तीन दिनसम्म धरान उत्सव मनाइँदै उत्सवको पहिलो दिन बुधबार (आज) सार्वजनिक विदा

  • पुष २०, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरान स्थापना दिवसको अवसर पारेर धरानमा तीनदिने धरान उत्सव मनाइदैन । उत्सवको पहिलो दिन सार्वजनिक विदा दिइएको छ ।

धरान उपमहानगरपालिकाले मंगलबार सार्वजनिक सूचना जारी गरेर तीनदिनसम्म धरान उत्सव मनाउने र पहिलो दिन विदा दिने जनाएको हो । धरान उपमहानगरपालिकाको कार्यपालिकाको पौष ११ गते बसेको कार्यापालिका बैठकले उद्घाटनको अवसरमा विदा दिने निर्णय गरेको थियो ।

उत्सव धरान १३ पब्लिक माविको खेल मैदानमा हुने छ । उत्सवलाई भव्य र सभ्य तरिकाले सम्पन्न गर्न सबै पक्ष लागेको मूल आयोजक समितिका सदस्य सचिव भक्तिराज शर्माले बताए । उनले भने–‘तीन दिने धरान उत्सव धरान १२ को पब्लिक मावि स्कुलको खेल मैदानमा हुदैछ । उत्सवको तयारी पूरा भएको छ ।’ उनले उत्सवको तीनदिने तालिका समेत सार्वजनिक गरेको बताए । सार्वजनिक गरेको तालिका अनुसार उत्सवको पहिलो दिन बधबार ६ ः ३० बजे सेवक अभियानको संयोजनमा वाकाथन कार्यक्रम हुनुेछ ।

बिहान ७ बजे धरान ७ स्थित स्वर्गीय भुपेन्द्रराज ज्येष्ठ नागरिक पार्कको उद्घाटन, बिहान ११ बजे उत्सवस्थल पब्लिक हाईस्कुलबाट वृहत झाँकीसहित र्यालीको आयोजना, दिउँसो १ बजेदेखि उदुघाटन हुने सदस्य सचिव शर्माले जानकारी दिए । यसैगरी सोही दिन दिउँसो ३ बजेदेखि ६ बजेसम्म लोकदोहोरी प्रतियोगिता समेत हुने उनले बताए । उनका अनुसार उत्सव अवधिभर बिहान १० बजेदेखि ४ बजेसम्म स्वास्थ्य सम्बन्धी कार्यक्रम र बेलुका ६ बजेदेखि ९ बजेसम्म साँगीतिक तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved