इटहरी उपमहानगरपालिकाले करको दर समायोजन गर्ने

  • पुस ६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ इटहरी उपमहानगरपालिकाले करको दर समायोजन गर्ने भएको छ । बुधबार बसेको इटहरी उपमहानगरपालिकाको १३६ औं कार्यपालिका बैठकले कर समायोजन गर्ने निर्णय गरेको हो ।

कार्यपालिका सदस्य तथा वडाध्यक्ष उमेश सुवेदीको नेतृत्वमा बनेको कर समायोजन समितिले दिएको प्रतिवेदनअनुसार करको दर समायोजन गर्ने निर्णय गरिएको उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले घोषणा गरे ।

उनले सम्पत्ती कर, लिखत पाससम्बन्धी व्यवस्था, निजी विद्यालयसम्बन्धी कर, वैदेशिक रोजगारीसम्बन्धी कर र साना तथा मझौला व्यवसायीहरूले तिर्नुपर्ने करहरू नगरसभाबाट घटाउने बताए । कार्यपालिका बैठकले पुस २३ गतेको लागि नगरसभाको मितिसमेत तोकेको छ ।

कार्यपालिका बैठकमा सहभागी सदस्यहरूले तत्काल कार्यान्वयनमा लगेर नगरसभाबाट अनुमोदन गर्न जोड गरेका थिए ।

‘जनतालाई पर्खाएर आजको दिनमा आएका छौं, करको प्रतिवेदनलाई निर्णयार्थ प्रस्तुत गरौं, तत्काल कार्यान्वयनमा लगौं, नगरसभाबाट पछि अनुमोदन गरौं,’ सुवेदीले भने ।

मेयर पौडेलले भने लिखत पाससम्बन्धी व्यवस्था र वैदेशिक रोजगारीसम्बन्धी करहरूबारे निर्णय गरेर एकैपटक नगरसभाबाट पास भएपछि मात्र घटेको कर लागु गर्ने बताए ।

यससँगै नगरसभामा प्रतिनिधित्व गर्ने एमालेका ४३ जना सदस्यले हस्ताक्षर गरेर आह्वान गरेको विशेष अधिवेशनको माग फिर्ता लिएको घोषणा गरिएको छ ।

सम्पत्ती कर समायोजनका लागि भन्दै विशेष अधिवेशन माग गरिएको थियो । कर समायोजन गर्ने निर्णय कार्यपालिकाबाट भएसँगै विशेष अधिवेशनको औचित्य सकिएकोले फिर्ता लिएको कार्यपालिका सदस्य सुवेदीले बताए ।

कर समायोजनको निर्णय पुस २३ गते हुने भएपछि पुस मसान्तसम्ममा इटहरी उपमहानगरपालिकाको कर संकलन स्थिति निराशाजनक रहने भएको छ । इटहरीका अधिकांश करदाताहरू कर घट्ने आशमा कर नतिरि बसेका छन् ।

यसअघि इटहरी उपमहानगरपालिकाले पुस मसान्तसम्ममा कर तिर्ने करदातालाई कर छुट दिँदै आएको थियो । छुटको लोभमा पनि धेरैले पुस मसान्तमा कर तिर्ने गरेका थिए ।

तर, यो पटक निर्णय नै ढिलो हुने हुँदा पुस मसान्तसम्म कर छुट दिने प्रावधानलाई यो पटक माघसम्म सार्न कार्यपालिका सदस्य तथा वडा नं. ९ का अध्यक्ष जितेन थापाले माग गरेका थिए ।

मेयर पौडेलले ऐनमा भएको उक्त व्यवस्थालाई नगरसभाबाटै परिवर्तन गर्न सकिने बताउँदै अर्को कार्यपालिका बैठकमा छलफल गर्ने बताए ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved