सशस्त्र प्रहरीद्वारा मोडर्न प्रिपिरेटोरी स्कुलका विद्यार्थीलाई विपद जोखिम न्यूनीकरण तालिम

  • मंसिर २९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/  सशस्त्र प्रहरी बल पकलीद्वारा इटहरीको मोर्डन प्रिपिरेटोरी बोर्डिङ स्कुलका विद्यार्थीहरुलाई विपद जोखिम न्यूनीकरणका का लागि विद्यालयका बिद्यार्थीहरुलाई प्रशिक्षण दिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय पकलीद्वारा इटहरीको मोडर्न प्रिपिरेटोरी सेकेण्डरी स्कुलका विद्यार्थीहरूलाई विपद् जोखिम न्युनिकरण तालिम सञ्चालन गरेको हो ।

प्राकृतिक प्रकोपको समयमा र प्रकोपपछि आउन सक्ने परिस्थितिलाई उचित व्यवस्थापन गर्न पूर्वतयारी तथा आधारभूत सीपहरुको विकास सबैमा हुनु आवश्यक रहेकोले यसबारे विद्यार्थीलाई जानकारी हुनुपर्ने सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी पकलीका एसएसपी रबिनराज कर्णजितले बताए ।

एसएसपी कर्णजितले भने,बिद्यालय तहबाटै बिद्यार्थीहरुले विपद जोखिम न्यूनीकरणका सैद्दान्तिक सँगै व्यवहारिक ज्ञान जान्न आवश्यक छ । यस्ता प्रशिक्षणले अफ्ठ्यारो अवस्थामा आफु कसरि बच्ने र अफ्ठ्यारो परिस्थतिको सामना कसरि गर्ने भन्ने बारेमा सिकाउछ ।

सशस्त्र प्रहरी बलले १ नम्बर प्रदेश करिब १ सय ७५ बढी बिद्यालयहरुमा जनचेतनामूलक कार्यक्रम गरिसकेको सशस्त्र प्रहरी बल पकलीका बरिष्ट उपरीक्षक कर्णजीतको जानकारी दिए ।

भुकम्प ,बाढी ,पहिरो डुवान,कटान,आगलागी, शितलहर, दुर्घटना, हावाहुरीरआँधीवरी अतिवृष्टी, अनावृष्टी, ज्वालामुखि लगाएतका आपत्त कालिन अवस्थामा आइ पर्ने समस्याका कारण, समाधान , बच्ने उपाय र समस्या आईपरेको खण्डमा के गर्नेरु भन्ने विषयमा सशस्त्र प्रहरी बल पकलीका निरिक्षक टेकबहादुर कटुवालले प्रशिक्षण दिएका थिए ।

विपद् व्यवस्थापन कार्यमा विपद्पछि उद्दारको कार्य गरिनु मात्र नभई विपद् अघिनै यसबाट जोगिनको लागि जनचेतनामा अभिबृद्धि गर्न ुविपद् न्युनीकरण कार्यक्रमुको जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको सशस्त्र प्रहरी बलका निरिक्षक कटुवालले बताए ।

बिद्यालयका एक सय पचास भन्दा बढी विद्यार्थीलाई प्राकृतिक विपद न्यूनीकरणको बारेमा प्रशिक्षण दिईएको मोडर्न प्रिपेरेटोरी विद्यालयका प्रधानाध्यापक मणिकुमार पौडेलले जानकारी दिए । बिद्यालयले विभिन्न विषयमा जनचेतनामूलक कार्यक्रम, अतिरिक्त कृयाकलाप, शैक्षिक भ्रमण, वार्षिकोत्सब लगायतका काम गर्दै आएको प्रधानाध्यापक पौडेलले बताए ।
विद्यालयमा जनचेतनामूलक कार्यक्रमले आफुहरुले आपत्तकालिन अवस्थामा आइपर्ने समस्याबाट कसरी बच्ने र समस्या न्यूनीकरणका लागि के कस्ता उपायहरु हुन्छन् भन्ने बिषयमा जानकारी पाएको बिद्यालयमा अध्यनरत छात्रा खुसि विष्टले बताइन् ।

सशस्त्र प्रहरी बलले घरमा प्रयोग हुने ग्यास सिलिन्डरमा आगो लागेको अवस्थामा कसरी नियन्त्रमा लिने भन्ने विषयमा समेत व्यवहारिक अभ्यासको प्रदर्शन गरेको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुले आगलागी नियन्त्रणका क्रममा प्रयोग हुने सामाग्रीहरुहरुको अवलोकन गरेका थिए ।

गत साता नेपाल प्रहरीसँगको सहकार्यमा लागूऔषध दुर्व्यसन र अनलाइन इन्टरनेटका माध्ययमबाट हुने यौन जन्य हिंसाबाट कसरी बच्ने रुू विषयमा बिद्यालयले सचेतना एवम् प्रशिक्षण कार्यक्रम सञ्चालान गरेको थियो ।

नियमित रुपमा बिद्यार्थीहरुलाई किशोरावस्था आइपर्ने चुनौतीहरुलाई कसरि सामना गर्ने र सामाजमा फैलिएका बिकृतीहरुबाट कसरी बच्ने भन्ने बिषयमा बिभिन्न कार्यक्रमहरु सञ्चालान गर्दै आएको छ ।

धरानमा एमालेको बिरास ...

 धरान/नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्र ...

क्याम्ब्रिज र प्राइम ...

धरान/ पुनःस्थापना गृहमा आश्रय लिएर बसेका व्यक्तिहर ...

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved