टोलबासीको सक्रियता: आफैले ल्याए पानी, आफैले बनाए ट्यांकी

  • भदौ ६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कसैको मुख नताकी आफ्नो काम आफै गर्दा कुनै पनि काम अपूरो हुदैन भन्ने उदाहरण धरान १४ झोलुङ्गेपुल छेउको याख्खा टोलबासीले उदाहरण पेश गरेका छन् ।

साना साना काममा पनि सरकारी योजना पर्खिने, सरकारको मुख ताक्दा स्थानीयले सोचेको योजना पूरा हुदैनन् तर स्थानीय आफै लागि परे जस्तोसुकै समस्या समाधान हुन्छ भन्ने उदाहरण आफै खानपानीको समस्या समाधान गरेर ट्यांकी समेत निर्माण गरेका टोलबासीले देखाएको काम अहिले धरानकै लागि उदाहरणीय काम भएको छ ।

धरानमा खानेपानी समस्या बर्षेोदेखिको हो । खानेपानी समस्या समाधान गर्न उपमहानगरपालिकाको नेतृत्वमा आउनेले धेरै प्रयास गरे तर समाधान गर्न सकेनन् । अहिलेका निर्वाचित मेयर हर्क साम्पाङ पनि जनश्रमदान गरेर धरानको खानेपानी समस्या समाधानमा लागि पर्नु भएको छ तर धरान १४ झोलुङे पुलका स्थानीयहरुलाई कसैको साथ चाहिएन, स्फूर्तरुपमा खटेर नजिकै रहेको भालु खोलाबाट पानी ल्याएर ७० हजार क्षमताको ट्यांकीमा जम्मा गरर दीर्घालीन समस्या समाधान गरेका छन् । ट्यांकी निर्माणका लागि धरान १४ वडा समितिले जग्गा प्रदान गरेको हो ।

धरान उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले स्थानीयबासी आफै जुटे कसैलाई माग्नुपर्ने, कसैका गुहार नचाहिने उदाहरण याख्खा टोलीबासीले आफै खानेपानी समस्या समाधान गरेर उदाहरण पेश गरेको बताए । उनले भने–‘धरान १४ याख्खा टोलका सर्वसाधारणले आफ्नै लगानीमा खानेपानीको जोहोका लागि ट्यांकी निर्माण गरेका छन्, यो सह्रानीय काम हो ।’

विगतमा खोलाबाट सिधै पानी ल्याएर त्यहाँका बासिन्दाले खानेपानी प्रयोग गर्ने भएपनि ट्यांकी बनाएर जम्मा गरेर वितरण गर्दा भने हिउदको समयमा पनि समस्या नहुने स्थानीयबासिन्दाको भनाइ छ ।

स्थानीय रामकुमार राई र जगत राईले टोलबासीले आफै रकम जुटाएर खानेपानी समस्या समाधानमा ट्यांकी निर्माण गरेपछि हिउदको समया पनि समस्या नहुने बताएका छन्

उनीहरुले ट्यांकीमात्र बनाएनन् खानेपानीको सुद्धता, भैपरि आउने विपत्तका समयमा दमकल लगायतलाई आवश्यक पर्ने पानी जोहो गर्न पनि सहज हुने खालको ट्यांकी निर्माण गरिएको डिजाइरनर मिनकुमार राई बताउछन । उनले ट्यांकीमा खसेको धमिलो पानी सिधै प्रयोग गर्दा स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने भएकोले ट्यांकी निर्माण गर्दा सुद्धतालाई समेत ध्यान दिएको बताए । उनले भने– ट्यांकी आधुनिक तरिकाले बनाइएको छ, ट्यांकीमा पानी हालेर धमिलो पानी प्रयाग गर्नुमात्र उपलबधी नभई प्रयोग गरिएका प्रत्येक घरका धारामा पोइन्ट जोडिएको, समस्या हँुदा सबै एउटा घरमा पानी नआउने समस्या भएपनि अर्को घरमा आउने, ओभरप्लु भयो भएन हेर्नका लागि छेउमै गएर हेर्नुनपर्ने, ट्यांकीमा राखिएकोे झण्डा माथि आउने, झण्डा तल हुँदा पानी नभएको संकेत गर्ने, पानी परेको बेला अथवा धमिलो पानी आएमा ट्यांकीमा नहाली सिधै वाइवास गर्न सकिने लगायतका सुविधा यस ट्याकीमा रहेको छ ।’

यो ट्याकीबाट १२ घर परिवारको खानेपानी समस्या समधान हुने र केही घरमा जडान गर्न बाकी रहेको स्थानीयको भनाई छ । दीर्घकालीन सोचका साथ निर्माण गरिएको ट्यांकीका कारण धरानमा हिउदको समयमा चरम खानेपानी अभाव हुदा पनि यो टोलमा खानेपानी अभाव नहुने स्थानीयले बताएका छन् ।

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

गुप्त वराहस्थलको जीर ...

बराहक्षेत्र/ 'भक्तै समर्पितं द्रव्यं, श्रीमद्भागवत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved