धरानमा लञ्च एण्ड बार सञ्चालन

  • भदौ ६, २०७९
  • "स्नेहा श्रेष्ठ"
alt

धरान । धरानमा पहिलोपटक मापदण्ड पुरागरी २ करोड लगानीमा लन्ज एण्ड बार संञ्चालनमा आउने भएको छ ।

समयको माग र पर्यटकको आवश्यकता अनुसार २ करोड लगानीमा धरान १५ मा बगरकोटमा रहेको एमएच बार वि क्युले एम .एच लन्ज एण्ड बार संञ्चालनमा ल्याउन लागेको हो ।

संञ्चालक जीवन उसुक मेन्याङ्बोले स्थानीय सरकारको सम्पूर्ण मापदण्ड पुरा गरेर रात्रीकालीन ब्यवसायलाई प्रबद्र्धन गर्दै धरानमा पर्यटक भित्र्याउने उदेश्यले एम.एच. लन्ज एण्ड बार दशैलाई लक्षित गरी सञ्चालनमा ल्याउन लागेको बताएका छन् ।

अहिलेको आर्थिक संकटको स्थितिमा समेत सम्भावना बोकेर सञ्चालन गर्न लागेको उनले बताए । उनले भने–‘ठूलो लगानी लगाएर धरानमा व्यवसाय गर्न जोखिम छ तर पनि धरान आउने पर्यटकहरुले सुविधा दिन सकु भन्ने उद्देश्यले संञ्चालनमा ल्याउन लागेको हो ।’

उनका अनुसार लन्जमा एसी सहितका ११ वटा रुम रहेको बताए । मनोरञ्जन गर्ने आएका ग्राहकहरुले अध्याधिक मदिरा सेवन गरेर घर जान नसकेको अवस्थामा रुमको सुविधा दिने उद्देश्यले सञ्चालनमा ल्याएको उनले बताए ।

लञ्जमा ४० देखि ५० जनाले रोजगारी पाउने मेनाङ्बोले बताए । लञ्जमा सबै किसिमका भेज ,नन भेज परिकार पाइने बताए । विगतदेखि नै लिम्बू जातिको परिकालाई प्राथमिकतामा राखेको बताउदै त्यो सँगै चाईनिज , इन्डियन, कनटिनेन्टन समेत उपलब्ध गराइने सञ्चालक मेन्याङबोले बताए ।

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

गुप्त वराहस्थलको जीर ...

बराहक्षेत्र/ 'भक्तै समर्पितं द्रव्यं, श्रीमद्भागवत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved