धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान निरन्तर ओरालो: प्रतिष्ठान १ अर्ब ४१ करोड ऋणात्मक अवस्थामा

  • भदौ १, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समय नाजुक अवस्थामा पुगेको नवनियुक्त रजिष्ट्रर डा. सूर्यप्रसाद संग्रौलाले सार्वजनिक गरेको स्वेतपत्रमा उल्लेख छ ।

रजिष्ट्रार संग्रौलाले मंगलबार सार्वजनिक गरेको स्वेतपत्रमा प्रतिष्ठानमा १ अर्ब ४१ करोड ऋण रहेको जनाएका छन् । उनले सार्वजनिक गरेको स्वेतपत्रमा भनेका छन्–‘ कुल १ अर्ब ४१ करोड रकम बराबर प्रतिष्ठान ऋणात्मक अवस्थामा रहेको रहेको छ, प्रतिष्ठानले आर्थिक अवस्था नाजुक भएको कारण अस्पताल सञ्चालन गर्न कठिन छ ।’

उनले सार्वजनिक गरेको श्वेतपत्रमा परीक्षाको कार्यक्रम र अत्यावश्यक सेवाबाहेक शिक्षक कर्मचारीले पाइराखेको सुविधासमेत कटौति गर्नुपरेको जनाएका छन् । उनले सेवा सुविधा नपाएकै कारण प्रतिष्ठानमा कार्यरत सबै असन्तुष्ट रहेको जनाएका छन् । उनले स्वेतपत्रमा भनेका छन्,–‘ सेवा सुविधा कटौत ीभएकै कारण बिशेषज्ञ तथा अनुभवि चिकित्सक एवं प्राध्यापकहरुमा निराशा उत्पन्न भएको छ, जसले गर्दा यस्ता वर्ग पलायन हुने अवस्था भएको छ ।’

उनले प्रकाशित गरेको श्वेतपत्रमा कोभिड अगाडि प्रतिष्ठानको आय सन्तुष्ट रहेको जनाएका छन् । ‘आर्थिक बर्ष २०७५÷०७६ मा कोभिड नभएकाले ५८ करोड ६६ लाख रुपैया बचत रहेको थियो आर्थिक बर्ष २०७६÷०७७ मा कोभिड महामारी शुरु भयो, यसले प्रतिष्ठानको आम्दानीमा ठूलो असर ग¥यो ।’

कोभिडकै कारण आर्थिक बर्ष ०७६÷०७७ मा २९ करोड ४३ लाख ऋण प्रतिष्ठानलाई भएको जनाएका छन् । अन्तरिक आय र नेपाल सरकारबाट आएको सहयोग गरी २ अर्ब १९ करोड ८५ लाख आम्दानी गरेको प्रतिष्ठानले यस आर्थिक बर्ष सञ्चालन खर्चतर्फ २ अर्ब ४९ करोड २८ लाख रुपैया खर्च गरेको स्वेतपत्रमा रजिष्ट्रार संग्रौंलाले उल्लेख गरेका छन् ।

उनले प्रतिष्ठानको आर्थिक अवस्था जर्जर भएको अवस्थामा संस्थालाई सञ्चालन गर्न कठिन भएको जनाउदै सम्बन्धित निकाय र सर्वसाधारणलाई प्रतिष्ठानको यथार्थताबारेमा जानकारी गराउन पनि स्वेतपत्र सार्वजनिक गरेको समेत जनाएका छन् । उनले स्वेतपत्रम भनेका छन्–‘प्रतिष्ठान विगत २ बर्षदेखि आम्दानी १ अर्बभन्दा बढीले घटेको छ , यसलाई परिपूर्ति गर्न चुनौति छ ।’

स्वेतपत्रमा कोभिडका समयमा प्रतिष्ठान सबैभन्दा बढी घाटामा गएको जनाइएको छ । त्यसबेला अर्थात आर्थिक बर्ष २०७७÷०७८ मा प्रतिष्ठान ९१ करोड ४३ लाख रुपैया ऋण प्रतिष्ठानलाई रहेको जनाइएको छ । कोभिड संक्रमणकै कारण प्रतिष्ठान सञ्चालनमा समस्या हुदा १ अर्ब ९१ करोड ६ लाखमा खुम्चिएको जनाउँदै सञ्चालन खर्चमा भने झण्डै दोब्बर भएको स्वेत पत्रमा जनाइएको छ । उनले स्वेतपत्रमा भनेका छन्–‘त्यसबेला आम्दानी भन्दा झण्डै दोब्बर सञ्चालन खर्च रहेको थियौ, १ अर्ब ९१ करोड ६ लाख प्रतिष्ठानको आम्दानी हुँदा सञ्चालन खर्च भने २ अर्ब ८२ करोड ४९ लाख रहेको थियो ।’

विस्तारै कोरोना सहज हुदै गएपछि प्रतिष्ठान सञ्चालनमा समेत सहज बन्दै गएको जनाउदै उनले प्रकाशित गरेको स्वेतपत्रमा आर्थिक बर्ष २०७८÷०७९ मा पनि प्रतिष्ठानले ऋणात्मक अवस्थालाई घटाएर ४१ करोड झारेको जनाएका छन् । उनले कोरोना सहज भएर आम्दानी बढेपनि खर्चमा भने कमी नआएको जनाएका छन् । ‘आर्थिक ०७८÷०७९ बर्षमा २ अर्ब ७१ करोड ४४ लाख प्रतिष्ठानले आम्दानी गरेपनि सञ्चालन खर्च भने वृद्धि भएर ३ अर्ब १२ करोड ४४ लाख पुगेको छ ।’ स्वेतपत्रमा उल्लेख गरेका छन् ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved