सुनाखरी एकेडेमीका विद्यार्थीलाई प्रतिवेदन लेखनसम्बन्धी अभिमुखीकरण

  • पुस २३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/  धरान-१२, चतरा लाइनमा रहेको सुनाखरी एकेडेमीले शुक्रबार आफ्ना विद्यार्थीहरूलाई प्रतिवेदन लेखनसम्बन्धी प्रशिक्षण दिएको छ ।
सो प्रशिक्षण कार्यक्रममा सुनाखरीमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरू सहभागी थिए । उनीहरूलाई उपप्राध्यापक एवम् पत्रकार राजेश विद्रोहीले प्रशिक्षण दिएका हुन् । प्रशिक्षणमा सहभागी विद्यार्थीहरूलाई शनिबार कुनै कृषि फर्ममा अवलोकन भ्रमणमा लगिने र त्यसै भ्रमणसम्बन्धी प्रतिवेदन लेख्न लगाइने विद्यालयका प्राचार्य मिलन राईले बताए । प्रतिवेदन लेखनसम्बन्धी प्रयोगात्मक ज्ञान दिँदै विद्यार्थीहरूलाई पाठ्यक्रम बाहिरका विषयमा पनि जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्राचार्य राईको भनाइ छ ।

विद्यार्थीहरू अनुशासित र जिज्ञासु रहेको प्रशिक्षक विद्रोहीले बताए । यस्ता कार्यक्रमले विद्यार्थीलाई रचनात्मक बनाउने उनको धारणा छ । “विद्यालयको काम अनुकरणीय र प्रशंसनीय छ ।”  विद्रोहीले भने ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि कार्यक्रम फलदायी भएको धारणा व्यक्त गरे । तीर्थ कार्कीले सञ्चालन गरेको कार्यक्रमको समापनमा बोल्दै सुनाखरीका प्लस टूका संयोजक टपकुमार राईले यस्ता रचनात्मक कार्यक्रम आगामी दिनमा पनि आयोजना गरिने बताए । कार्यक्रममा विद्यालयका निर्देशक प्रदीप राई पनि उपस्थित थिए ।

आफ्नो अनुभव प्रस्तुत गर्दै विद्यार्थीहरू रोदन राई, सुष्मा जिमी, सुजन लिम्बू र सुदा सम्वाहाम्फेले प्रशिक्षणबाट प्रतिवेदन लेखनबारे धेरै जानकारी प्राप्त भएको बताए ।

 

269238585_1347981018987655_1854148922919229030_n

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved