पर्यटकको आकर्षक गन्तव्य बन्दै टिएमजे पाथीभरा दर्शनसँगै रमणीय दृश्यावलोकनको आकर्षण

  • पुष २०, २०७९
  • कोशीपत्र/संवाददाता
alt

तेह्रथुम / तेह्रथुम र संखुवासभाको जिल्लाको संगम स्थलमा रहेको पाथीभरा मन्दिरमा तीर्थालुसँगै पर्यटकहरु बढ्न थालेका छन् । ताप्लेजुङमा रहेको पाथीभरा मन्दिरको शाखाको रुपमा यो स्थानमा पर्यटक र तीर्थालु वर्षभरि आउने गरे पनि जाडोमा हिउँ पर्ने सिजन र गुराँस फुल्ने सिजनमा पर्यटकको चाप बढ्ने गरेको छ ।

चारैतिर हिमालको मनोरम दृश्यहरुसँगै पहाडको टुप्पोमा रहेको यो मन्दिरको छुट्टै धार्मिक महत्व रहेको छ । गुरासको राजधानीसँगै रहेको यो पाथीभरा मन्दिरमा दर्शन गरे मनकामना पूरा हुने विश्वास रहेको छ ।

tttttttt

आन्तरिक पर्यटन प्रवद्र्धनकै लागि भएपनि यो क्षेत्रमा आएको महालक्ष्मी नगरपालिका धनकुटाका मनकुमार खत्री बताउँछन् । उनले भने–‘यो क्षेत्र लालीगुरास क्षेत्र, ३५÷३६ जातका लालीगुराँसमध्ये २८ प्रकारका गुराँस यस क्षेत्रमा फाइन्छन्, लालीगुरासँसँगै पाथीभराको दर्शन गर्न पाउने स्थानको रुपमा यसलाई लिन सकिन्छ ।’

टिएमजे भनेर चिनिएको यो क्षेत्रमा चैत्र वैशाख र हिउँ परेको समयमा बढी पर्यटक आउने गरेको लालीगुरास नगरपालिकाका तेह्रथुमका स्थानीय लक्ष्मण तिवारी बताउँछन् । प्रदेश १ का पूर्व पर्यटनमन्त्री समेत रहेका तिवारीले यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सके प्रदेश १ समृद्ध प्रदेश बन्ने बताए ।

उनले त्यहाँ रहेको पाथीभरा मन्दिरले पर्यटक तान्ने अर्को माध्यम बनेको बताए । उनले भने–‘लालीगुराँसको राजधानी त छँदैछ, यस क्षेत्रमा पाथीभराको मन्दिर स्थापना भएपछि आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढेको बताए ।

यस ठाउँबाट पहाडी जिल्ला तेह्रथुम, संखुवासभा तथा ताप्लेजुङ जिल्लाको अवलोकन राम्ररी गर्न सकिने भएकोले पनि तीनजुरेमा रहेको पाथीभरा मन्दिरको महिमा चुलिदै गएको लालीगुरास नगरपालिकाका स्थानीय मणिकुमार राई बताउँछन् । उनले भने–‘मन्दिर आसपासबाट पूर्वका प्राय ः सबै जिल्लाको दृश्यावोलकन गर्न सकिन्छ, हिमाल समेत नजिकै देख्न सकिन्छ, यहाँ आउने सर्वसाधारणले पाथीभराको दर्शनसँगै मनोरम दृश्य हेर्न पाउँछन् ।’

विशेष गरेर यो क्षेत्रमा हिउँ परेको समय तथा लालीगुरास फुल्ने समयमा सर्वसाधारणको घइँचो हुने गरेको उनी सुनाउँछन् । हिउँले ढाकेको बेला तराईका जिल्लाबाट हिउँ खेल्नै लागि तीनजुरे, मिल्के र जल्जले क्षेत्रमा आउने गरेको बताउदै सुब्बाले लाली गुराँस फुलेको समयमा पनि यहाँ अत्याधिक पर्यटक आउने गरेको बताए ।

उनले भने–‘हिउँ खेल्नकै लागि यो क्षेत्रमा धेर्रै आउँछन्, अनि चैत्र वैशाखको समयमा लाली गुराँस फुलेको समयमा धेैरै पर्यटक आउँछन्, उनीहरुको उद्देश्य रमाइलोसँगै नजिकै रहेको पाथीभरा मन्दिरको दर्शन पनि अर्को उद्देश्य रहेको पाइएको छ ।’

tt

टिएमजे क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि लामो समयसम्म काम गरेका पूर्व प्रदेश १ पर्यटन मन्त्री तिवारीले समग्र पर्यटन प्रवद्र्धनका लागि राज्यले केही गर्न सके पूर्वी क्षेत्र पर्यटनले नै चल्ने बताए । उनले भने–‘१२ मै महिना पर्यटक भित्र्याउने योजना ल्याउन सके, यहाँका होटल व्यवसायी, अन्य साना तिना व्यवसाय राम्ररी चल्छन् भने धेरैको पर्यटनकै माध्यमबाट रोजगारी समेत सिर्जना गर्न सकिन्छ ।’
रमणीय स्थलका साथै पाथीभराको दर्शन, हिउँ परेको समयमा हिउँमा रमाउन पाउने र गुराँस फुलेको समयमा राताम्य भएका गुरासका फूलको दृश्यावालेकनसँगै फोटो खिच्न पाउने भएपनि पछिल्लो समय पाथीभरा मन्दिर आसपासका क्षेत्रहरुमा आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको स्थानीयहरु बताउँछन् ।

1

संखुवासभाको चर्चित धार्मिक स्थलहरु मध्ये पाथिभरा भगवतीको मन्दिरलाइ मानिन्छ । धर्मदेवी नगरपालिका १ मा पाथिभराको मन्दिर चर्चित पर्यटकीय स्थल तीनजुरे जलजले मिल्केको परिसरमा अवस्थित छ । छिमेकी जिल्ला तेह्रथुम सिमानामा पर्ने यो मन्दिर २०५३ सालमा २,९२० मीटरको उचाइमा स्थापना गरिएको हो । यस क्षेत्रको प्रवद्र्धनमा तीनै तहका सरकार गम्भीर हुनुपर्ने स्थानीयहरु बताउँछन् ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved