अध्ययन केन्द्र बन्दै अमाह सिमसार

  • पुस २०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/पर्यटकीय गन्तव्यको रुपमा विकाश हुँदै आएको सुनसरीको बराहक्षेत्र ५ स्थित अमाह सिमसारलाई जैविक विविधता अध्ययन केन्द्रको रुपमा विकाश गरिने भएको छ ।
सिमसार क्षेत्रमा पाइने विविधतालाई अध्ययन गर्न बृहत विकाश गुरुयोजना अन्तर्गत अमाह सिमसार जैविक विविधता अध्ययन केन्द्र नामाकरण गरि डिपिआर नै तयार भइसकेको छ । जलाधार क्षेत्र रहेको अमाहमा ५० करोड भन्दा बढिको लगानीमा सिमसार क्षेत्रमा जैविक विविधताको अध्ययन केन्द्र निमार्णको काम सुरु भएको छ । प्रदेश नम्बर १ कै ठुलो क्षेत्रमा फैलिएको सिमसार क्षेत्रमा अहिले पिकनिक खेल्न, तालमा बोटिङ गर्न आउने आन्तरिक पर्यटकहरुको सङ्ख्या पनि दिनानुदिन बढ्दै गएको छ ।

सिमसार क्षेत्र संरक्षणको अगुवाई अमाह सामुदायिक वन उपभोक्ता समुहले गरेको छ । समुदायले संरक्षण गरेको घना जंगल र मानव वस्तीको बीचमा अवस्थित छ, अमाह पोखरी । पोखरी मात्र डेढ हेक्टर क्षेत्रफल(करिब २ बिघा)मा फैलिए पनि सिमसार क्षेत्र भने ५२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । पोखरीको संरक्षण र पर्या–पर्यटनको नमुना अभ्यास भएपछि यसले राज्यको पनि ध्यान खिचेको छ । अहिले सिचाई विभागले त्यही पोखरीबाट ४ सय हेक्टर खेतीयोग्य जमिनमा सिचाईको व्यावस्था गर्न करोडौंको योजना पनि कार्यान्वयन भइरहेको छ ।

सिमसार क्षेत्रमा आएर पिकनिक खेल्ने, सेल्फी हान्ने मात्रै नभएर यहाँको जैविक विविधताको अध्ययन गर्ने थलोको रुपमा विकाश गर्न लागिएको समुहका अध्यक्ष भोजराज घले बताउँछन् । उनले भने, ‘यहाँ विभिन्न प्रजातीका माछा, वन्यजन्तु, चराचुरुङ्गी लगायत सिमसारमा पाइने सबै किसिमका जैविध विविधताहरुको अध्ययन गर्न सकिने छ ।’ प्रदेश एककै नमुना बनाउन अहिले डिपिआर तयार गरेर निमार्ण कार्य अगाडी बढाएको अध्यक्ष घलेले जानकारी दिए । ५२ हेक्टर क्षेत्रफलमा पर्या पर्यटन क्षेत्र निर्माण हुने उनको भनाई छ ।

सिमसार क्षेत्रमा अध्ययन केन्द्र सँगै जैविक विविधता म्युजियम पनि बनाउने डिपिआरमा उल्लेख गरिएको उनले बताए । उनले भने, जैविक विविधता म्युजियम बनाएर सिमसार क्षेत्रमा पाइने सबै प्रजातिका बोट विरुवा, किरा फट्याङग्रा, जिवजन्तु, जडिबुटिको पहिचान गरि पुस्तक तयार गरिने छ, फोरेस्ट्री पढ्ने विद्यार्थीहरुले त्यही पुस्तकको आधारमा अध्ययन गर्नेछन् ।’ पार्कलाई अझै सुन्दर बनाउन मिनि जु, पानीलाई सदुपयोग गर्दै स्वीमिङ पुल बनाएर थुप्रै रोजगारी सिर्जना गरिने उनले बताए ।

आन्तरिक पर्यटकहरुलाई आकर्षण गर्न अहिले पार्कमा विभिन्न स्टाचुहरु, तालमा बोटिङको व्यवस्था, पिकनिक स्पट, चिल्ड्रेन पार्कहरु निर्माण गरिएको छ । दैनिक जसो सयौंको संख्यामा घुम्न आउने गरेको उनले बताए । पार्कलाई व्यवस्थीत गर्न सिचाईबाट ८ करोड, प्रदेशबाट १ करोड ७५ लाख आर्थिक सहयोग गरेको छ । त्यसै गरि सर्दु कटानको क्षेत्रलाइ संरक्षण गर्न तटबन्धन निर्माण गर्न चुरे पकेट क्षेत्र संरक्षणबाट पनि रकम प्राप्त भएको उनले बताए । स्थानीय तहको सहयोग सहित वन उपभोक्ता समितीको आर्थिक स्रोेतबाट पनि पार्क निर्माणमा खर्च गरिएको उनले बताए ।

१० औें बास्केटवल ट्य ...

धरान/ धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटव ...

नेपालमा १० महिनामा स ...

काठमाडौं/ चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपा ...

एक वर्षपछि नेतृत्व प ...

बराहक्षेत्र/ सुनसरी, उदयपुर र धनकुटा जिल्लालाई कार ...

यात्रुवाहक गाडीमा गा ...

धनकुटा/ धनकुटाको भेडेटार चोकमा प्रहरीले बिहीबार बि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved