मतभेद र असहमति संवादद्वारा समाधान गर्नुपर्छ: ओली

  • पुस १, २०८०
  • कोशीपत्र/संवाददाता
alt

पाँचथर/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतभेद र असहमतिहरु संवादको माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् । पाँचथरको फिदिममा एमालेले आयोजना गरेको जनसभामा असहमति र मतभेद हुन सक्ने भन्दै विधि र प्रक्रियाबाट समस्याको समाधान खोज्नु पर्ने बताए ।

एमालेले बैतडीबाट सुरु गरेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १७ दिन भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मान्छेमा बोली भएकाले संवादबाट असहमति राख्नुपर्ने बताए । उनले भने, ‘गाई गोरुको मात्रै बोली हुँदैन असहमति प्रकट गर्न घ्याच्च सिंहले हान्छ ।

मान्छेको बोली छ घया्च्च हान्न पाइँदैन ।’ सबैले निर्भय वातावरणमा हिडन डुल्न पाउनु पर्ने भन्दै लोकतन्त्रमा सबैले आफ्ना कार्यक्रमहरू गर्न पाउने बताए ।

संवैधानिक र कानुनको राज भएन भने सुशासन कायम नहुने भन्दै एकताले मात्रै शान्ति सुशासन कायम हुने बताए । उनले विधि सङ्गत ढङ्गले आफ्ना मागहरू राख्नु पर्ने बताए । उनले देशमा शान्ति चाहिएको भन्दै शान्तिपूर्ण ढङ्गले आफ्ना कुरा राख्नु पर्ने बताए ।

उनले दुश्मनी गरेर कोही पनि गन्तव्यमा पुग्न नसकिने बताए । उनले मतभेदहरू राख्न पाउने भन्दै उनले विधि र प्रक्रियाबाट आफ्ना माग राख्नु पर्ने भन्दै संवादको ढोका खुल्ला भएको बताए ।

उनले भने, ‘संवादको विधि छ त्यो नभए निर्वाचन मार्फत पनि आफ्ना मागहरू राख्नु पाइन्छ ।’ उनले २३ स्थानमा बुथ कब्जा गरेर एमालेलाई हराइएको नेता तथा कार्यर्ताहरुलाई मुद्दा लगाएको बताए ।

उनले नेकपा एमालेलाई साथ लिएर मात्रै यो देशको विकास हुने बताए । उनले एमालेको नेतृत्वमा बनेको सरकारले मात्रै देशको विकास र भूगोलको रक्षा हुने बताए ।

राष्ट्रिय स्वधिनताको रक्षाका लागि एमालेको एकल सरकार बन्नु पर्ने बताए । उनले इजरायल धनी भयो, संयुत अरब इमिरेट बन्यो स्वीजरल्याण्ड धनी भयो भनेर मात्रै नहुने बताए । उनले भने आफ्नो देशको विकास आफैले गर्नु पर्छ   यसका लागि धैर्यता राख्नु चाहिन्छ  ।

उनले वैमनस्यले हामी गरिबका गरिब हुने बताए  ।

अर्थतन्त्र अगाडि बढाउन शान्ति चाहिने दोहोर्याउनै उनले यहाँको विकासका लागि शान्ति चाहिने बताए । उनले विकासका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताए  । उनले एमाले सरकारमा हुलाकी मार्ग, मदन भण्डारी मार्ग नदी कोरिडोरमा बाटो बनाएको बताए ।

उनले आफू नेतृत्वको सरकारले सुरु गरेका विकासका योजना अलपत्र पारिएको बताए । कृषिको विकासका लागि सुपर जोनको योजना ल्याएको भन्दै एमालेले सुरु गरेका सबै योजनाहरू अगाडि बढ्न नसकेको बताए ।

उनले एमालेले सुरु गरेको विकासका कार्यक्रम अलपत्र परेको भन्दै देशको विकासका लागि एमालेको एकल बहुमतको सरकारले मात्रै देशको विकास हुने दाबी गरे ।

उनले एमाले नेता स्वर्गीय सुभाष चन्द्र नेम्बांगलाई समेत स्मरण गरे । उनले नेम्वांगको कार्यलाई सम्झना गर्दे उहाँको निधनले पार्टीलाई अपुरणीय क्षति भएको बताए ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved