नशासम्बन्धी उपचारमा आर्या न्यूरोको फड्को मेरूदण्ड भाँचिएको बिरामीको सफल उपचार

  • पुष १९, २०७९
  • कोशीपत्र/संवाददाता
alt

मोरङ / विराटनगर – ३ कन्चनबारीमा रहेको आर्या न्यूरो अस्पतालमा टाउँको, नशा र हाडजोर्नी सम्बन्धी रोगको उपचारमा फड्को मार्दै अगाडी बढेको छ । एकपछि अर्को गर्दै टाउँको, नशा र हाडजोर्नीको उपचारमा आर्या न्यूरोले सफलता हात पारेको हो ।

भोजपुरकी ३० वर्षीय सृजना तामाङ्गको मेरुदण्ड भाचिएर च्यापिएको नशाको आर्यान्युरो हस्पिटलमा सफल उपचार भएको छ । काम गर्ने क्रममा घरबाट लडेर तामाङ्गको मेरुदण्ड भाचिएर नशा च्यापिएको थियो । नशा च्यापिएको कारणले उनका दुवै खुट्टा नचल्ने भएको थियो ।

उनी उपचारको लागि विराटनगरको हस्पिटल आइन् । विराटनगरको एक हस्पिटलमा पाँच दिन राखियो । ठिक नभएपछि आफन्तको साहारमा आर्या न्यूरो हस्पिटल आएकी थिइन् ।

आर्या न्यूरो आएपछि हस्पिटलका वरिष्ठ न्यूरो सर्जन तथा अस्पतालका प्रबन्धक निर्देशक डा. पञ्कजराज नेपालको टिमले मेरुदण्डको सफल शल्यक्रिया गरेर च्यापिएको नशा खुलाएको थियो । २८ दिन हस्पिटलमा बसेपछि उनको डिस्चार्ज भएको छ ।

आर्या न्युरोमा अत्याधुनिक उपकरण र चर्चित वरिष्ठ न्यूरो सर्जन देखि वरिष्ठ हाडजोर्नी विशेषज्ञ चिकित्सक सहितको टिमले गरेको उपचारको कारणले पछिल्लो समय फड्को मारेको छ । यो अस्पतालमा अहिले टाउँको, नशा सम्बन्धी सम्पूर्ण उपचार र जोर्नी प्रत्यारोपणदेखि हाड जोड्नेसम्मको उपचार हुने गरेको छ ।

धरानमा एमालेको बिरास ...

 धरान/नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्र ...

क्याम्ब्रिज र प्राइम ...

धरान/ पुनःस्थापना गृहमा आश्रय लिएर बसेका व्यक्तिहर ...

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved