समयमै बनेन सडक: जीर्ण सडककै कारण दुर्घटनाको जोखिम बढ्दो

  • भदौ ५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । तरहरा–तीनकुने १० किमी ६ लेनको बाटो निर्माण रोकिएपछि सबैलाई समस्या भएको छ ।

महँगी, अचाक्ली मूल्य वृद्धि, निर्माण सामाग्रीको अभाव भएपछि निर्माण व्यवसायी महासघले मुलुकैभरि आवहान गरेको ‘निर्माण होलिडे’का देखाउँदै ठेकेदार कम्पनीले निर्माण काम नै ठप्प बनाएपछि धरान तरहरा सडक खण्डमा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

२०८० आषाढ मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने तरहरा–तीनकुने १० किमी ६ लेनको सडकको काम रोकिएपछि सडक निर्माणका लागि जथाभावि राखिएका निर्माण सामाग्री तथा सडकमा परेका खाल्डा खुल्डीका कारण दुर्घटनाको जोखिम बढ्दै गएको हो ।

तरहरा तीनकुने सम्मको सडक निर्माण आगामी आषाढ मसान्तसम्ममा सम्पन्न गर्ने गरी दुई प्याकेजमा ठेक्का सम्झौता भएको हो । तरहरादेखि सेउती पुलसम्म प्यासिफिक विल्डर्स जेभी र सेउतीदेखि तीनकुनेसम्म रौता कन्ट्रक्सनले निर्माणको ठेक्का पाएको छ ।

सडक समयमै न नबन्दा समस्या भएको सो सडकमा आवातजावत गर्ने सर्वसाधारण बताउँछन् । सडकका भएका जथाभवि खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढेको मोटर साइकल चालकहरु बताउँछन । ‘सडक जीर्ण छ, धुलो त्यस्तै उड्छ, पानी परेको बेलामा हिलोले समस्या बनाउछ, अत्यन्तै कठिन छ’ मोटरसाइकल चालक श्याम सुनुवारले भने ।

सुख्खा समयमा धुलोले सडकै छोप्ने र पानी परेको बेला हिलाम्मे हुँदा झन समस्या भएको चालकहरु बताउछन् । यो सडक खण्डबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञानमा विरामी लिएर सैयौ एम्बुलेन्स कुद्ने गरेको छ । विरामी लिएर हिड्दा अत्यन्तै समस्या भएको एम्बुलेन्स चालक बताउछन् । विशेष गरी शल्यक्रिया गरेर ल्याएका विरामीहरुलाई सडकको खाल्डाखुल्डीका कारण विरामीले धेरै सास्ती भोग्नुपरेका एम्बुलेन्स चालक लिलाराज चेम्जोङ..बताउँछन् । ‘सडक नबन्दा हामी एम्बुलेन्स चालकलाई अत्यन्तै कठिन भएको छ, धुलो र हिलोले विरामीलाई समयमा पु¥याउन गाह«ो छ ।’ शल्यक्रिया गरेका विरामीलाई त अझ गाह«ो हुने बताए ।

जोगबनी किमाथांका जोड्ने कोशी इकोनोमिक करिडोरको तरहरासम्मको सडकमा कुनै समस्या नभए पनि तरहरा कटेर धरान तर्फ लाग्नेवित्तिकै समस्या भएको यातायात व्यवसायी सरोज श्रेष्ठ बताउछन् । सडक समयमै निर्माण नहुदा दुर्घटनाको जोखिम भएको त छँदैछ चालकले सडकको अवस्था जीर्ण भएपनि दु्रत गतिमा सवारी साधन चलाउदा जोखिम बढेको बताए । ‘समयमै सडक नबन्दा सवारी चालक, यात्रु सबैलाई समस्या छ, हामीले यो सडकले पु¥याएको समस्याको बारेमा सम्बन्धित ठाउँमा कुरा राखेका छौं, तर समस्या समाधन भएको छैन ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका अनुसार सडक निर्माण नभएकै कारण अघिल्लो आर्थिक बर्ष ०७७÷०७८ मा ७ जनाको ज्यान गएको र चालु आर्थिक बर्षको अहिलेसम्ममा ६ जनाको सडक दुर्घटनाकै मृत्यु भएको र कैयौ घाइते भएको सुनसरी ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेतले जीर्ण सडकमा सवारी चालकले तिब्र गति सवारी साधन चलाउँदा दुर्घटना बढेको उनले बताए । उनी भन्छन्–‘जीर्ण सडक, चालकको तीब्र गति लगायतका कारण यो सडक खण्डमा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।’

निर्माणका ठेक्का लिइएको रानी, किमाथांका ६ लेन सडकको धरान तरहरा सडक खण्ड अन्तर्गतको सेउती तीनकुने क्षेत्रका कन्ट्याक्टर मेनेजर रञ्चजन चौधरीले बर्षाद्का कारणले रोकिएको निर्माण कार्यलाई बर्षाद् रोकिएसँगै सञ्चालनल गर्ने बताए । उनले कालोपत्रेसहितको काम सम्पन्न गर्ने तयारी रहेकोले बर्षाद्को समयमा कालोपत्रे बगाउने, सडक विगार्ने भएकोले काम रोकिएको बताए । उनले भने–‘अब हामी चाडै निर्माणको काम शुरु गर्छौ ।’

तरहरादेखि तीनकुने सम्मको दुई प्योजमा ठेक्का स्वीकृत भएको सडकको कुल लागत ७५ करोड रहेको छ । सडकका अलावा सेउती पुलको ठेक्का हिराचन विल्डर्सले पाएको छ । २०७८ असारमा ठेक्का सम्झौता भएको उक्त पुलको कुल लागत ४ करोड ५० लाख रहेको छ । ०७९ माघ मसान्त सम्ममा सेउती पुलको निर्माणको काम सम्पन्न गर्नुपर्ने हुन्छ । सडक निर्माणको काम युद्धस्तरमै हुँदै आएका पनि केही समय रोकिएको थियो । निर्माण व्यवसायीहरुले डिजल, पेट्रोल विटुमिनमा अचाक्ली मूल्य बृद्धि भएपछि कामको गति सुस्त बनाएका थिए । यो सडक निर्माण नहुदा सबैले सास्ती भोग्नुपरेको छ । दुर्घटनाको जोखिमसँगै अत्याधिक उडेको धुलोका कारण स्वाथ्यमा समेत असर पु¥याएको छ ।

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

गुप्त वराहस्थलको जीर ...

बराहक्षेत्र/ 'भक्तै समर्पितं द्रव्यं, श्रीमद्भागवत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved