युएनकलेजबाट प्रदेश उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान

  • पुष २०, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरान १६ मा रहेको युएन कलेजले त्रिविद्वारा सञ्चालित बिएचएम दोस्रो र चौथो सेमेस्टरमा उतिर्र्ण विद्यार्थीहरुलाई मंगलबार सम्मान गरेको छ । होटेल म्यानेजमेन्ट संकायमा प्रदेश १ मै महत्वपूर्ण योगदान दिँदै आएको युएनकलेजले स्थापना कालदेखि नै निरन्तर प्रदेश टप गर्दै आइरहेको छ । कलेजले यस वर्षको फाइनल परिक्षामा ३.८५ जिपिए ल्याई द्वितीय स्थान ल्याएकी छात्रा जानुका राईलाई नगद १५ हजारसहित सम्मानपत्रले सम्मान गरिएको छ । यसैगरि बिएचएम दोस्रो सेमेस्टरमा प्रथम हुने दिपेश लुङ्फुङ्वा (३.८१ जिपिए), दोस्रो हुने राश्ना गुरुङ (३.८१) जिपिए र तेस्रो अर्नेश कटुवाल (३.७४ जिपिए) लाई समेत नगद पुरस्कार सहित सम्मानपत्रले सम्मान गरिएको क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले जानकारी दिए ।

व्यवहारिक , आत्मनिर्भर र रोजगारमुखी शिक्षा प्रदान गर्दै आएको युएन कलेजले बिएचएम चौथो वर्षमा पनि सेमेस्टर प्रथम तथा प्रदेश द्वितीय राई सहित सेमेस्टर दित्तीय अनिस लिम्बु (३.७७ जिपिए) र तृतीय हुने बिकल सुनुवार (३.७५ जिपिए) समेत नगद पुरस्कार सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । दोस्रो र चौथो सेमेस्टरमा उतिर्ण सम्पुर्ण विद्यार्थीहरुलाई कलेजका निर्देश ज्ञानेश्वर झा, क्याम्पस प्रमुख तुम्बापो, होटेल म्यानेजमेन्ट संकायका संयोजक गगन श्रेष्ठ, प्राध्यापक सुमन बास्कोटा र प्राध्यापक अनिमेश बास्तोलाले खदा र अबिर लगाएर विद्यार्थीहरुलाई प्रोत्साहन गरेका थिए । सो कार्यक्रमको सञ्चालन प्राध्यापक सुमन बास्कोटाले गरेका थिए ।

एसईई स्पिकरको दोस्रो ...

धरान/ कोशी प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता ‘ ...

दमकको भ्यू टावर’ तया ...

झापा/ राष्ट्रिय गौरबको आयोजनाको रुपमा हेरिएको झापा ...

धन कमाउन हिडेकी धनमा ...

धरान । एक श्रीमान,५ छोरी र २ छोराकी आमा धनमाया विश्वकर् ...

कोशि प्रदेस स्तरीय ...

 धरान/  कोशि प्रदेस स्तरीय एस.ई.ई.आईडल-२ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved