धरान । प्रेस सेन्टर नेपाल सुनसरीको आयोजनामा बिहिबारदेखि इटहरीमा सुरु भएको तीन दिने आधारभुत पत्रकारिता तालिम तथा भाषणकला तालिम शनिबार सम्पन्न भएको छ ।
स्थानीय पिसजोन आवासिय मा.वि.को हलमा सम्पन्न तालिममा इटहरी क्षेत्रका बिभिन्न वडा र कलेजबाट ८२ जना सहभागि भएको सेन्टर सुनसरीका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए । सहभागीहरुलाई दुई समुहमा राखेर प्रशिक्षण दिइएको थियो । पत्रकारिता सम्बन्धि आधारभुत ज्ञान र भाषणकलाको माध्यमबाट सहभागीहरुको ब्यक्तित्व र नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । तिन दिनसम्म चलेको तालिममा महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक एवम् कोशीपत्र दैनिकका सम्पादक राजेश बिद्रोही, सेन्टरका केन्द्रीय सदस्य श्रीशिशा राई र तिर्थ कार्कीले तालिमको सहजीकरण गरेका थिए ।