परिवर्तनका संवाहकहरूलाई नबिर्स

  • पुष १९, २०७९
  • कोशीपत्र सम्पादक
alt

विपन्न र गरीब नागरिकहरूको जीवनमा आमुल परिवर्तन ल्याउने घोषित उद्देश्य बोकेर २०५२ फागुन १ गते तत्कालीन नेकपा (माओवादी) ले सशस्त्र सङ्घर्ष प्रारम्भ गरेको थियो । करीब १० वर्षसम्म चलेको माओवादी द्वन्द्वमा हजारौँ सर्वसाधारण शहीद भए । कयौँ घाइते भए र कयौँ अहिले पनि वेपत्ता छन् । उनीहरूकै अदम्य साहस र समर्पणका कारण देशमा राजनीतिक व्यवस्था परिवर्तन भयो । उनीहरू जस्तै नागरिकको वलिदानका कारण देशमा सङ्घीय गणतन्त्र स्थापना भएको छ । यो सकारात्मक विषय हो तर सर्वसाधारण नागरिकहरूको जीवन भने अहिले पनि जस्ताको त्यस्तै छ । उनीहरूको जीवनमा कुनै सकारात्मक परिवर्तन आउन सकेको छैन । त्यसैले त भनिँदैछ – व्यवस्था बदलियो, अवस्था बदलिएन ।

माओवादीको सशस्त्र सङ्घर्षमा १८ वटा मोर्चामा लडाइँ लडेर घाइते भएका सङ्खुवासभाका बाबुराम राई (विवश) सिकिस्त बिरामी परेको समाचार प्रकाशमा आएको छ । विराटनगरको न्यूरो अस्पतालमा उपचार गराइरहेका उनी आर्थिक अभावसँग जुधिरहेको विषय पनि समाचारमा उल्लेख छ । युद्धकालमै टाउकोमा मोर्टार लागेर उनी सख्त घाइते भएका थिए । त्यस बेला २६ दिनको उपचारपछि होशमा आएका उनले औषधि सेवन गरिरहेका थिए । केही दिनयता टाउकोबाट लगातार पिप बग्न थालेपछि उनलाई न्यूरो अस्पतालमा राखिएको छ । चिकित्सकले शल्यक्रिया गर्नुपर्ने बताए पनि उनीसँग दैनिक शैय्याको शुल्क बुझाउने पैसा पनि नभएको आफन्तले बताएका छन् ।

यो निकै दुःखद् अवस्था हो । उनीजस्ता योद्धाहरूकै त्याग र वलिदानका कारण सम्भव भएको परिवर्तित व्यवस्थामा उनको पार्टी कयौँपटक सरकारमा पुगिसकेको छ । माओवादीको जनमुक्ति सेनाका सर्वोच्च कमान्डर प्रचण्ड अहिले प्रधानमन्त्री भएका छन् तर यो व्यवस्था ल्याउन युद्धमा होमिएका ‘विवश’ जस्ता योद्धा अहिले पनि सकसपूर्ण जीवन बाँच्न विवश भएका छन् । उनी त प्रतिनिधि मात्र हुन् । कयौँ लडाकूहरू अहिले पनि खाडीको मरुभूमिमा रगत र पसिना बगाइरहेका छन् भने कतिपयले नेपालमै कष्टपूर्ण जीवन बितायरहेका छन् ।

यस्तो अवस्थाको अन्त्य हुनुपर्छ । परिवर्तित अवस्थामा सर्वसाधारण नागरिकहरूको जीवनलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ । विवशहरूले उपचारको अभावमा ज्यान गुमाउन बाध्य हुनुपर्ने अवस्था अन्त्य हुनुपर्छ । यो राज्य र यो व्यवस्थामा उनको पनि अंश लाग्छ । त्यसैले वर्तमान सरकारले उनको उपचारको जिम्मा लिनुपर्छ । प्रचण्ड आज जुन ठाउँमा छन्, त्यसमा ‘विवश’ को पनि योगदान छ । उनीजस्ता योद्धाहरूले ज्यानको बाजी लगाएकै कारण आज नेताहरू राज्य संरचनाको माथिल्लो तहमा पुगेका छन् तर लडाइँ लड्ने योद्धाहरू भने उपचार खर्च तिर्न नसकेर जीवन–मरणको दोसाँधमा छन् । यो अत्यन्त दुःखद् परिस्थिति हो । माओवादी पार्टीले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । ‘खोला त¥यो, लौरो बिस्र्यो’ भन्ने उक्तिलाई चरितार्थ गर्ने स्वभाव त्यागेर माओवादीले आप्mना लडाकू योद्धाहरूको जीवनलाई सहज बनाउन ध्यान दिनुपर्छ । विवशको उपचारमा कुनै कमी हुन नदिने वातावरण बनाउन पार्टीले अविलम्ब पहल गर्नु आवश्यक छ ।

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

पानबारी गोल्डकप : उद ...

धरान / प्रथम पानबारी गोल्डकप २०८१ को तयारी पुरा भए ...

दलित लक्षित नेतृत्व ...

धरान/ दलित लक्षित कार्यक्रम अन्तर्गत धरान उपमहानगर ...

एचआइभि संक्रमित परिव ...

धरान / पोजिटिभ समुह द्धारा वुधवार धरानका एचाआइभी स ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved