क्षेत्रफलमा नाटकघर बन्ने भए पछि धरानको रंगकर्मको इतिहास फर्कने अपेक्षा गरिएको थियो ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved