स्थानीय

    Showing 4,331-4,340 of 5,056 items.
  • वनक्षेत्रमा फोहोर नफाल्न धरान नगरपालिकालाई ध्यानाकर्षण: तत्काल व्यवस्थापन नगरिए आन्दोलन गर्ने चेतावनी

    धरान । विगतदेखि नै धरानको फोहोर व्यवस्थापन धरान १५ मा रहेको बाझगरा सामुदायिक वन क्षेत्रमा हुने गरेको छ । धरानको चारकोशे झाडीभित्र पर्ने सो क्षेत्रमा फोहोरको राम्रोसँग व्यवस्थापन नहुँदा विभिन्न समस्या आएको भन्दै वनमा फोहोर फाल्दा समसय भएको भन्दै अब भने फाल्न नमिल्ने अवस्था आएको बाझगरा सामुदायिक वनले जनाएको छ । बाझगरा सामुदायिक वनका उपाध्यक्ष कुमार भारतीले वनमा फालिएको फोहोराले जनस्वास्थ्यमा समेत असर बनाएको बताए । उनले भने–‘वनमा बनाइएको डम्पिङ साइटको उचित व्यवस्थापन नहुँदा दुर्गन्ध फैलने, फोहोर डढाउदा निस्कने दुषित धुवाले राजमार्गसम्म असर गर्ने, सोही कारण वनमा डढेलो फैलने र रुखहरु म

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • 932 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा लञ्च एण्ड बार सञ्चालन

    धरान । धरानमा पहिलोपटक मापदण्ड पुरागरी २ करोड लगानीमा लन्ज एण्ड बार संञ्चालनमा आउने भएको छ । समयको माग र पर्यटकको आवश्यकता अनुसार २ करोड लगानीमा धरान १५ मा बगरकोटमा रहेको एमएच बार वि क्युले एम .एच लन्ज एण्ड बार संञ्चालनमा ल्याउन लागेको हो । संञ्चालक जीवन उसुक मेन्याङ्बोले स्थानीय सरकारको सम्पूर्ण मापदण्ड पुरा गरेर रात्रीकालीन ब्यवसायलाई प्रबद्र्धन गर्दै धरानमा पर्यटक भित्र्याउने उदेश्यले एम.एच. लन्ज एण्ड बार दशैलाई लक्षित गरी सञ्चालनमा ल्याउन लागेको बताएका छन् । अहिलेको आर्थिक संकटको स्थितिमा समेत सम्भावना बोकेर सञ्चालन गर्न लागेको उनले बताए । उनले भने–‘ठूलो लगानी लगाएर धरानमा व

    • प्रकाशित मितिः भदौ ६, २०७९
    • 548 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • लोक, आधुनिक र पप गायनमा अगाडि बढ्दै नवगायक ‘रस्मी’

    धरान । विभिन्न भाषाको गितमा आवाज दिएर परिचित बनेकी गायिका रस्मी राई नेपाली सांगितिक क्षेत्रमा एक चम्किलो ताराको रुपमा उदाएकी छिन् । केही दिन अघि मात्र काठमाडौंमा सम्पन्न भएको ‘नेशनल ईन्टरटेन्मेन्ट अवार्ड २०२२’ मा ‘पपुलर आधुनिक गायिका’ विधामा उनले अवार्ड हात पारिन् । उक्त अवार्डमा उनको ‘सायद मैले सोचे जस्तै’ बोलको गित मनोनयनमा परेको थियो । ३ दर्जनभन्दा बढी गित गाईसकेकी गायिका राई लोक, पप र आधुनिक गित उत्तिकै गाउँछिन । उनले नेपाली चलचित्र (महानायक)मा समेत स्वर दिएकी छिन् । खोटाङको जन्तेढुंगा गाउँपालिका ४ डम्बर्खुशिवालय चुम्लुङमा जन्मिएकी गायिका राईले चाम्लिङ,

    • प्रकाशित मितिः भदौ ६, २०७९
    • 817 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पत्रकारिता तालिम सम्पन्न

    धरान । प्रेस सेन्टर नेपाल सुनसरीको आयोजनामा बिहिबारदेखि इटहरीमा सुरु भएको तीन दिने आधारभुत पत्रकारिता तालिम तथा भाषणकला तालिम शनिबार सम्पन्न भएको छ । स्थानीय पिसजोन आवासिय मा.वि.को हलमा सम्पन्न तालिममा इटहरी क्षेत्रका बिभिन्न वडा र कलेजबाट ८२ जना सहभागि भएको सेन्टर सुनसरीका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए । सहभागीहरुलाई दुई समुहमा राखेर प्रशिक्षण दिइएको थियो । पत्रकारिता सम्बन्धि आधारभुत ज्ञान र भाषणकलाको माध्यमबाट सहभागीहरुको ब्यक्तित्व र नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । तिन दिनसम्म चलेको तालिममा महेन्द्र बहुमुखी क्याम्पसका उप&nd

    • प्रकाशित मितिः भदौ ६, २०७९
    • 976 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सर्दुजलाधार पीडित स्थानीयहरु निरन्तर पहलमा सक्रिय: मालपोत कार्यालय र धरान उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाए

    धरान । सर्वसाधारणको जग्गा सर्दुजलाधारभित्र परेको भन्दै रोक्का भएपछि धरान १३ का स्थानीय हरि कार्कीको संयोजकत्वमा पहल समिति निर्माण भएको छ । समितिले पीडितसँग छलफल गर्ने, मालपोत कार्यालयलाई ज्ञापनपत्र बुझाउनेदेखि लिएर स्थानीय सरकारलाई समेत गुहारेको छन् । सर्दू जलाधारका नाममा धरान १३ र ४ का शहरी क्षेत्रमा पर्ने जग्गा मालपोत कार्यालयले रोक्का गरिदिएपछि स्थानीय पीडित छन् । पीडितद्वारा गठित ‘साविक बाँझागरा ९ क फुकुवा तथा सिमाङ्कन पहल समिति’ ले आइतबार धरानस्थित मालपोत कार्यालयका ज्ञापनपत्र बुझाएका छन् । सर्दू जलाधारको नाममा जनताले अनावश्यक दुःख पाएको भन्दै समस्या समाधानका लाग उनीहरुले मा

    • प्रकाशित मितिः भदौ ६, २०७९
    • 658 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • टोलबासीको सक्रियता: आफैले ल्याए पानी, आफैले बनाए ट्यांकी

    धरान । कसैको मुख नताकी आफ्नो काम आफै गर्दा कुनै पनि काम अपूरो हुदैन भन्ने उदाहरण धरान १४ झोलुङ्गेपुल छेउको याख्खा टोलबासीले उदाहरण पेश गरेका छन् । साना साना काममा पनि सरकारी योजना पर्खिने, सरकारको मुख ताक्दा स्थानीयले सोचेको योजना पूरा हुदैनन् तर स्थानीय आफै लागि परे जस्तोसुकै समस्या समाधान हुन्छ भन्ने उदाहरण आफै खानपानीको समस्या समाधान गरेर ट्यांकी समेत निर्माण गरेका टोलबासीले देखाएको काम अहिले धरानकै लागि उदाहरणीय काम भएको छ । धरानमा खानेपानी समस्या बर्षेोदेखिको हो । खानेपानी समस्या समाधान गर्न उपमहानगरपालिकाको नेतृत्वमा आउनेले धेरै प्रयास गरे तर समाधान गर्न सकेनन् । अहिलेका निर्वाचित मेयर

    • प्रकाशित मितिः भदौ ६, २०७९
    • 522 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • समयमै बनेन सडक: जीर्ण सडककै कारण दुर्घटनाको जोखिम बढ्दो

    धरान । तरहरा–तीनकुने १० किमी ६ लेनको बाटो निर्माण रोकिएपछि सबैलाई समस्या भएको छ । महँगी, अचाक्ली मूल्य वृद्धि, निर्माण सामाग्रीको अभाव भएपछि निर्माण व्यवसायी महासघले मुलुकैभरि आवहान गरेको ‘निर्माण होलिडे’का देखाउँदै ठेकेदार कम्पनीले निर्माण काम नै ठप्प बनाएपछि धरान तरहरा सडक खण्डमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । २०८० आषाढ मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने तरहरा–तीनकुने १० किमी ६ लेनको सडकको काम रोकिएपछि सडक निर्माणका लागि जथाभावि राखिएका निर्माण सामाग्री तथा सडकमा परेका खाल्डा खुल्डीका कारण दुर्घटनाको जोखिम बढ्दै गएको हो । तरहरा तीनकुने सम्मको सडक निर्माण आगामी आषाढ म

    • प्रकाशित मितिः भदौ ५, २०७९
    • 478 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कर्मचारी एशोसिएशन धरानमा किशोर

    धरान । धरान उपमहागर पालिका नेपाल नगरपालिका कर्मचारी एशोसिएशन एकाई समितिको अध्यक्षमा किशोर अधिकारी सर्वसहमत निर्वाचित भएका छन् । एशोसिएसनको सुनसरी उद्योग वाणिज्य संघको हलमा भएको १० औं अधिवेशनबाट अधिकारीको अध्यक्षतामा १७ सदस्यीय समिति सर्वसहमत निर्वाचित भएको हो । अधिवेशनवाट उपाध्यक्षमा रमिला कुलुङ, सचिवमा विर्खराज राई, कोषाध्यक्षमा इश्वर लामिछाने र सहसचिवमा हिरालाल विश्वकर्मा निर्वाचित भएका छन् । इकाई समितीको सदस्यहरुमा लालबहादुर लिम्बु, बिक्रम लिम्बु, युनिशा खत्री, देवी कार्की, राजु श्रेष्ठ, सुकराम लिम्बु, रामेश मेहता, राजेश सुब्बा , दिलकुमार राई दिपकला राई, तेजप्रसाद पोखरेल, र सम्झना विक, र

    • प्रकाशित मितिः भदौ ४, २०७९
    • 964 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साउन महिना समाप्त भएसँगै धरानका मठमन्दिरमा भाकल गर्नेहरुको भीड

    धरान । साउन महिना सकिएको छ । साउन महिना सकिएसँगै बोलबम मेला समेत सम्पन्न भइसकेको छ । बोलबम अवधिभर धरानका कुनै पनि मठमन्दिरमा बलि दिन नपाउने प्रचलन रहेको छ । धरानको पिण्डेश्वरमा हुने मेलाका दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर लगायतमा मठमन्दिरमा बलीलाई रोक लगाइएको थियो । तर आज भदौ १ गतेबाट भने सबै मन्दिरमा बलि दिन थालिएको छ । भाकल गरेकाहरुले आजबाट बलि दिएका छन् । साउन महिनाभरि धरानका मठ मन्दिर चलायमान भए । तर साउन महिनाभरि मन्दिरमा काटमार गर्न नपाउने नियम भएकाले मन्दिर आएकाले दर्शन गर्ने जाने मात्र गर्दथे । तर भदौ १ गते बुधबारबाट बली पूजा सुचारु भएसँगै धरान १४ विजयपुर मन्दिर, दन्तकाली मन्दिर लगा

    • प्रकाशित मितिः भदौ २, २०७९
    • 646 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान निरन्तर ओरालो: प्रतिष्ठान १ अर्ब ४१ करोड ऋणात्मक अवस्थामा

    धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समय नाजुक अवस्थामा पुगेको नवनियुक्त रजिष्ट्रर डा. सूर्यप्रसाद संग्रौलाले सार्वजनिक गरेको स्वेतपत्रमा उल्लेख छ । रजिष्ट्रार संग्रौलाले मंगलबार सार्वजनिक गरेको स्वेतपत्रमा प्रतिष्ठानमा १ अर्ब ४१ करोड ऋण रहेको जनाएका छन् । उनले सार्वजनिक गरेको स्वेतपत्रमा भनेका छन्–‘ कुल १ अर्ब ४१ करोड रकम बराबर प्रतिष्ठान ऋणात्मक अवस्थामा रहेको रहेको छ, प्रतिष्ठानले आर्थिक अवस्था नाजुक भएको कारण अस्पताल सञ्चालन गर्न कठिन छ ।’ उनले सार्वजनिक गरेको श्वेतपत्रमा परीक्षाको कार्यक्रम र अत्यावश्यक सेवाबाहेक शिक्षक कर्मचारीले पाइराखेक

    • प्रकाशित मितिः भदौ १, २०७९
    • 1,240 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved