साउन महिना समाप्त भएसँगै धरानका मठमन्दिरमा भाकल गर्नेहरुको भीड

  • भदौ २, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । साउन महिना सकिएको छ । साउन महिना सकिएसँगै बोलबम मेला समेत सम्पन्न भइसकेको छ । बोलबम अवधिभर धरानका कुनै पनि मठमन्दिरमा बलि दिन नपाउने प्रचलन रहेको छ । धरानको पिण्डेश्वरमा हुने मेलाका दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर लगायतमा मठमन्दिरमा बलीलाई रोक लगाइएको थियो । तर आज भदौ १ गतेबाट भने सबै मन्दिरमा बलि दिन थालिएको छ । भाकल गरेकाहरुले आजबाट बलि दिएका छन् ।

साउन महिनाभरि धरानका मठ मन्दिर चलायमान भए । तर साउन महिनाभरि मन्दिरमा काटमार गर्न नपाउने नियम भएकाले मन्दिर आएकाले दर्शन गर्ने जाने मात्र गर्दथे । तर भदौ १ गते बुधबारबाट बली पूजा सुचारु भएसँगै धरान १४ विजयपुर मन्दिर, दन्तकाली मन्दिर लगायतमा भाकल पुरा गर्न आउनेहरुको उल्लेख्य भीड रहेको थियो ।

कठमाण्डौबाट बुढासुब्बाको महिमा सुनेर आउनु भएका राजु महर्जनले बुढासुब्बा ऐतिहासिक मठ मन्दिरमध्ये एक भएको बताए । उनले बुढासुब्बामा दर्शन गर्दा मनोकांक्षा पूरा हुने भएकोले संखुवासभाबाट फर्केर भएपनि धरानको बुढासुब्बामा दर्शन गर्न आएको बताए । उनले भने–‘धरानमा रहेको बुढासुब्बा छ्यास्छ्स्ती हुनुहुन्छ भन्ने सुनेको थिए, त्यही भएर मैले एउटा भाकल समेत गरेको थिए, भाकल पूरा गर्न म बुढासुब्बा आएको हु ।’

काठमाण्डौबाट मात्र हैन नेपालगञ्जबाट समेत भाकल पूरा गर्न तथा दर्शन गर्न बुधबार धरानको बुढासुब्बा मन्दिर आएका थिए । नेपाल गञ्जका पूर्व शिक्षक समेत रहेका.लक्ष्मणप्रसाद गौतमले बुढासुब्बाको महिमा सुनेर भारतको दार्जिलिङ, सिक्किम घुमेर धरान आएर बुढासुब्बा मन्दिरको दर्शन गरेको बताए । उनले समेत चार बर्ष अगाडि एउटा भाकल गरेको बताउदै कोरोना संक्रमणका कारण भाकल पूरा गर्न आउन नपाएको बताए । उनले भने–‘यस पटकचाहिँ जान्छु भन्ने नै थियो, साउन सकिएपछि बुढासुब्बामा आएर भाकल बुझाए ।’

बुढासुब्बामा बलि प्रथालाई बुधबारबाट सुचारु गरेसँगै भाकल गरेका कुखुराको भाले, पोथी, अण्डा लगायत लिएर आउनेको भीड रहेको मन्दिर व्यवस्थापन समितिका सदस्य उत्तम आलेले बताए । उनले भाकल गरेको भाले बुढासुब्बा र पोथी गौरेनी माता (बुढासुब्बेनी) लाई चढाउने प्रचलन रहेको बताए । उनले भने–‘विगतदेखि नै साउन महिना, औसी, एकादशी, सोह्र सराद, शिवरात्री, कृष्णा अष्टमीका दिन पनि मन्दिरमा बली चढाउन बन्देज छ, त्यसबाहेकका जुनसुकै दिनमा पनि बलि चढाउन पाइन्छ ।’

बुढासुब्बामा भाकल गरेर बलि चढाए सोचेको कुरा पुरा हुने जनविश्वास रहिआएको छ । अझ बुढासुब्बा मन्दिरमा रहेको टुपो विनाको बासमा धागो बाधे नयाँ जोडीको प्रेम सफल हुने र नयाँ दम्पतिको सम्बन्ध अझ प्रगााढ हुने जनविश्वास रही आएको छ । धरानको शीर विजयपुर मन्दिरको ऐतिहासिक महत्व धेरै भएपनि अझै प्रचारप्रसार नपुगेको मन्दिरमा आउने भक्तजनहरुले सुझाव दिएका छन् ।

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

गुप्त वराहस्थलको जीर ...

बराहक्षेत्र/ 'भक्तै समर्पितं द्रव्यं, श्रीमद्भागवत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved