बाहिरका सफारीलाई इटहरी प्रवेशको समय सिमा

  • पुस ३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ अन्य पालिकामा दर्ता भएका सिटी सफारीका कारण पार्कीङ्ग व्यवस्थापनमा समस्या भएको भन्दै इटहरी उपमहानगर पालिकाले सफारीमा टाइम कार्ड लागू गरेको छ ।

छिमेकी पालिकाहरूबाट इटहरी नगर क्षेत्रभित्र सिटी सफारीहरू मालसामान र यात्रु लिएर प्रवेश गर्न पाए पनि फर्की हाल्नु पर्ने नयाँ व्यवस्था सहितको टाइम कार्ड लागू भएको हो । यसका लागि इटहरी प्रवेश गर्ने सबै नाकामा सफारीको इन्ट्री गर्ने र तोकिएको समय भित्र फर्कनु पर्ने व्यवस्था मिलाइएको इटहरी उप महानगर पालिकाले जनाएको छ ।

यात्रु र सामान लिएर इटहरीमा आउन पाइन्छ, इटहरी उपमहानगरका मेयर हेम कर्ण पौडेलले भने ‘इटहरीमा यात्रु र माल समान लिएर आउन पाइन्छ तर तोकिएको समय सीमा भित्र फर्कनुपर्छ ।’ उनले समय सीमा भित्र नफर्कने सफारीलाई कारबाही गरिने बताए ।

इटहरीसँग सिमाना जोडिएका सुनसरीको दुहबी, राम धुनी मोरङको सुन्दरहरैचा लगायतका पालिकाहरूमा दर्ता गरी ती पालिकामा सञ्चालन गर्ने अनुमति पाएका सिटी सफारीहरू समेत इटहरीमा सञ्चालन हुँदै आएका छन् ।

सडकमा अत्यधिक सिटी सफारी भएपछि पार्कींङमा समस्या हुँदै आएको छ ।

अन्यत्र दर्ता भई त्यही सञ्चालन गर्ने अनुमति पाएका सफारी समेत उपमहानगरमा सञ्चालन भएपछि दुर्घटनाको दर समेत बढ्दै गएको छ ।

पार्कींङ व्यवस्थापनमै समस्या भएपछि इटहरी उपमहानगरपालिकाले सिटी सफारीलाई व्यवस्थित गर्नका लागि भदौ १७ गतेदेखि बाहिरका स्थानीय तहमा दर्ता भएकालाई इटहरीमा प्रवेश गर्न नदिने निर्णय भएको थियो ।

उपमहानगर भित्र प्रवेशमै रोक लगाइएपछि सफारी चालकहरूले आन्दोलन गरेका थिए । यात्रु बोकेर आएका र सामान बोकेर आएका सफारीलाई प्रवेश गर्न नदिने उप महानगरको निर्णयका विरुद्ध सर्वसाधारणे समेत विरोध गरेका थिए ।

सिमानाबाट इटहरी क्षेत्रमा सफारीमा चढेर आउन नपाएपछि दोहोरो भाडा तिर्नु परेको सर्वसाधारणले गुनासो गरेका थिए । सर्वसाधारणको विरोध र सफारी चालकको आन्दोलन पछि उपमहानगरले निर्णयलाई उल्टाउँदै प्रवेशमा रोक लगाउने निर्णयबाट पछि हट्दै टाइम कार्ड लागु गरेको हो ।

सिटी सफारी सबैभन्दा बढी झापा, मोरङ र सुनसरीका ठुला सहरमा सञ्चालनमा रहेका छन् । पछिल्लो समय पूर्वका पहाडी जिल्लामा पनि सिटी सफारी सञ्चालन हुने गरेका छन् । कोशी प्रदेशमा मात्र २० हजार हाराहारी सिटी सफारी रहेको कोशी अञ्चल यातायात कार्यालय इटहरीले जनाएको छ ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved