स्थानीय सरकारको काम बारे टोलबासीसँग छलफल

  • असार २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थानीय सरकारले प्रायः जनताको मनभावना बुझेर काम गरेको पाइदैन ।

वडाबाट पाउने सुविधा, वडामा आउने बजेट, टोल विकास समितिले गर्ने काम लगायतका समस्याहरुलाई सुल्झाउन भएपनि वडा भेला आवश्यक हुन्छ ।

अन्य वडाले आकलझुकलमा यस्ता भेला गर्ने गरे पनि धरान उपमहानगरपालका वडा नं. ११ ले भने समय समयमा आफ्नो वडामा रहेका टोल विकास समितिका प्रतिनिधि तथा सर्वसाधारणलाई भेला गरेर समस्या बुझ्ने गरेको छ ।धरान उपमहानगरपालिकाको ११ नं. वडामा ३३ वटा टोल विकास समिति रहेका छन् ।

वडा भेलामा सहभागी भएका (टिएलओ)का प्रतिनिधिहरुले सबै वडामा भएका समस्या, विकासका कामहरु गर्न नसके पनि आवश्यकता अनुसार बजेटको आकारलाई हेरेर गर्नुपर्नेमा (टिएलओ)का प्रतिनिधिहरुले वडाध्यक्ष समक्ष माग राखेका थिए।

टोल विकास समितिका प्रतिनिधिहरुले अनिवार्य गर्नुपर्ने, जनतालाई अपरिहार्य चाहिने आधारभूत आवश्यकतालाई मध्यनजर गरी बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएका थिए ।उनीहरुले वडामा गरिब तथा असहायहरु धेरै भएकोले विमा कार्यक्रम अन्तर्गत त्यस्ता वडालाई निःशुल्क विमाको कार्यक्रम अगाडि सार्नुपर्नेमा जोड दिएका थिए ।उनीहरुले आफ्नो घर, टोल बलियो बनाउन सकेमात्र वडा समेत बलियो हुने बताउदै वडाले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

उनीहरुले आवश्यकताको आधारमा बजेटको आकारलाई हेरेर कुनै स्वार्थविना विकासका कामहरु गर्नुपर्नेम जोड दिएका थिए ।

टोल विकास समतिका प्रतिनिधीहरुका कुरा सुनिसकेपछि वडाध्यक्ष लोकेन्द्र फागोले टोलविकास समितिसँग समन्वय नगरीकन गरेको विकासका कार्यक्रम प्रभावकारी नभएका कारण समन्वय गरेरमात्र अगाडि बढ्ने गरेको बताए ।

उनले स्वास्थ्य विमा वडाबासीकालागि अपरिहार्य भएपनि सोचेजस्तो काम गर्न नसकेको बताउदै आर्थिक बर्ष २०८०/०८१ मा १ करोड ३६ लाख बजेट आएकोमा ४५ प्रतिशत पूर्वाधार विकास, ५५ प्रतिशत विभिन्न सामाजिक विकास कार्यक्रममा कम गर्दा बजेट अपुग हुने स्पष्ट पारे ।

उनले टिएलओले सिफरिस गरेको व्यक्तिलाई अवस्था हेरेर स्वास्थ्य विमा कार्यक्रम अगाडि बढाउने बताए ।
बास्तबमै यस्ता वडा भेलाहरुले वडामा आउने वास्तविक बजेट, कुन शीर्षकमा कति खर्च गर्ने, बजेट अभावका बाबजुद पनि के कस्ता काम अगाडि बढाउन सकिन्छ लगायतका कुरा बुझन वडा भेलाले सहयोग गरेको थियो ।

यतिमात्र हैन जनप्रतिनिधि र जनताबीच प्रत्यक्ष भेटघाट, भलाकुसारी गर्ने अवसरका रुपमा पनि धरान ११ मा गरिएको वडा भेलाले जुराइदिएको थियो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved