स्थानीय

    Showing 3,461-3,470 of 3,487 items.
  • प्रदेश १ मा कोरोना परीक्षण गराउनेको संख्या बढ्यो

    विराटनगर । प्रदेश १ मा सरकारले कोरोना परीक्षणको दर बढाएसंगै परीक्षण गराउनेको संख्या बढेको छ । सरकारले द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट व्यक्तिमा कोरोना भए नभएको परीक्षण गर्दै आएको छ । यसको लागि धरानको बीपी प्रतिष्ठानमा एक र विराटनगरको कोशी अस्पताल मातहत दुई वटा ल्याब संचालनमा छन् । यसक्रममा आइतबारसम्म आरडीटी विधिबाट जम्मा ७ हजार ७ सय ३७ जनाको नमूना परीक्षण भएको छ । परीक्षण गरिएकामध्ये ७ हजार ७ सय १६ जनाको रिर्पोट नेगेटिभ आएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका स्वाब ल्याबमा ल्याएर गरिने परीक्षण पिसिआरबाट २ हजार २ सय ४० जनाको न

    • प्रकाशित मितिः वैशाख २८, २०७७
    • 1,435 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उदयपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि, देशभर संक्रमितको संख्या ११० पुग्यो

    धरान/ उदयपुरका थप १ जनामा कोरोना भाइरस को संक्रमण देखिएको छ । प्रदेश नम्बर १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार उदयपुरको भुल्केमा थप १ जना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यो सगै नेपालमा संक्रमितको संख्या ११० पुगेको छ । प्रदेश १ मा मात्रै कोरोना संक्रमण हुनेको संख्या ३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपचार पछि निको हुनेको संख्या ३१ पुगेको छ ।  

    • प्रकाशित मितिः वैशाख २७, २०७७
    • 1,159 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उपमहानगरपालिकाले दिएको किटनाशक औषधी अपर्याप्त

    धरान । कृषि पकेट क्षेत्रको मकै बालीमा अमेरिकन फौजी किराको प्रकोप देखिएपछि शुक्रवार धरान उपमहानगरपालिकाले किटनाशक औषधी वितरण गरे पनि पर्याप्त नभएको किसानहरुले गुनासो गरेका छन् । मकैबालि लगाएको क्षेत्रफलको अध्ययन नै नगरी किटनाशक औषधी वितरण गरेको उनीहरुको गुनासो छ । धरान उपमहानगरपालिकाले कृषि पकेट क्षेत्र मानिएको ५, ६ र २० का लागि जम्मा १ सय ९८ बिघा मकै बालीका लागि कीटनाशक औषधी वडा कार्यालय मार्फत वितरण गरेको थियो । धरान उपमहानगरपालिकाको वडा नं. ५ मा ३३ बिघाका लागि दिएको किटनाशक औषधी पनि पर्याप्त नहुँदा कृषकहरुलाई नै वितरण गर्न समस्या भएको थियो । वडा नम्बर ५ मा करिब ६० विघा क्षेत्रफलमा मकैबाली

    • प्रकाशित मितिः वैशाख २७, २०७७
    • 1,030 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छोरोले गरे बाबुआमाको हत्या

    तेह्रथुम । सामान्य घरायसी विवादमा एक युवाले आफ्नै बाबुआमाको हत्या गरेका छन् । फेदाप गाउँपालिकाको वडा नम्बर ५ स्थित इसिबुका २० वर्षिय कञ्जन लिम्बुले आफ्नै बाबुआमाको हत्या गरेका हुन् । उनले बाबुआमालाई बञ्चरोले हानेर दुवैको हत्या गरेका हुन् । कञ्चनले ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङको बिहीबार साँझ हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कञ्चनले बाबुआमाको हत्या गरेपछि १०० नम्बरमा फोन गरेर ‘मैले बुबाआमालाई मारेँ’ भनेका थिए । फोनमा त्यस्तो भनेपछि प्रहरी घटनास्थल पुग्यो र उनको पिछा गर्न थाल्यो । कञ्चनलाई भाग्दै गरेको अवस्थामा पोक्लाबाङबाट पक्रा

    • प्रकाशित मितिः वैशाख २६, २०७७
    • 716 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ का थप ८ जना कोरोना संक्रमित निको भएर भोलि डिस्चार्ज हुँदै

    धरान /प्रदेश १ मा थप ८ जना कोरोना संक्रमित निको भएका छन् । उनिहरुलाई भोलि (शुक्रबार) डिस्चार्ज गरिने भएको छ । उनिहरुको दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो । हिजो मात्रै ६ जना कोरोनालाई पराजित गर्दै डिस्चार्ज भएका थिए । प्रदेश १ मा जम्मा ३१ ज्ना कोरोना संक्रिमतहरु रहेका थिए । भाली डिस्चार्ज हुने ८ जना पछि उपचाररत संक्रमितको संख्या १७ हुने छ । उनिहरु सबैको अवस्था सामान्य रहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कले जनाएअनुुसार प्रदेश १ मा पिसिआरबाट हालसम्म १ हजार ७ सय ८९ जनाको परीक्षण गरिएको छ । त्यस्तै आरडिटिबाट

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 874 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जंगली हात्तीको आक्रमणमा परि एक महिलाको मृत्यु

    धरान जंगली हात्तीको आक्रमणमा परि विहिवार विहान सप्तरीमा एक महिलाको ज्यान गएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट बस्ती पसेको हात्तीको आक्रमणमा परि शम्भुनाथ नगरपालिका २ भल्वाईकी ३८ वर्षीया जानकी मगरको ज्यान गएको हो । मृतकका पति पेशल मगरका अनुसार विहान करिब १ बजे सुतिरहेको बेला हात्तीले घर नै तोडफोड गर्न थालेपछि भाग्ने क्रममा उनलाई हात्तीले कुल्चेर घाइते भएको थिएन । घाईते मगरलाई उपचारकोलागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 1,435 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुत्केरी तथा गर्भवती महिलालाई नगर प्रमुखद्वारा राहत वितरण

    वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले नगरका सुत्केरी तथा गर्भवती महिलाहरुलाई राहत वितरण गरेका छन् । वराहक्षेत्र– १० स्थित प्रकाशपुरका सुत्केरी तथा गर्भवती महिलाहरुलाई ओरेक नेपाल सुनसरीले नगरको एकद्वार प्रणालीमार्फत प्रदान गरेको राहत खाद्यान्न नगर प्रमुख खनालले सम्बन्धित व्यक्तिलाई प्रदान गरेको वडाध्यक्ष महेन्द्रबहादुर खत्रीले जानकारी दिए । वराहक्षेत्र नगरपालिका र ओरेक नेपाल सुनसरीको समन्वयमा नगरका सबै वडाका सुत्केरी तथा गर्भवती महिलाहरुलाई राहत उपलब्ध गराइने ओरेक प्रतिनिधि विमला घिमिरेले जानकारी दिइन् ।   वराहक्षेत्र नगरपालिकाको ११ वटा वडामा ३ महिनासम्मका १२५ जना सुत्

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 1,537 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ८ हजार ३५ जनाको कोरोना परीक्षण

    प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट मंगलबारसम्म जम्मा ८ हजार ३५ जनामा नमूना परीक्षण भएको छ । कोरोना भए नभएको पत्ता लगाउन नमूना परीक्षण भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ ६ हजार ३ सय २८ जनाको नमूना परीक्षण भएको छ । जसमा ६ हजार ३ सय १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पिसिआरबाट १ हजार ७ सय ७ जनाको नमूना परीक्षणाको लागि ल्याबमा पठाइएको छ । तीमध्ये एक हजार ६ सय ६८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या सोमबारसम्म कूल १ ह

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 442 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महेन्द्र क्याम्पसमा अनलाइनबाटै पठनपाठन

     धरान धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसले स्नातकोत्तर तहका केही विषयमा अनलाइन कक्षा सञ्चालन गर्न थालेको छ । क्याम्पसले मानविकी, शिक्षा र व्यवस्थापन सङ्कायका केही विषयमा अनलाइन कक्षा सञ्चालन गरिरहेको क्याम्पस प्रमुख दामोदर भण्डारीले बताए । उनका अनुसार अहिले मानविकी र शिक्षा सङ्कायतर्फ नेपाली, अङ्ग्रेजी र अनिवार्य विषयका साथै व्यवस्थापन सङ्कायतर्फ पनि केही विषयका कक्षा सञ्चालन भइरहेका छन् । कोरोना भाइरसको त्रासका कारण सरकारले घोषणा गरेको बन्दाबन्दीको समय अनिश्चित भएको हुઁदा यसबीचमा विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुगोस् भनेर अनलाइन कक्षा सञ्चालन गरेको क्याम्पस प्रमुख भण्डारीको भनाइ छ ।

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 1,032 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लाङ्गघाली समुदायिक बनको भवनमा राखिएको सडक मानवहरुलाई सरसफाई सम्बन्धी अभ्यास र सचेतना प्रदान

    धरान ८ स्थित लाङ्गघाली समुदायिक बनको भवनमा राखिएको सडक मानवहरुलाई सरसफाई सम्बन्धी हात धुने र दाँत माझ्ने अभ्यास र सचेतना प्रदान गरिएको छ । वी पी को स्वा विज्ञान प्रतिष्ठानको नर्सहरुबाट उक्त अभ्यास र सचेतना प्रदान गरिएको हो । सोमबार अपाङ्ग पुनस्थापना केन्द्र तथा असाहाय सेवा केन्द धरान ८ ले चार दिनको खाजा र माक्स, सेनिटाइजर, फिनेल र साबुन लगायतका सामग्रीहरु प्रदान गरेको छ । उक्त सामग्र होप धरानका अध्यक्ष निश्चिल मोहन पलिखेलाई सेवा केन्दका अध्यक्ष सुनिल खड्का सहित दाताहरुले हस्तान्तरण गरेको हो ।       धरान उपमहानगरपालिकाले कोरोनाको संक्रमण र लकडाउनको अवस्थामा देखा परेका समस्य

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 668 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved