धरान / कोरोना संक्रमणकाल लम्बिएसँगै विगत दुइटा वर्षयता शैक्षिक भ्रमण गरिएको थिएन । भय र त्रासमुक्त यस वर्ष भने शैक्षिक भ्रमणमा निस्कने सल्लाह भयो । विद्यालय प्राचार्य अर्जुनकुमार बुढाथोकीको छनौट र सहकर्मी बुद्धिनाथ अधिकारीको सल्लाहमा म भ्रमणमा जान तयार भएँ । भ्रमणको तयारीमा उत्साह र उर्जा दुबै थियो । सहायक प्राचार्यको जिम्मेवारीमा समेत रहनुभएका सहकर्मी बुद्धिनाथ अधिकारीको योजनाअनुसार हामी अघिल्लो दिन साँझपख विद्यालयमा भेला भयौँ । गत पौष १३ र १४ गते तेह्रथुमको ऐतिहासिक तीनजुरे जाने निधो गरेसँगै हामी भ्रमणको औपचारिक तयारीमा अघि बढ्यौँ । मेरालागि यो भ्रमणको तीनजुरे यात्रा पहिलोपटक थियो ।
धरान / धरान ७ पानबारी बस पार्क छेउमा भुपेन्द्रराज मोक्तान ज्येष्ठ नागरिक पार्क निर्माण भएको छ । कुनै समय यो स्थान फोहोर फाल्ने डस्बिनको रुपमा रहेको थियो । आसपास हिडडुल गर्न मुस्किल थियो । तर यसलाई पार्कको अवधारणा अगाडि बढाएर निर्माण सम्पन्न गरेपछि भने अहिले दुर्गँिन्धत क्षेत्र रमणीय स्थल बनेको छ । धरान उपमहानगरपालिका वडा न ंं ७ पानबारी बसस्टेण्ड नजिकै रहेको खोला जसलाई माछा भौडी पनि भनिन्छ । सहरको बीच भागमा रहेको यो भौडीमा बर्खाको समयमा अत्याधिक पानी बग्ने गरेको छ । यही खोला सर्वसाधारणको फोहोर फाल्ने स्थान रहेको थियो । तर अहिले त्यस स्थानमा फोहोर फाल्न दिइएको छैन । माछा भौडी नजिकै केही सम
धरान /बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टीमा बसेकी प्रोफेसरले चिकित्सकमाथि अनधिकृत हस्तक्षेप गरे पनि प्रतिष्ठान प्रशासन मौन रहेको पाइएको छ । नाक, कान, घाँटी विभागकी प्राडा संगीता भण्डारीले जनवरीदेखि ’स्यावोटिकल लिभ’ स्वीकृत गरी छुट्टीमा बसेको देखिन्छ । तर सिनियर रेसिडेन्स लगायतको करार थपमा अनावश्यक हस्तक्षेप गरेको प्रतिष्ठानको नाक, कान, घाँटी विभाग स्रोतले जनाएको छ । विभागका एचओडी श्याम थापामाथि प्राडा भण्डारीले अनावश्यक दबाब दिने गरेको स्रोतको भनाइ छ । प्राडा भण्डारी एचओडी थापाकी प्रोफेसरसमेत रहेकाले थापाले दबाब झेल्दै आएको स्रोतको भनाइ छ । प्रतिष्ठानभित्र अनावश्य
विराटनगर / पूर्वी नेपालको १४ वटा जिल्ला समेटेर बनेको १ नम्बर प्रदेशको पाँच वर्षे कार्यकालमा सरकारले के के काम गर्यो भन्ने चासो सबैलाई छ । कतिपयले प्रदेश संरचनाको कामै छैन पनि भन्न थालेका छन् । केन्द्रीकृत शासन व्यवस्था हुँदा केन्द्रीकृत नीति र केन्द्रीकृत विकास निर्माण गर्ने भएको कारण शासनमा पनि विकेन्द्रीत नीति र साधन, स्रोत तथा विकासमा पनि विकेन्द्रीत गर्ने उद्देश्यका साथ संघीय सरकारहरुको स्थापना गरिएको हो । प्रदेश सरकारहरुले जनतामा जागेको विकास र समृद्धिको उत्कट चाहनालाई पूरा गर्नुपर्ने चुनौती स्वीकार गरेका थिए । तर, सोही अनुसार विकास निर्माणको काम हुन भने सकेन । यद्यपि प्रदेश १ लाई स
धरान / अत्यधिक बढेको चिसोसँगै लागेको बाक्लो हुस्सुका कारण जनजीवन नै प्रभावित भएको छ । सडककै ढाक्ने गरी लागेको हुस्सुका कारण सर्वसाधारणले घर बाहिर निस्एिका छैनन् । जसका कारण सबै क्षेत्रमा चहलपहल कम भएको छ । यसै क्रममा सधै अत्याधिक चहलपहल हुने धरान १४ विजयपुरका मठमन्दिरमा समेत चिसोका कारण भक्तजनहरुको चहलपहल देखिएन । सधै चहलपहल हुने धरान उपमहानगरपालिका वडा नंं १४ विजयपुरमा रहेका मठमन्दिरमा बुधबार खासै चहलपहल देखिएन । बाक्लो हुस्सुसँगै बढेको चिसोका कारण मन्दिरमा पूजाआजा गर्न जानेहरु पूजाआजा तथा दर्शन गर्न नगएकै कारण मन्दिरमा चहलपहल कम भएको हो । विजयपुरको दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिर
देशका पहाडी भूभागमा पनि चिसो बढिरहेको छ भने तराईका धेरै स्थानमा बिहानको समयमा बाक्लो हुस्सु कुहिरो लाग्न थालेको छ । हिमाली भेगका केही स्थानमा हल्का हिमपात पनि हुन थालेको छ । हिमाली क्षेत्रमा हिमपात र तराईमा बाक्लो हुस्सुका कारण दैनिक जनजीवन कष्टकर हुन थालेको छ । यसले गर्दा सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने अवस्था देखिएको छ । यस्तो अवस्थामा आवश्यक सावधानी तथा सतर्कता अपनाउन आवश्यक छ । तराईमा कठ्याङ्ग्रिँदो जाडोले जनजीवन कष्टकर भएको छ । शीतलहरसँगै चिसो अत्यधिक बढेपछि तराई–मधेशका धेरै स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । स्थानीय तहहरूको निर्णयबाट मधेश प्रदेशका धेरै सा
धरान / महाभारतकालीन इतिहास र किरातकालीन सभ्यता बोकेको प्रदेश १ को मुख्य पर्यटकीय तथा आवासीय सहर धरानले स्थापनाको ६२ औं वर्ष र बस्ती बसेको १ सय २९ वर्षको अवसरमा धरान उत्सव मनाउँदैछ । सार्वजनिक विदा घोषणा गरी धरान उत्सवलाई भव्यता दिन धरान १२ स्थित पब्लिक हाइस्कुलमा समारोह आयोजना गरेको छ । समारोह स्थलमा धरानका पहिचान बोकेका सीप, कृषि उत्पादन र सास्कृतिक परिकारका स्टल लगाइएको छ । धरान १२ पब्लिक माविमा सञ्चालन भएको धरान उत्सवको उद्घाटन प्रतिनिधिसभा सदस्य अशोक राईले गरेका थिए । र्यालीमा पूर्वान्चल इन्जिनियरिङ क्याम्पसको मेकानिकल तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले निर्माण गरेको &rsqu
देशका ठूला शहरहरूमा सडक बालबालिकाको उद्धार र संरक्षण जटिल समस्याको रूपमा देखिएको छ । प्रदेश १ का ठूला शहरहरूमा पनि यो समस्या देखिन्छ । प्रदेश नं. १ का विराटनगर, दमक, बिर्तामोड, इटहरी, धरानजस्ता ठूला शहरहरूमा पनि सडक बालबालिकाको व्यवस्थापन समस्याको रूपमा देखिएको छ । यो नयाँ समस्या भने होइन । वर्षौंदेखि यो समस्या यथावत् छ । सडक बालबालिका र सडक मानवहरूको उद्धार र संरक्षणका लागि थुप्रै सामाजिक तथा गैरसरकारी संस्थाहरू सञ्चालन भए पनि यो समस्या वर्षौंदेखि यथावत् छ । यो सबैका लागि चिन्ताको विषय बनेको छ । सामाजिक संस्थाहरूले निरन्तर उद्धार कार्य गर्दासमेत समस्या समाधान हुन सकेको छैन । बरु झन्–झन्
धरान/धरान १६ मा रहेको युएन कलेजले त्रिविद्वारा सञ्चालित बिएचएम दोस्रो र चौथो सेमेस्टरमा उतिर्र्ण विद्यार्थीहरुलाई मंगलबार सम्मान गरेको छ । होटेल म्यानेजमेन्ट संकायमा प्रदेश १ मै महत्वपूर्ण योगदान दिँदै आएको युएनकलेजले स्थापना कालदेखि नै निरन्तर प्रदेश टप गर्दै आइरहेको छ । कलेजले यस वर्षको फाइनल परिक्षामा ३.८५ जिपिए ल्याई द्वितीय स्थान ल्याएकी छात्रा जानुका राईलाई नगद १५ हजारसहित सम्मानपत्रले सम्मान गरिएको छ । यसैगरि बिएचएम दोस्रो सेमेस्टरमा प्रथम हुने दिपेश लुङ्फुङ्वा (३.८१ जिपिए), दोस्रो हुने राश्ना गुरुङ (३.८१) जिपिए र तेस्रो अर्नेश कटुवाल (३.७४ जिपिए) लाई समेत नगद पुरस्कार सहित सम्मानपत्रले
धरान/पर्यटकीय गन्तव्यको रुपमा विकाश हुँदै आएको सुनसरीको बराहक्षेत्र ५ स्थित अमाह सिमसारलाई जैविक विविधता अध्ययन केन्द्रको रुपमा विकाश गरिने भएको छ । सिमसार क्षेत्रमा पाइने विविधतालाई अध्ययन गर्न बृहत विकाश गुरुयोजना अन्तर्गत अमाह सिमसार जैविक विविधता अध्ययन केन्द्र नामाकरण गरि डिपिआर नै तयार भइसकेको छ । जलाधार क्षेत्र रहेको अमाहमा ५० करोड भन्दा बढिको लगानीमा सिमसार क्षेत्रमा जैविक विविधताको अध्ययन केन्द्र निमार्णको काम सुरु भएको छ । प्रदेश नम्बर १ कै ठुलो क्षेत्रमा फैलिएको सिमसार क्षेत्रमा अहिले पिकनिक खेल्न, तालमा बोटिङ गर्न आउने आन्तरिक पर्यटकहरुको सङ्ख्या पनि दिनानुदिन बढ्दै गएको छ ।