‘देशलाई अलपत्र छाड्नुहुन्न, अब एमालेले निकास दिनुपर्छ’

  • पुष २, २०८०
  • कोशीपत्र/संवाददाता
alt

पाँचथर/  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिका लागि संकल्प यात्रा शत प्रतिशत सफल भएको दाबी गरेका छन् ।

बैतडीको झुलाघाटबाट सुरु भएर १८ औं दिनमा पाँचथरको चिवाभन्ज्याङ पुगेका ओलीले अभियानले पार्टीलाई वैचारिक हिसाबले समृद्ध बनाएको बताए । उनले भने, ‘सबैको एउटा निष्कर्ष अब देशको राजनीति यसैगरी अलपत्र अवस्थामा पर्न दिनु हुँदैन ।

अब देशको राजनीति एउटा सही बाटो र निकास दिनुपर्छ । अलमलमा देशको समय खेर फाल्न दिनुहुँदैन । यहाँ राष्ट्रको समय खेर गइरहेको छ । जनताको एउटा पिडीको भविष्य खेर गएको छ । देशलाई जोगाउन संकल्प यात्राले असाधरणा योगदान गरेको छ ।’

उनले एमाले चुनौतिहरुको सामाना गर्दै अरुले सोच्न नसक्ने काम गर्न सक्छ भन्ने अभियानले पुष्टि गरेको बताए । अध्यक्ष ओलीले राजनीतिक हिसाबले जनतामा निराशा फैलाइएको अवधिमा यात्राले जनतामा निराशा फैलाइएको जनतामा उत्साह फैलिएको विश्वास व्यक्त गरे ।

अन्य पार्टीमा समेत अभियानले प्रभाव पारेको ओलीले बताए ।
आफ्ना ठाउँका विशेषता, परिचय, समस्या लगायतका विषय ध्यानाकर्षण, मागपत्र ज्ञापनपत्रद्वारा नागरिकबाट बुझ्ने मौका पाएको बताउँदै ओलीले वैचारिक र जानकारीका हिसाबले पार्टीलाई मजबुद बनाएको र समस्या समाधानका लागि पार्टीलाई कार्ययोजना प्राप्त भएको बताए ।

उनले भने, ‘देशको राजनीति अलमलमा छ, देशको समय, जनताको आयु, पिढीको समय खेर गएको छ, संकल्प यात्राले देश विकास र समृद्धिको दिशामा अघि बढाउन असाधारण भूमिका खेलेको छ ।’ एमाले चुनौतीको सामना गर्न सक्छ भन्ने दृष्टान्त यात्राले दिएको अध्यक्ष ओलीले बताए ।

‘संकल्प यात्राले अवाञ्छित चिन्तन, विचारलाई हतोत्साहित गरेको छ, देश र जनताको हितलाई सर्वोपरी ठान्न्ने आम जनताको मनोबल उच्च भएको छ,’ अध्यक्ष ओलीले भने, ‘सबै नेपालीलाई एकतामा बाँध्ने प्रेरणा संकल्प यात्राले दिएको छ ।’
ओलीले आफ्नो नेतृत्वको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्रा १८ औं दिनमा पूरा गरेका हुन् । झण्डै २ हजार किलोमिटर मध्यपहाडी यात्राको औपचारिक समापन नेपालको पाँचथरको र भारतको सिक्किमको सीमास्थित चिवा भञ्ज्याङमा राष्ट्रिय झण्डा–उत्तोलन गरी गरेका हुन् ।

मङ्सिर १४ देखि सुरुआत भएको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्रा समापनको अवसरमा अध्यक्ष ओलीले झण्डोत्तलनसँगै शीलालेखको अनावरण समेत गरे ।

उनले यात्रामा सहभागी लाखौं नेपाली जनता र एमालेका नेता कार्यकर्तालाई धन्यवाद दिए । उनले संचारमाध्यमहरुलाई समेत धन्यवाद भने । उनले लेखक, विचारक र टिप्पणीकारहरुलाई समेत धन्यवाद दिए ।

नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पाँचथरको चिवाभन्ज्याङ पुगेका छन् । बैतडीको झुलालघाटबाट सुरु भएको एमालेको संकल्प यात्राको अन्तिम दिन ओली चिवाभन्ज्याङ पुगेर जंगे पिलरमा चन्द्र सूर्य फहराएका हुन् ।

जंगे पिलरमा राष्ट्रिय झण्डा फहराए सँगै संकल्प यात्रा पनि समापन भएको छ । मध्य पहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा नेताहरु खटिएका थिए ।

टोलीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित रहेको थियो ।

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved