वनक्षेत्रमा फोहोर नफाल्न धरान नगरपालिकालाई ध्यानाकर्षण: तत्काल व्यवस्थापन नगरिए आन्दोलन गर्ने चेतावनी

  • भदौ ७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विगतदेखि नै धरानको फोहोर व्यवस्थापन धरान १५ मा रहेको बाझगरा सामुदायिक वन क्षेत्रमा हुने गरेको छ । धरानको चारकोशे झाडीभित्र पर्ने सो क्षेत्रमा फोहोरको राम्रोसँग व्यवस्थापन नहुँदा विभिन्न समस्या आएको भन्दै वनमा फोहोर फाल्दा समसय भएको भन्दै अब भने फाल्न नमिल्ने अवस्था आएको बाझगरा सामुदायिक वनले जनाएको छ ।

बाझगरा सामुदायिक वनका उपाध्यक्ष कुमार भारतीले वनमा फालिएको फोहोराले जनस्वास्थ्यमा समेत असर बनाएको बताए । उनले भने–‘वनमा बनाइएको डम्पिङ साइटको उचित व्यवस्थापन नहुँदा दुर्गन्ध फैलने, फोहोर डढाउदा निस्कने दुषित धुवाले राजमार्गसम्म असर गर्ने, सोही कारण वनमा डढेलो फैलने र रुखहरु मरिरहेकोले यसलाई तत्काल धरान उपमहानगरपालिका व्यवस्थापन गर्नुपर्छ ।’ उनले वनमा फालिएको फोहोर व्यवस्थापन गर्न सामुदायिक वनले धरान उपमहानगरपालिकालाई पटक पटक ध्यानाकर्षण गराउन समेत उपमहानगर पालिका गम्भीर नभएको बताए । उनले भने–‘हामीले सामुदायिक वनको प्याडमै लेखेर धेरै पटक ध्यानकर्षण गरायौं तर पनि उपहानगरपालिकाले चासो दिएकै छैन ।’

धरान उपमहानगरपालिकाबाट निस्कने फोहोर बाँझगरा सामुदायिक वनको क्षेत्र भित्र पर्ने सेउती खोलाको किनारमा ब्यावस्थापन गरिने गरिएको छ । ‘फालिएको फोहोरको सहि ढङ्गले ब्यबस्थापन गरियोस भन्ने हाम्रो माग हो’ –भारतीले भने । फोहोर जथाभावी छरिएर दुर्गन्धित भएर समस्या भएको समयमा जंगली जनवारहरुले फोहोर उधेनेर झन दुर्गन्धित बनाएको उनले बताए ।

पटक पटक ध्यानाकर्षण गराउदा समेत सुनुवाई नभएपछि भारतीले सामाजिक सञ्जाल फेसबुकमा सबैको ध्यानाकर्षण गराएका छन् । उनले स्टासमा लेखेका छन् ‘बाताबरण प्रमुख नगर प्रमुख सहित स्थलगत रुपमा गएर यथाशीघ्र सो ठाउँहरुको फोहोर ब्याबस्थापन गरियोस अन्यथा सो ठाउँमा फोहोर को गाडि छिर्न नदिन फोहोर फाल्ने स्थलमा तालाबन्दी गर्नुमा हामि बाध्य हुनेछौ ।’

बराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले वडा नं ८ स्थित शुक ...

कामधेनु सहकारीका दुई ...

धरान/ इटहरीको कामधेनु दुग्ध विकास सहकारी संस्थासँग ...

हजारौँ प्रतिस्पर्धील ...

धरान/ धरानस्थित युएन, नवोदय कलेज पढ्ने विद्यार्थी राष्ट ...

धरानमा सम्पन्न एसईई ...

धरान/ धरानमा सम्पन्न कोशी प्रदेशस्तरीय वाइवाइ एसईई आइडल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved