तेस्रो अशोक वास्फोर स्मृति बास्केटबल शनिबार देखि

  • पुष ६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  तेस्रो अशोक वास्फोर स्मृति बास्केटबल प्रतियोगिता पुष ७ गतेदेखि १४ गते सम्म हुने भएको छ ।

आयोजक डाइनामिक युथ क्लब धरान१८ ले विहिबार बुद्ध चोकस्थित कोइच क्याफेमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिता धरान १६ रंगशालास्थित इन्डोर बास्केटवल कोर्टमा हुने क्लबले जनाएको छ ।

प्रतियोगिता लिगकम नकाउटको आधारमा हुने पनि क्लबका अध्यक्ष रवि बास्फोरले जानकारी दिए ।

क्लब धरान १८ स्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान हाताभित्र बसोबास गर्ने युवाहरुले २०७१ सालमा स्थापना गरेको सस्था हो । प्रतियोगिताको विजेताले नगद ६० हजार र उपविजेताले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ ।

यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार दिइने अध्यक्ष बास्फोरले जानकारी दिए ।

प्रतियोगितामा सुनसरी, मोरङ, झापा, धनकुटा, काठमाण्डौबाट १० क्लबले सहभागीता जनाउने बास्केटबलका प्रदेश प्रशिक्षक बिकास चाम्लिङ राईले जानकारी दिए ।

प्रतियोगितामा मिराकल, इमोर्टल, विराटनगर, चक्रपथ काठमाण्डौ, तरहरा, यलम्बर क्लब धरान, ब्रदर्श क्लब झापा, होइराइन र धनकुटा सहभागी रहने पनि उनले जानकारी दिएका छन् ।

पहिलो चरणको खेलहरु लिगको आधारमा हुनेछ । सेमीफाइनल पुगेको टोलीबिच होम अवेको आधारमा हुनेछ ।

सुनसरी बाहिरको टिमले भने सेमीफाइनलमा धरानकै कुनै एक कोर्ट छान्नु पर्ने प्रशिक्षक चाम्लिङले बताए । स्वर्गीय अशोक बास्फोर फुटबल खेलाडी थिए । उनी आयोजक क्लबका अध्यक्ष रविका बुबा हुन् । रवि पनि बास्केटबलका पुर्व राष्ट्रिय खेलाडी हुन् ।

आफ्नो बुबाको स्मृतिमा परिवारको खर्चमा प्रतियोगिता आयोजना हुँदै आएको छ ।

अनेमसंघ मोरङको अध्यक ...

मोरङ/  नेकपा एमाले निकट अखिल नेपाल महिला संघ ...

ज्येष्ठ नागरिकलाई भ् ...

धरान/ स्थानीय सरकारले लक्षित वर्गको बजेट छुट्याएको ...

वराहक्षेत्रको बाक्सि ...

वराहक्षेत्र/ गाउँमा मोटर बाटोसंगै चारपाङ्गे गाडि आ ...

कोशी सरकार : आज मुख् ...

मोरंग/ कोशीप्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved