मुख्य राजमार्गमा सिसी क्यामेरा जडान गरिने

  • माघ १०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रदेशको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन प्रदेश १ सरकारले कोशीको पुलदेखि मेची पुलसम्म र विराटनगर जोगवनीदेखि धरानसम्म सि सी क्यामेरा जडान गर्ने भएको छ ।

प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले शान्ति सुरक्षामा प्रविधिबाट निगरानी गरिने बताए । मन्त्री कार्कीका अनुसार सि सी क्यामेरा जडान गर्नका लागि बजेट विनियोजन समेत गरिएको छ । शान्ति सुरक्षाको दृष्टिकोणमा सरकार नागरिकसँगै छ भन्ने बनाउनका लागि सरकारले वैज्ञानिक ढङ्गले काम गरिरहेको उनको दाबी छ । उनले भने, ‘हामीले वैज्ञानिक ढङ्गले काम गरिरहेका छौँ, प्रदेशको राजधानीलाई पनि हामीले प्रविधिमैत्री निगरानीमा राख्ने गरी हामीले काम गरिरहेका छौँ ।’

प्रदेश सरकारले १४ वटै जिल्लामा गरिब, असक्त, महिला आदिलाई लक्षित गरेर निःशुल्क कानुनी सहायता केन्द्र स्थापना गरिने उनको भनाई छ । सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालय हो भनेर देखिने गरी काम गर्ने उनले बताए । कार्की अनुसार केही महिना भित्रै प्रदेशका अदालत तथा बारहरूमा प्रदेश सरकारका ऐन कानुन भेट्न सकिने छ ।

सुनसरीमा सशस्त्र प्र ...

सुनसरी/सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज ...

युएन नवोदयकलेजका हो ...

सुनसरी/  धरान-१६ स्थित नेपालकै एक प्रतिष्ठित ...

धरानमा सातौँ इन्टर भ ...

धरान/  भारतीय राजदूतावास पेन्सन वितरण कार्याल ...

कोशीमा नेतृत्व फेरबद ...

धरान/केन्द्रमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved