सोचेजति काम भएन : प्रधानमन्त्री

  • पुस ६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  गठबन्धनको सिमा र परिस्थितिको अप्ठ्यारोको कारण सोचेजति काम हुन नसकेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

एक वर्षमा आफूले सोचे अनुसार रिजल्ट दिन नसकेपनि सरकार असफल भने नभएको उनले जिकिर गरे । विराटनगर विमानस्थलमा विहिबार सञ्चारकर्मीसँग कुरा गर्दैे उनले भने, ‘मैले जति सोचेको हो, त्यसरी काम भयो भन्ने मेरो दाबी छैन ।

गठबन्धनको सरकार हो । धेरै सिमा र अप्ठ्यारो हुन्छन्, सबैलाई मिलाएर लाने जिम्मेवारी हो । तर, सुशासन, सामाजिक न्याय, विकास निर्माणको क्षेत्रमा भएका कामले सरकार सफल छ ।’

मिडियाले पुरै विषय नबुझी लेखिदिएर नागरिकमा पनि कतिपय भ्रम सिर्जना भएको जिकिर गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले सामाजिक न्याय, मिटरब्याज पीडितको मुद्दा सम्बोधन, नागरिकता समस्याको समाधान तथा भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा ऐतिहासिक काम भएको दावी गरे ।

अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा पनि सरकार सफल रहेको उनका भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले आफूले पुस लागेदेखि सामूहिक रुपले मन्त्रालयको बिफ्रिङ लिइरहेको बताउँदै ६ वटा मन्त्रालयको सकिएको बताए ।

‘सबै मन्त्रालयको बिफ्रिङ लिएर समीक्षा गरिरहेको छु । अब नयाँ ढंगले जाने, विकास निर्माण र जनताको सेवा अगाडि बढाउने योजना बनाउने हो’ उनले भने, ‘अब टार्गेट दिइन्छ । त्यो अनुसार भएन भने सोच्नुपर्छ ।’

प्रधानमन्त्री प्रचण्डले एनसेल काण्डमा पर्याप्त तथ्य तथ्याङ्कसहित आफूले संसदीय समितिमा कुरा राखिसकेको बताउँदै विधि, विधान र कानूनभन्दा माथि कसैलाई पनि छुट नहुने बताए । ‘यसलाई अनावश्यक कोट्याउन आवश्यक छैन ।

विधि, विधार र कानूनभन्दा बाहिर केही गर्न दिइँदैन’ उनले भने, ‘यसको बारेमा अनावश्यक कचिङ्गल र भ्रम सिर्जना गर्ने षड्यन्त्र असफल हुन्छ ।’

आफ्नो पार्टीको नामबाट कम्युनिष्ट हटाउन लागेको भन्ने चर्चा सहि नभएको भन्दै प्रचण्डले माओवादी केन्द्रको सट्टामा समाजवादी केन्द्र हुनसक्ने बताए । ‘कम्युनिष्ट पार्टीको नाम परविर्तन हुँदैन । खाली माओवादी केन्द्रको ठाउँमा समाजवादी केन्द्र पनि हुनसक्छ’

उनले भने, ‘भेला, सम्मेलन, अधिवेशनबाट नेपाल कम्युनिष्ट पार्टी समाजवादी भन्ने पनि हुनसक्छ भन्ने छलफलमा हामी छौं ।’ संविविधानले पनि समाजवाद भनेकोले समाजवादको भाव आउने नाम दिनु वस्तुसंगत हुने बताए ।

कोशी प्रदेशमा नामकरणको विषयमा देखिएको असन्तुष्टि संवाद र छलफलको माध्यमबाटै समाधान गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले अतिवादतिर जान दिन नहुने बताए ।

‘यो विषय सबै मिलेर छलफल गरेर संवादकै तरिकाले शान्तिपूर्ण ढंगले यसको समाधान गर्नुपर्छ’ उनले भने, ‘नामको विषयमा आन्दोलनमा जाने साथीहरुलाई पनि भेटेर एक्स्ट्रिममा जान दिनुहुँदैन भनेको छु ।’

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved