मेयर कपको उपाधि मेघालाई

  • पुस १९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान मेयर फुटबल कपको उपाधि धरान मेघा हिमालयन कलेजले उचालेको छ ।

धरान रङ्गशालामा सोमबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा माउन्ट हर्मन एकेडेमीलाई ३–० गोल अन्तरले पराजित गर्दै मेघा हिमालयनले कप हात पारेको हो । मेघा कलेजका तर्फबाट अङ्कित थापा, सुगम जिमी र शेखर कुँवरले एक–एक गोल गरेका थिए ।

प्रतियोगितामा बेस्ट स्कोररको उपाधि मेघाका अङ्कित थापाले प्राप्त गरे । उनले प्रतियोगिताभरिमा सात गोल गरेका थिए । यस्तै, मेघाकै सुगम जिमीले बेस्ट प्लेयरको उपाधि हात पारे भने फाइनल खेलका म्यान अफ द म्याच पनि मेघाकै पवन तामाङ भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एवम् एन्फाका मानार्थ केन्द्रीय उपाध्यक्ष किशोर राईले उनीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे ।

विजेता मेघा कलेजले ३० हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता माउन्ट हर्मनले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

धरान उपमहानगरपालिकाको आयोजनामा यही पुस १२ गते सुरु भएको नगरस्तरीय प्रतियोगितामा माध्यमिक तहका विद्यालयहरू सहभागी थिए । प्रतियोगितामा धरानभरिका सामुदायिक तथा संस्थागत गरी ३६ वटा विद्यालय सहभागी थिए ।

 

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved