विपन्नहरूको जीवनस्तरमा सुधार गर

  • पुष २०, २०७९
  • कोशीपत्र सम्पादक
alt

देशका ठूला शहरहरूमा सडक बालबालिकाको उद्धार र संरक्षण जटिल समस्याको रूपमा देखिएको छ । प्रदेश १ का ठूला शहरहरूमा पनि यो समस्या देखिन्छ । प्रदेश नं. १ का विराटनगर, दमक, बिर्तामोड, इटहरी, धरानजस्ता ठूला शहरहरूमा पनि सडक बालबालिकाको व्यवस्थापन समस्याको रूपमा देखिएको छ । यो नयाँ समस्या भने होइन । वर्षौंदेखि यो समस्या यथावत् छ । सडक बालबालिका र सडक मानवहरूको उद्धार र संरक्षणका लागि थुप्रै सामाजिक तथा गैरसरकारी संस्थाहरू सञ्चालन भए पनि यो समस्या वर्षौंदेखि यथावत् छ । यो सबैका लागि चिन्ताको विषय बनेको छ ।
सामाजिक संस्थाहरूले निरन्तर उद्धार कार्य गर्दासमेत समस्या समाधान हुन सकेको छैन । बरु झन्–झन् थपिँदै जानु चिन्ताको विषय बनेको छ । कतिपयले भने यसै विषयलाई कमाई खाने भाँडो बनाएका छन् । कतिपय गैरसरकारी संस्था सडक बालबालिकाकै नाममा सञ्चालन भएका छन् । ती संस्थामा काम गर्ने व्यक्तिहरू प्रशस्त डलर पनि आर्जन गरेका छन् तर सडकमा बालबालिका आउने क्रम रोकिएको छैन । यस्ता बालबालिकालाई उद्धार गरेर अभिभावकको जिम्मा लगाउने र बाल संरक्षण केन्द्रहरूमा राख्ने गरिए पनि समस्या उस्तै हुने गरेको छ ।

सडक बालबालिकाको उद्धार र संरक्षण मात्र यो समस्याको दिगो समाधान होइन । यो समस्यालाई सदाका लागि समाधान गर्न बालबालिका सडकमा आउने अवस्था नै अन्त्य गर्नु आवश्यक छ । बालबालिकाहरू परिवार छाडेर सडकमा आउनुको मुख्य कारण गरीबी नै हो । परिवारमा राम्रो हेरचाह र माया नपाएपछि बालबालिकाहरू सडकमा आइपुग्छन् । गरीब र विपन्न परिवारमा आमाबुबा जीविकोपार्जनका लागि काममा व्यस्त हुनुपर्ने हुँदा सन्तानको हेरचाह गर्न पाउँदैनन् र उनीहरू सडकमा आइपुग्छन् । त्यसो त बालबालिका सडकमा आउनुका अन्य कारणहरू पनि छन् । आमाबुबा हरेक दिन जाँडरक्सी खाएर झगडा गर्ने र उनीहरूले छोराछोरीलाई कुटपिट गर्ने गर्नाले पनि बालबालिकाहरू परिवारमा बस्ने वातावरण बन्दैन । यसबाहेक पारिवारिक कलह, आमा अर्कैसँग गएर बुबाले पनि अर्की आमा ल्याउँदा सौतेनी आमाले गर्ने व्यवहार आदिका कारण पनि बालबालिकाहरू सडकमा जान बाध्य हुन्छन् ।

त्यसकारण सडकमा भएका बालबालिकाहरूको उद्धार र संरक्षणसँगै बालबालिका सडकमा जाने अवस्था अन्त्य गर्न पनि आवश्यक छ । यसका लागि सरकारले निम्न वर्गका परिवारको आय आर्जन हुने कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । विपन्न र गरीब परिवारले आय आर्जन गरेर परिवारको आधारभूत आवश्यकता सहज रूपमा पूरा गर्ने वातावरण नबनेसम्म बालबालिकाहरू सडकमा जाने क्रम नरोकिने निश्चित छ । त्यस्ता परिवारका लागि आयमूलक कार्यक्रमसँगै उनीहरूमा जनचेतनामूलक कार्यक्तम पनि सञ्चालन गर्नु आवश्यक छ । जथाभावी जाँडरक्सीको सेवन व्यक्तिगत स्वास्थ्यका साथै पारिवारिक र सामुदायिक जीवनका लागि पनि हानिकारक हुने तथ्य उनीहरूलाई बुझाउनुपर्छ । आय आर्जन हुन थालेपछि परिवारमा धेरै हदसम्म मायालु वातावरण पनि सिर्जना हुन थाल्छ । विपन्न परिवारहरूको जीवन स्तरमा सकारात्मक परिवर्तन नआएसम्म सडकमा बालबालिका आउने क्रम पनि नरोपकने निश्चित छ । तसर्थ, मूल कारणकै समाधान हुनुपर्छ ।

एमालेको विजय सभालाई ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछ ...

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved